
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१०रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
११गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१२फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
बलेवा । बागलुङ जिल्लाको जैमिनी नगरपालिका– १ कुश्मीशेराका गुरुदत्त आचार्य बिहान, बेलुका झोला बोकेर दगुरी रहेको देखिनुहुन्छ । ठूलो प्लाष्टिकको भाँडा झोलाभित्र हुन्छ, त्यो भाँडाभरिको दूध हातमा समाउँदा हात गल्ने भएकाले उहाँले झोलामा राखेर बोक्नुहुन्छ र झण्डै डेढ किलोमिटरको तल रहेको दुग्ध सङ्कलन केन्द्रमा पुग्नुहुन्छ । उहाँको घर केन्द्रदेखि उकालो लाग्दा डेढ किलोमिटरमा पुगिन्छ ।
बिहान ७ बजे र बेलुका ५ बजे दूध बोकेर सङ्कलन केन्द्र पुग्ने उहाँको दैनिकी हो । उहाँले जीवनको झण्डै आठ वर्ष मलेसियामा बिताउनुभयो । त्यहाँ तरकारी बारीको काम थियो । गाडीमा तरकारी राख्ने र झार्ने काम हुन्थ्यो । सानोतिनो कमाइ, लामो समयसम्म प्रगति नभएपछि उहाँ घर फर्किनुभयो । अहिले उहाँले गाउँमै गाई पाल्न थाल्नुभएको छ । गोठमा बाँधेका तीनवटा गाई र एउटा भैँसीले दिने दूधले आम्दानी राम्रै भएको छ । त्यसैले त उहाँ हरेक दिन दगुर्नुहुन्छ ।
उहाँ मात्रै होइन उहाँको अघिपछि दूध बोकेर सङ्कलन केन्द्र पुग्नेको लस्कर हुन्छ । घरमा फुर्सदिला व्यक्ति भएका कसैले घरको काम गर्छन्, कोही दूध बोकेर सङ्कलन केन्द्र पुग्छन् भने घरमा थोरै जहान भएका विशेष गरी महिला स–साना बच्चालाई घरमै सुताएरै भए पनि आफ्ना घरको दूध सङ्कलन केन्द्र पु¥याउँछन् । कुश्मीशेरामा विदेशबाट फर्किएर गाईभैँसी पाल्न थालेका धेरै युवा छन् । गुरुदत्त आचार्य, दिनानाथ आचार्य, लक्षमण पौडेल, विकास पौडेल, चक्रपाणि शर्मालगायतका युवा उदाहरण मात्रै हुन् ।
यहाँका वैदेशिक रोजगारी गएका युवाका परिवारले पनि राम्रो दूध उत्पादन गर्छन् । उनीहरुको विदेशबाट आउने जत्तिकै कमाइ घरमा पनि छ । यहाँका विदेश गएर फर्किएका युवाको सक्रियतामा कुश्मीशेरामा दैनिक ७०० लिटर दूध उत्पादन हुन्छ । गाउँमै भएका शिक्षक, कर्मचारी, र केही कृषि तथा पशुका प्राविधिकको सक्रियताले उनीहरुलाई साथ दिएको छ । कुश्मीशेरामा दूधको उत्पादन गर्ने मात्रै दुई वटा सहकारी संस्था छन् । सबैजना त्यही सहकारीमा आवद्ध छन् ।
केही वर्ष पहिले स्थापना भएको पल्लोपाखा दुग्ध उत्पादक सहकारी संस्थाले नियमित दूधको सङ्कलन र बिक्री गर्दै आएको छ । जहाँ गाउँका अधिकांश किसानको शेयर छ । पछिल्लो एक वर्ष पहिले विदेशबाट फर्किएका युवाको धेरै सहभागिता रहेको जैमिनी दुग्ध उत्पादक सहकारी खुलेको छ । दुबै सहकारीले हरेक दिन ७०० लिटर दूध सङ्कलन गर्छन् ।
गाईभैँसी पालनमा लागेका युवालाई कसैसँग गफिएर बस्ने फुर्सद छैन् । दिनभर गोठमा रहेका गाईभैँसीको दानापानी र बिहान बेलुका दूध पु¥याउन पुग्नुपर्ने बाध्यता छ । उनीहरु त्यहीबाट आउने कमाइले सन्तुष्ट छन् ।
“विदेशमा हुँदा साहुले कहिले दिन्छ र घर पठाउने भने कुर्नु पर्दथ्यो, अहिले आफ्नो हिसाब आफैसँग छ”, किसान विकास पौडेल भन्नुहुन्छ, “दिनभर खुवाउने दाना र घाँसले २४ घण्टाको आम्दानीको हिसाब आउँछ ।” विदेशमा कमाएको भन्दा गाईपालेर कमाएको कमाइको माया लाग्छ रे उनीहरुलाई । “दुःख छ तर कमाइ हुँदा मनै आनन्दित हुन्छ, खर्च कटाउदा बचेको आफ्नै हो जस्तो लाग्छ”, किसान गुरुदत्त भन्नुहुन्छ, “घरमा जहानको साथ, बेला मौकाका पर्व र चिसो पानी, यही हो आनन्द, अव विदेशको नाम पनि लिन्न ।”
यहाँ उत्पादन भएको दूध पर्वतको सदरमुकाम कुश्मा बजार, बागलुङ बजारलगायतका ठाउँमा बिक्री हुन्छ । किसानले एक लिटर गाईको दूधको ५८ रुपैयाँ देखि ६५ रुपैयाँसम्म गुणस्तरको आधारमा पाउँछन् । सहकारीले भने बजारमा ८० देखि ९० रुपैयाँमा बिक्री गर्ने गरेको छ । “सहकारीमा खर्च कटाएर रहेको रकम पनि कहाँ जान्छ र हाम्रै हो, शेयर हामी किसानकै छ”, सहकारीका अध्यक्ष टीकाराम पौडेलले भन्नुभयो, “जम्मा भएको रकम वर्षदिनमा हिसाब गरेर दूध बिक्री गरेको आधारमा शेयर सदस्यलाई नै जान्छ ।” मेहनत गर्ने यहाँका युवाले महिनामा ४० देखि ८० हजार रुपैयाँसम्मको दूध बिक्री गर्ने गरेका छन् । घरखर्च कटाएर राम्रो आम्दानी दूधमा देखेपछि विदेशबाट फर्किएका युवा गाईभैँसी पालनमा आकर्षित भएको स्थानीय शिक्षक टेकनारायण आचार्य बताउनुहुन्छ । युवाहरुले गाईभँैसीपालनका अतिरित्त तरकारीखेती, कुखुरापालन र केराखेती समेत गर्दै आएका छन् भने आधुनिक प्लाष्टिक घरमा तरकारी र गोलभेँडासमेत फलाएर बिक्री गर्छन् । रासस
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग