काठमाडौँ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ हजार ५०० पुगेको छ ।
तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार १९० पुगेको महासङ्घले जनाएको छ ।