
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
३घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
४आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
५रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
६आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
७पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
८सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
९युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
१०महान्यायाधिवक्ताको विवादास्पद निर्णय
११नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
काठमाडौँ । नेपाल वायुुसेवा निगमले निगमको निर्णयअनुसारै रुकुम जाने विमानलाई नेपालगञ्ज अवतरण गराइएको निगमले दाबी गरेको । निमगले बुधबार विज्ञप्ति जारी गरेर मौसम प्रतिकुलताले निर्धारित समयमा जहाज उड्न नसक्दा र अन्तर्राष्ट्रिय नियमअनुसार ड्युटी समयभन्दा बढी पाइलटलाई काममा लगाउन नसकिने भएकाले रुकुम जाने जहाजलाई नेपालगञ्ज अवतरण गराउने निर्णय गर्नुपरेको स्पष्ट पारेको हो ।
काठमाडौँबाट रुकुमको सल्लेका लागि उडेको विमान सल्ले नपुगी नेपालगञ्ज अवतरण गरेको थियो । पाइलटले ड्युटी टाइम सकिएको भन्दै विमान रुकुम नलगि नेपालगञ्जमै अवतरण गराएपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।
विज्ञप्ति
मिति : २०७८ मंसिर ८ गते
काठमाडौं – रुकुम नेपालगन्ज उडान सम्बन्धमा नेपाल वायुसेवा निगमको ध्यानाकर्षण । मिति २०७४ मंसिर ५ गतेको लागि तय भएको काठमाडौं–रुकुम ९सल्ले० उडान सम्बन्धमा निगमको ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा सत्यतथ्य विवरण स्पष्ट पार्न चाहान्छौ ।
आइतबार बिहान ६ः१५ मा उडान हुने जहाजका लागि ५.१५ मा उडान कर्मचारीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बोलाइएको थियो तर मौसम प्रतिकुलताका कारण काठमाडौं–स्कुम (सल्ले) उडान हुन नसकेपछि उडान रद्द गरिएको थियो ।
मौसममा क्रमिक सुधार आएपछि रद्द भएको उडान अपरान्ह २ः१५ बजेको लागि पुनः सञ्चालन गर्ने तालिका तय भयो । त्यसपछि विमान चालक÷परिचारक एवं यात्रुलाई फोन गरेर पुनः विमानस्थल बोलाइयो ।
तर उडान रद्द भएर घर फर्किएका यात्रुहरुलगायत सबैजना आइपुगेर उडान भर्न लाग्दा अपरान्ह २ः ५८ भएको थियो । काठमाडौ–रुकुम (सल्ले) उडान भरिसक्दा अपराह्नको कम्तिमा ५ बज्ने अवस्था थियो ।
अर्कोतर्फ, बिहान ५ः१५ बजे देखि नै ड्युटी सुरु भएको विमान चालकको ड्युटी आवर ४ बजे पुरा भइसक्ने र तोकिएको ड्युटी आवरभित्र रुकुम पुगेर नेपालगञ्ज फकिन असमर्थ हुने अवस्था आएपछि नेपालगञ्जसम्म मात्र उडान भर्ने निर्णय भएको थियो ।
हवाइ उडान सम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन/नेपाल नागरिक उड्यन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट डयूटी अवधि दैनिक १० घण्टाको सिमा निर्धारण गरेको कारण त्यस दिन रुकुम (सल्ले) उडान नगर्ने निर्णय भएको थियो ।
रुकुम र नेपालगञ्ज जाने यात्रुहरुलाई काठमाडौँमै राखिरहनुभन्दा नेपालगञ्ज सम्म पुयाएर स्कुम जाने यात्रुहरुलाई निगमको नियमानुसार होटलमा राखी भोलिपल्ट विहानै रुकुम पुर्याउनुपर्ने अवस्था निगमको बाध्यता र उचित निर्णय पनि थियो।
पुनश्चः निगमले मध्ये पश्चिम तथा सूदुर पश्चिम क्षेत्रलाई मध्येनजर गर्दै विगत एक महिनादेखि व्यावसायिक/उद्धार उडान समेत सञ्चालन गर्दै आइरहेको सन्दर्भमा निगमसँग विमानको न्युनताको कारण अर्को दिनको उडान तालिकामा समेत कुनै असर नपुगोस् भन्ने हेतुले अन्तिम विकल्प स्वरुप उक्त निर्णय लिनु परेको हो । विविध प्राविधिक अड्चन तथा अन्य विविध कारणवश् हुन पुगेको यस घटना उप्रान्त दोहोरिन नदिने प्रतिवद्धता जाहेर गर्दछौँ। अर्चना खड्का,संयोजक : मिडिया सेल
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर