
१पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
२‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
५जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
६फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१०मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
११सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
धादिङ, २१ मङ्सिर । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङमा तीन कृषकलाई पुरस्कृत गरिएको छ । धादिङबेँसी कृषि ज्ञान केन्द्रले ४१औँ विश्व खाद्य दिवसका अवसरमा सोमबार पुरस्कार वितरण गरिएको हो । समारोहमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७१ अनुसार छनोट भएका कृषकलाई पुरस्कार वितरण गरिएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले बताउनुभयो ।
तरकारी खेतीमा अब्बल धुनीबेँसी नगरपालिका–५ का युद्धप्रसाद न्यौपाने, भैँसीपालन र दूध उत्पादनमा उत्कृष्ट नीलकण्ठ नगरपालिका–६ का दयालक्ष्मी श्रेष्ठ र तरकारी खेती तथा कुुखुरापालनमा राम्रो आम्दानी गर्न सफल नीलकण्ठ नगरपालिका–२ का उर्मिलादेवी कार्की नेपाललाई रु १०/१० हजार राशिको पुरस्कार प्रदान गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले पुरस्कृत कृषकलाई नगद पुरस्कार प्रदान गर्दै आगामी दिनमा अब्बलरूपमा कृषिमा लाग्न आग्रह गर्नुभयो ।
कृषि ज्ञान केन्द्रले साउनमा पुरस्कार दाबी गर्न कृषकलाई सार्वजनिक सूचना गरेकामा ११ कृषकले पुरस्कार दाबी गरेका थिए । सबै कृषकको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेर पुरस्कारका लागि सिफारिस गरेको थियो ।
यसैगरी समारोहमा हाम्रो पहल, उत्पादन र पोषणमा वृद्धि, पर्यावरण संरक्षण र जनजीविकामा समृद्धि शीर्षकअन्तर्गत माध्यमिक विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा उत्कृष्टहरूलाई समेत पुरस्कार वितरण गरिएको छ । दश विद्यालयका २० सहभागी प्रतियोगितामा चन्द्रोदय माविका रेजिना लोहनी प्रथम, नीलकण्ठ माविका कोइशन भण्डारी द्वितीय, बालमन्दिर माविका सुमन गुरुङ, तृतीय र धादिङ बोर्डिङ सेकेण्डरी स्कुलका आदर्श सुवेदी सान्त्वना हुनुभयो । पुरस्कृतलाई क्रमशः रु दुई हजार, एक हजार ५००, एक हजार र ८०० पुरस्कार प्रदान गरिएको थियो ।