
१बिचौलिया इनमको बयान : चोलेन्द्र श्रीमान् ‘मास्टरमाइन्ड’, मलाई ‘युज’ गरियो
२स्कुटरको ठक्करबाट वृद्ध मनबहादुर पुनको मृत्यु
३पत्रकार पक्राउ र न्यायालयका विषयमा संसदीय समिति बनाउन काँग्रेसको माग
४‘भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्रै सबै स्थानीय तहबाट हुनेछ’: प्रधानमन्त्री बालेन
५गण्डकी प्रदेशभर एकैसाथ ४६ डाक्टर खटाइयो
६कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
७‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
८पक्राउ परेका सबै पत्रकार रिहा
९पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
१०‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
११आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
१२ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
काठमाडाै । विप्लव नेतृत्वको नेपाल कम्न्युनिष्ट पार्टीले भोलि कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको छ ।
जनताले दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यान्नजस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गरेको गरेको भन्दै नेकपा त्यसको बिरोधमा भोलि नेपाल बन्दको आव्हान गरेको हो ।
बन्दको पूर्वसन्ध्यामा आज सोमाबर २९ गते साँझ नेकपाले देशभर मसाल जुलुस निकालेको छ । काठमाडाै उपत्यकासहित नेकपा आज देशभर मसाल जुलुस निकालेको सो पार्टीले जनाएको छ ।
नेकपाका अनुसार काठमाडाै उपत्यकासहित कन्चनपुरको महेन्द्रनगर, कैलालीको धनागढी, डडेल्धुरा, बैतडी, नेपालगञ्ज, सुर्खेत, घोराही, बुटवल, हेटौडा, पोखरा, बिराटनगर, इटहरी, धरान लगायतका मुख्य सहर र सबै जिल्लाहरुमा मसाल जुलुस निकालिएको छ ।
मूल्यबृद्बिजस्ताे अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन नसक्ने भन्दै नेकपाले चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो। सोहि कार्यक्रम अन्तर्गत भोलि नेपाल बन्द आव्हान गरिएको हो ।
भोलिको बन्दमा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी र दुग्धजन्य पदार्थ, दमकल लगायत अत्यावश्यक सेवा भने खुल्लै रहनेछन तर त्यस बाहेक बजार व्यवसाय, स्कुल, कलेज, कलकारखाना, यातायात लगायत अरु सबै क्षेत्र बन्द आव्ह्वान गरिएको नेकपाले जनाएको छ ।
साथै नेकपाले सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गरेको छ । जनभावनाको कदर गर्दै मूल्यबृद्धि तुरुन्त खारेज गर्न पनि सरकारसँग अपिल गरेको छ ।
पार्टीका महासचिव विप्लवले बिहीबार एक प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका थिए । जसअनुसार कात्तिक, २५ गते देशव्यापी बिरोध प्रदर्शन भएको छ भने २६ गते प्रचार/प्रसार र मशाल जुलुस, २७ गते देशव्यापी प्रदर्शन र चक्काजाम भएको छ । त्यस्तै २९ गते साँझ मशाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्द हुनेछ ।
‘जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गर्दै आएको छ र यसप्रकारको सरकारी दोहनलाई जनताले निरीहतापूर्बक पालना गर्नुपर्ने बाध्यता जस्तै बनेको तथ्य हाम्रो सामु छ । भर्खरै मात्र पनि पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँका हिसाबले मूल्य बृद्धि गरियो ।
जसअनुसार रु. ४७ मा आयात गरिने पेट्रोलियम रु १३३ मा बिक्रि गरिँने छ । बिज्ञहरूले मापन गरे अनुसार सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल रु. ७० मा बिक्रि गर्न सकिन्छ । दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ ?’ बिज्ञप्तिमा भनिएको छ ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिले निश्चित रुपमा यातायात लगायत आयात गरिने सबै सामानहरूको मूल्यमा पनि बृद्धि हुने भन्दै नेकपाले भर्खरै भएको मूल्य बृद्धिसँगै जनताले एकातिर करिब २०० प्रतिशत बढी मूल्य भुक्तानी गर्न बिवश हुने र अर्कोतिर त्यसको प्रभावले सार्बजनिक यातायातसहित ढुवानी गरिने सम्पूर्ण सरसामानहरूमा मूल्यबृद्धि भन्दै यसबाट नेपाली उपभोक्ता कैयौँ गुणा बढी मारमा पर्ने बताएको छ ।
‘पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिले निश्चित रुपमा यातायात लगायत आयात गरिने सबै सामानहरूको मूल्यमा पनि बृद्धि हुनेछ । भर्खरै भएको मूल्य बृद्धिसँगै जनताले एकातिर करिब २०० प्रतिशत बढी मूल्य भुक्तानी गर्न बिवश हुनेछन् भने अर्कोतिर त्यसको प्रभावले सार्बजनिक यातायातसहित ढुवानी गरिने सम्पूर्ण सरसामानहरूमा मूल्यबृद्धि हुनेछ । यसबाट नेपाली उपभोक्ता कैयौँ गुणा बढी मारमा पर्नेछन् ।’ बिज्ञप्तिमा भनिएको छ ।
आफ्नो पार्टी जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन नसक्ने भन्दै नेकपाले तसर्थ सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गगरेको छ । साथै जनभावनाको कदर गर्दै मूल्यबृद्धि तुरुन्त खारेज गर्न सरकारसँग पनि माग गरेको छ ।
‘हाम्रो पार्टी जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन सक्दैन । तसर्थ सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ । साथै जनभावनाको कदर गर्दै मूल्यबृद्धि तुरुन्त खारेज गर्न सरकारसँग पनि अपिल गर्दछ ।’ बिज्ञप्तिमा भनिएको छ।

नेपाल बन्दको पूर्वसन्ध्यामा नेकपा कास्कीले प्रदर्शन गरेको मसाल जुलुश । तस्विर सौजन्य : तीर्थ केसी

१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा