
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
३घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
४आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
५रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
६आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
७पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
८सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
९युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
१०महान्यायाधिवक्ताको विवादास्पद निर्णय
११नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
पोखरा २६, मंसिर । विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्राध्यापक शंकरप्रसाद भण्डारीले उच्चशिक्षा दिने शैक्षिक संस्थाले आफ्नो गुणस्तर सुनिश्चितताका लागि प्राज्ञिक अनुसन्धानमा जोड दिन आग्रह गरेका छन् ।
जनप्रिय बहुमुखी क्याम्पसको ३० औं वार्षिकोत्सवका अवसरमा प्रमुख आमन्त्रित भण्डारीले देशभरिका १४ सय सामुदायिक क्याम्पस मध्ये जनप्रियको शैक्षिक गतिविधि अब्बल र उत्कृष्ट रहेकाले विद्यार्थीको बढ्दो आकषर्णलाई ध्यान दिई दक्ष जनशक्ति उत्पादनमा जोड दिन आग्रह गरे । व्यापारले मात्रै मुलुक सम्पन्न हुँदैन, आविष्कार चाहिन्छ त्यसका लागि अनुसन्धान आवश्यक रहेको हुँदा सिर्जनशीलता कायम राख्नु पर्ने बताए ।
क्याम्पस प्रमुख विरञ्जी गौतमले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जेएमीले शैक्षिक गुणस्तर कायम राख्न अनुसन्धान र प्रकाशनमा जोडदिने प्रतिवद्धता सहित ५ वर्षे रणनीतिक योजना अनुरुप मानित विश्वविद्यालय बनाउन लागेको बताए ।
पुस्तकालयलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै ४८ हजारभन्दा बढी विषयगत पुस्तक राखिएको क्याम्पसबाट उत्पादित ८ सय ८८ दक्ष जनशक्तिको ट्यासर स्टडी गरिएको छ । त्रिविबाट सम्बन्धन लिएर बिएएलएलबि, बिसिए, बिएस्सी फिजिक्स, बिएस्सी सिएसआइटीका कार्यक्रम चलाउन दरखास्त बुझाएको गौतमले उल्लेख गरे ।
विश्वविद्यालय अनुदान आयोगबाट गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र प्राप्त क्याम्पसले स्वयत्त कार्यक्रम अन्तर्गत स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन र एमविए इन हस्पिटालिटी म्यानेजमेन्ट चलाइरहेको छ । यो मानित विश्वविद्यालयतर्फको पाइलो हो ।
क्याम्पस प्रमुख गौतमले गरिब तथा जेहन्दार, पिछडिएका क्षेत्रबाट आउने विद्यार्थीलाई १० प्रतिशत छात्रावृत्ति सुविधा छुट्याएको क्याम्पसले चालु आर्थिक वर्षका लागि २३ करोडको अनुमानित बजेट तर्जुमा गरेको जानकारी दिए ।
वार्षिकोत्सव कार्यक्रममा पूर्व अध्यक्ष तथा सल्लाहकार परशुराम बराल, दामोदर चालिसे, प्रकाशदेव पालिखे, ऋषि बुढाथोकी, देवीप्रसाद बस्ताकोटी, धु्रवराज पौडेल, दिननाथ शर्मा, देवी पनेरु, किसन भण्डारी, विजय घिमिरे, गोविन्द महत, लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राख्दै क्याम्पसलाई केन्द्रमा राखेर यसको मर्मअनुसार अगडि बढ्न जोड दिएका थिए ।
जनप्रिय रिसर्च एण्ड कन्सल्टेन्सी सेन्टरद्वारा प्रकाशित ‘जनप्रिय जर्नल अफ इन्टरडिसिप्लिनरी स्टडिज’ को प्राध्यापक शंकरप्रसाद भण्डारी र प्रा.डा. विकासकुमार केसीले संयुक्त रूपमा लाकार्पण गरे । त्यस्तै ‘जर्नल अफ टुरिजम एण्ड एड्भेन्चर’ को चौंथो अंक प्रा.डा. रमेशराज कुँवरले सार्वजनिक गरेका थिए ।
अध्यक्ष तारा गिरीले आफू र धर्मपत्नी ज्ञानु गिरीको नामबाट स्थापना गरेको ‘ज्ञानतारा अक्षय कोष’ बाट उत्कृष्ट कार्यसम्पादन गरेका उपप्राध्यापक गंगाराम पौडेल र कर्मचारी राजेन्द्र श्रेष्ठलाई नगद, कदरपत्र र दोसल्ला आढाएर सम्पान गरेका थिए । संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको स्मृतिमा स्थापित पुरस्कारबाट प्रशासक महादेव पालिखेले सम्मानित भएका छन् ।
क्याम्पसमा विभिन्न संस्था तथा व्यक्तिद्वारा स्थापित अक्षयकोषबाट उत्कृष्ट शैक्षिक नजिता ल्याउने विद्यार्थीलाई छात्रावृत्तिको नगद रकम र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । त्यस्तै अतिरिक्त क्रियाकलाप अन्तर्गत भलिवल, ब्याडमिन्टन, रस्साकसी, बास्केटबल, टेवुलटेनिस, नृत्य, हाजिरीजवाफ, कविता, निबन्ध, वक्तृत्वकला, बुद्धिचाल प्रतियोगिताका बितेजालाई प्रमाणपत्र, शिल्ड, मेडल, नगद पुरस्कार प्रदान गरिएको थियो ।
प्रात र दिवा सत्रमा ५ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसले देशभरिका सामुदायिक क्याम्पस मध्ये २०७२ र २०७३ मा शिक्षामन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ । विश्वविद्यालय अनुदान आयोगको छनौटमा परेको जेएमसीले दुई पटक गुणमापन तथा प्रत्यानको प्रमाणपत्र पाएर गुणस्तर सुनिश्चितताको कसीमा अब्बल ठानिएको छ ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरीको सभापतित्वमा भएको वार्षिकोत्सव समारोहमा उपाध्यक्ष बीरबहादुर अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने सहायक क्याम्पस प्रमुख भेषराज बराल उपाध्यायले कार्यक्रम सञ्चालन गरेका थिए ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर