
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित आठ राजनीतिक पार्टी र मोर्चाले भोलि अर्थात् मङ्गलबार संसद् भवन घेराउ गर्ने भएका छन् । आज मात्रै काठमाडौँस्थित एमसीए कार्यालय घेराउ गरेका उनीहरुले भोलि संसद भवन घेराउ गर्न लागेका हुन् ।
आज राजनीतिक पार्टीका नेता–कार्यकर्ताको उल्लेख्य सहभागितामा एमसीए कार्यालय घेराउ गरी आन्दोलनकारीहरूले सम्झौता खारेज नभएसम्म सङ्घर्ष जारी रहने बताएका छन् ।
नेकपा केन्द्रीय समितिका सचिवालय सदस्य कञ्चनले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने धारणा राख्दै सम्झौता खारेज नभएसम्म सङ्घर्ष जारी रहने उद्घोष गरे ।
नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक पार्टीले सोमबार आयोजना गरेको काठमाडौँस्थित एमसीए कार्यालय घेराउ गर्ने कार्यक्रममा नेकपा नेता कञ्चनले भारतमा बजार विस्तार गर्न र चीनलाई कमजोर बनाउन अमेरिकाले नेपालमा एमसीसी ल्याएको बताए ।
एमसीसी सम्झौता पारित भएमा नेपाली सेना, प्रहरी र कर्मचारीले एउटा अमेरिकी अधिकारीको इसारामा चल्नुपर्ने अवस्था उत्पन्न हुने पनि बताए । उनले साम्राव्यवादी षड्यन्त्र र हस्तक्षेप अन्त्य गर्न पनि यो सम्झौता पारित हुन र लागू हुन दिन नहुने बताए ।
कार्यक्रममा देजमो नेपालका नेता सीपी गजुरेलले एमसीसी जनताको टाउकोमाथि तेस्र्याइएको तरबार रहेको बताए । एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको तर शासकहरूले साम्राज्यवादको कठपुतली बनेर यसलाई लागू गर्ने षड्यन्त्र गरिरहेको उनको भनाइ थियो । उनले पनि सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने बताए ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टी (माले) का महासचिव सीपी मैनाली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले गत बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एमसीए कार्यालय र संसद् भवन घेराउलगायत सङ्घर्षका कार्यक्रम घोषणा गरेका थिए ।
यसै क्रममा संसद्बाट एमसीसी पारित नगर्न चेतावनी दिँदै भोलि संसद् भवन घेरिन लागेको हो । घेराउ कार्यक्रममा हजारौँ देशभक्त तथा क्रान्तिकारीहरूको उपस्थिति हुने बताइएको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ