
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२रसुवा बाढी : ७८१ जनाको शव भेटियो
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाले आज मंगलबार नेपाल बन्दको आह्वान गरेको छ । बन्दका कारण बिहानैदेखि देशभरको जनजीवन ठप्प बनेको छ ।
आज बिहानैदेखि लामो तथा छोटो दुरीका सवारीसाधना चल्न सकेका छैनन् भने बिहानी सेवाका स्कुल, कलेजअरु बन्द छन् । काठमाडाै उपत्यकामा पनि बन्दको प्रभाव परेको छ । बजार व्यवसाय बन्द छ । बन्दको दिन काठमाडाै उपत्यकामा प्रहरीको बाक्लो उपस्थिति छ ।
सो पार्टीका इन्चार्ज प्रज्वलनले एक विज्ञप्ति जारी गर्दै इन्धनलगायत दैनिक उपभोग्य सामानको मूल्य वृद्धि खारेजीका लागि सरकारलाई चौतर्फी दबाब दिन नेपाल बन्दको आह्वान गरिएको बताएका छन् । बन्दमा सहयोग गरिदिन उनले सबै पक्षलाई अपिल समेत गरेका छन् ।
यस्तो छ प्रज्वलनको बिज्ञप्ति:
‘आदरणीय व्यवसायी र पेसाकर्मी मित्रहरू, हाम्रो पार्टी देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा निरन्तर सङ्घर्ष गर्दै आइरहेको विषय यहाँहरूलाई अवगतै छ ।
देशमा मौलाएको भ्रष्टाचारविरुद्ध र जनअधिकारका लागि सङ्घर्ष गर्ने क्रममा राज्यबाट हाम्रो पार्टीमाथि लादिएको कठोर दमन र प्रतिबन्धको समेत सामना गर्दै अघि बढ्यौँ । हाल प्रतिबन्धको अन्त्यपछि पनि हामी हाम्रो लक्ष्य र नयाँ वैकल्पिक राजनीतिक एजेन्डाहरूसहित जनपरिचालन र आन्दोलनमै डटिरहेका छौँ । विगतका जटिल परिस्थितिहरूमा यहाँहरूबाट प्राप्त साथ र सहयोगप्रति हाम्रो पार्टी हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ ।
विश्वव्यापी कोरोना भाइरस सङ्क्रमण (कोभिड १९) ले पैदा गरेको भयावह परिस्थिति र लकडाउनका कारण आमजनसमुदाय र देशको आर्थिक मेरुदण्ड औद्योगिक र विभिन्न व्यावसायिक क्षेत्रमा पारेको नकारात्मक प्रभाव तथा सङ्कटको अवस्थामा जनसमुदायका साथै यातायत र उद्योगी–व्यवसायीहरूलाई राहत, क्षतिपूर्ति र करछूट गर्नका लागि हाम्रो पार्टीले सरकारसँग गरेको माग र सङ्घर्षबारे पनि व्यावसायिक संस्था र मित्रहरू जानकार नै हुनुहन्छ ।
यसरी सर्वत्र कठिनाइ भोग्न बाध्य नेपाली जनता र व्यवसायीहरूको सङ्कटमा सहयोग गर्नुको सट्टा सरकार दिन–प्रतिदिन मूल्य वृद्धि गरेर जनतामा थप कष्ट थोपर्दैछ । हालै महिना दिनभित्रै ९ पटकसम्म पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ ।
डिजेल, पेट्रोल, हवाई इन्धन, ग्याँस सिलिन्डर तथा दैनिक अत्यावश्यक उपभोग्य वस्तुमा भएको चर्काे मूल्यवृद्धिले आम सर्वसाधारण किसान, श्रमिक, मजदुर मात्र नभई विद्यार्थी, शिक्षक–बुद्धिजीवी, कर्मचारीलगायत मध्यम वर्ग र व्यवसायीहरूको समेत ढाड भाँच्ने निश्चित छ ।
सरकारको यसप्रकारको गैरजिम्मेवार, जनविरोधी र ज्यादतीपूर्ण नीति तथा कार्यका विरुद्ध आमजनताको आक्रोश र भावनाको प्रतिनिधित्व गर्दै विभिन्न आन्दोलनसहित यही कात्तिक ३० गते नेपाल बन्द आह्वान गरिएको छ । यो पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्धको आन्दोलन हाम्रो पार्टीको मात्र नभई आमजनसमुदाय र व्यवसायीहरूको समेत साझा सरोकारको विषय हो ।
नेपाल बन्द हाम्रो रहर नभई बाध्यता हो । आन्दोलनका कार्यक्रमहरूमा देशव्यापी ऐक्यबद्धता प्रकट गरी मूल्यवृद्धिको सशक्त प्रतिवाद गर्दै मूल्यवृद्धि खारेज गर्न सरकारमाथि चौतर्फी दबाब सिर्जना गर्नु हरेक क्षेत्रका नागरिकहरूको दायित्व हो ।
त्यसैले मूल्यवृद्धिका विरुद्ध आह्वान गरिएको कात्तिक ३० गतेको नेपाल बन्दका दिन यातायात, उद्योग, व्यापार–व्यवसाय र शैक्षिक संस्था बन्द गरी आन्दोलनप्रति ऐक्यवद्धता जनाई नेपाल बन्द कार्यक्रम पूर्ण रूपले सफल पार्न यातायात व्यवसायी, उद्योग, व्यापार–व्यवसाय, शैक्षिक क्षेत्र सम्बद्ध सम्पूर्ण सङ्घ–संस्था र पेसा–व्यवसायीहरूमा हार्दिक अनुरोध गर्दछौँ ।’
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान