News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २६४ नमुनाको पीसीआर परीक्षणमा ६६७ जना र ३ हजार ४०८ नमुनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने ९११ जना निको भएका छन् । नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९३ हजार ७२ पुगेको छ । तीमध्ये कोरोना संक्रमणबाट हालसम्म ११ हजार २ सय जनाको मृत्यु भएको छ भने ७ लाख ७३ हजार १४० जना संक्रमणमुक्त भएका छन् ।