News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

बेगनासतालका सुरसिंहको अवस्था गम्भिर, बोत्तलले हान्ने जुठ्ठे पक्राउ

पोखरा । पछाडिबाट आएर बियरको बोत्तल प्रहार गरी घाईते बनाउने जुठ्ठे लामालाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो ११ बजेको समयमा पोखरा महानगरपालिका वडा नं. ३१ बेगनासतालस्थित वर्ष ६१ का सुरसिंह लामालाई घर नजिकै हिडिरहेको अवस्थामा सोही ठाउँ बस्ने वर्ष ५० का लामाले बियरको बोत्तलले हानेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

घाईते लामाको उपचारका लागि मनिपाल शिक्षण अस्पतालमा पठाईएको र उनको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । घटना लगत्तै खटिएको प्रहरीको टोलीले कुटपिट गर्ने जुठ्ठेलाई नियन्त्रणमा लिएको थियो ।