News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश समाचार

सन स्ट्रोम ‘सोलार वाटर हिटर डिलर अफर’

पोखरा । तिहारलाई लक्षित गर्दै जयकालिका प्लाष्टिक उद्योग लेखनाथले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै कार्तिक २१ गतेदेखी २६ गतेसम्म ’सोलार वाटर हिटर डिलर अफर’ सञ्चालन गर्ने भएको छ ।

पोखरा – २६ बुढीबजारमा रहेको आफ्नो आउटलेटमा यो अफर सञ्चालन गर्ने भएको हो । भारतको प्रसिद्ध ब्राण्ड सुप्रिम सोलारको सनस्ट्रोम वाटर हिटरको नेपालकै एकमात्र आधिकारीक बिक्रेता समेत रहेको जयकालीकाले अफर अन्तर्गत् डिलर मुल्यमा सोलार वाटर हिटर र ढुवानी, जडान तथा जालीमा विशेष अफर दिने बताएको छ ।

खरिद योजना अन्तर्गत १५० लिटर देखि ५०० लिटर सम्मका हिटरहरुमा यो योजना लागुहुने कम्पनीले बताएको छ । कम्पनीले उत्पादन गरेका सोलार वाटर हिटरहरुमा पाँच वर्षको रिप्लेसमेन्ट ग्यारेण्टी र २० वर्षको वारेण्टी रहेको कम्पनीका निर्देशक रमेश खाँड ठकुरीले जानकारी दिएका छन् । उक्त योजना अन्तर्गत स्टक सिमित रहेकोले सो योजनाको फाईदा तत्कात लिन ग्राहकलाई अनुरोध गरेको कम्पनीका मार्केटिङ म्यानेजर कालिदास पोख्रेलले जानकारी दिएका छन् । कम्पनीले युपिभिसीको झ्याल ढोकाहरु, फुट्दै नफुट्ने जेके वाटर ट्यान्क बिक्री बितरण गर्दै आईरहेको निर्देशक ठकुरीले बताए ।