
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
पोखरा २६, मंसिर । विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्राध्यापक शंकरप्रसाद भण्डारीले उच्चशिक्षा दिने शैक्षिक संस्थाले आफ्नो गुणस्तर सुनिश्चितताका लागि प्राज्ञिक अनुसन्धानमा जोड दिन आग्रह गरेका छन् ।
जनप्रिय बहुमुखी क्याम्पसको ३० औं वार्षिकोत्सवका अवसरमा प्रमुख आमन्त्रित भण्डारीले देशभरिका १४ सय सामुदायिक क्याम्पस मध्ये जनप्रियको शैक्षिक गतिविधि अब्बल र उत्कृष्ट रहेकाले विद्यार्थीको बढ्दो आकषर्णलाई ध्यान दिई दक्ष जनशक्ति उत्पादनमा जोड दिन आग्रह गरे । व्यापारले मात्रै मुलुक सम्पन्न हुँदैन, आविष्कार चाहिन्छ त्यसका लागि अनुसन्धान आवश्यक रहेको हुँदा सिर्जनशीलता कायम राख्नु पर्ने बताए ।
क्याम्पस प्रमुख विरञ्जी गौतमले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जेएमीले शैक्षिक गुणस्तर कायम राख्न अनुसन्धान र प्रकाशनमा जोडदिने प्रतिवद्धता सहित ५ वर्षे रणनीतिक योजना अनुरुप मानित विश्वविद्यालय बनाउन लागेको बताए ।
पुस्तकालयलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै ४८ हजारभन्दा बढी विषयगत पुस्तक राखिएको क्याम्पसबाट उत्पादित ८ सय ८८ दक्ष जनशक्तिको ट्यासर स्टडी गरिएको छ । त्रिविबाट सम्बन्धन लिएर बिएएलएलबि, बिसिए, बिएस्सी फिजिक्स, बिएस्सी सिएसआइटीका कार्यक्रम चलाउन दरखास्त बुझाएको गौतमले उल्लेख गरे ।
विश्वविद्यालय अनुदान आयोगबाट गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र प्राप्त क्याम्पसले स्वयत्त कार्यक्रम अन्तर्गत स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन र एमविए इन हस्पिटालिटी म्यानेजमेन्ट चलाइरहेको छ । यो मानित विश्वविद्यालयतर्फको पाइलो हो ।
क्याम्पस प्रमुख गौतमले गरिब तथा जेहन्दार, पिछडिएका क्षेत्रबाट आउने विद्यार्थीलाई १० प्रतिशत छात्रावृत्ति सुविधा छुट्याएको क्याम्पसले चालु आर्थिक वर्षका लागि २३ करोडको अनुमानित बजेट तर्जुमा गरेको जानकारी दिए ।
वार्षिकोत्सव कार्यक्रममा पूर्व अध्यक्ष तथा सल्लाहकार परशुराम बराल, दामोदर चालिसे, प्रकाशदेव पालिखे, ऋषि बुढाथोकी, देवीप्रसाद बस्ताकोटी, धु्रवराज पौडेल, दिननाथ शर्मा, देवी पनेरु, किसन भण्डारी, विजय घिमिरे, गोविन्द महत, लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राख्दै क्याम्पसलाई केन्द्रमा राखेर यसको मर्मअनुसार अगडि बढ्न जोड दिएका थिए ।
जनप्रिय रिसर्च एण्ड कन्सल्टेन्सी सेन्टरद्वारा प्रकाशित ‘जनप्रिय जर्नल अफ इन्टरडिसिप्लिनरी स्टडिज’ को प्राध्यापक शंकरप्रसाद भण्डारी र प्रा.डा. विकासकुमार केसीले संयुक्त रूपमा लाकार्पण गरे । त्यस्तै ‘जर्नल अफ टुरिजम एण्ड एड्भेन्चर’ को चौंथो अंक प्रा.डा. रमेशराज कुँवरले सार्वजनिक गरेका थिए ।
अध्यक्ष तारा गिरीले आफू र धर्मपत्नी ज्ञानु गिरीको नामबाट स्थापना गरेको ‘ज्ञानतारा अक्षय कोष’ बाट उत्कृष्ट कार्यसम्पादन गरेका उपप्राध्यापक गंगाराम पौडेल र कर्मचारी राजेन्द्र श्रेष्ठलाई नगद, कदरपत्र र दोसल्ला आढाएर सम्पान गरेका थिए । संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको स्मृतिमा स्थापित पुरस्कारबाट प्रशासक महादेव पालिखेले सम्मानित भएका छन् ।
क्याम्पसमा विभिन्न संस्था तथा व्यक्तिद्वारा स्थापित अक्षयकोषबाट उत्कृष्ट शैक्षिक नजिता ल्याउने विद्यार्थीलाई छात्रावृत्तिको नगद रकम र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । त्यस्तै अतिरिक्त क्रियाकलाप अन्तर्गत भलिवल, ब्याडमिन्टन, रस्साकसी, बास्केटबल, टेवुलटेनिस, नृत्य, हाजिरीजवाफ, कविता, निबन्ध, वक्तृत्वकला, बुद्धिचाल प्रतियोगिताका बितेजालाई प्रमाणपत्र, शिल्ड, मेडल, नगद पुरस्कार प्रदान गरिएको थियो ।
प्रात र दिवा सत्रमा ५ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसले देशभरिका सामुदायिक क्याम्पस मध्ये २०७२ र २०७३ मा शिक्षामन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ । विश्वविद्यालय अनुदान आयोगको छनौटमा परेको जेएमसीले दुई पटक गुणमापन तथा प्रत्यानको प्रमाणपत्र पाएर गुणस्तर सुनिश्चितताको कसीमा अब्बल ठानिएको छ ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरीको सभापतित्वमा भएको वार्षिकोत्सव समारोहमा उपाध्यक्ष बीरबहादुर अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने सहायक क्याम्पस प्रमुख भेषराज बराल उपाध्यायले कार्यक्रम सञ्चालन गरेका थिए ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा