
१निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
२‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
३जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
४नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
५विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
६अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
७स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
८जेन-जी आन्दोलन : नेपाली सेनाको स्पष्टीकरण
९नर्सलाई सरकारी सरह तलब र सुविधा सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
१०‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
११पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
१२प्रहरीको विशेष अभियान ‘अपरेशन ३६५’ शुरु
१‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
४तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
७पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
८सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
९माओवादी नेताहरूको विलासी जीवनशैलीमाथि प्रश्न
१०आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
११प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
१२जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
गलेश्वर, ३ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नाच्र्याङको लेक गाउँमा पाइने औषधीय गुणयुक्त कन्दमूलको अचार प्रवद्र्धन र बजारीकरणको अभावमा गाउँमा मात्रै सीमित बनेको छ ।
अन्नपूर्ण चक्रिय पदमार्गको आकर्षक स्थल मानिने नाच्र्याङ र नाच्र्याङको शिरानमा रहेको लेकगाउँलाई पूर्व तथा उत्तरबाट घेरेको जङ्गल हिमालसम्मै फैलिएको छ । यो गाउँमा पाइने वनस्पति र कन्दमूलको तरकारी तथा अचारले अन्तर्राष्ट्रिय बजार पाउन सक्ने भए पनि प्रवद्र्धन हुन नसक्दा गाउँमा नै खुम्चिएर रहन बाध्य भएको स्थानीयवासीले बताएका छन् ।
अचारका सौखिनका लागि नाच्र्याङका प्रत्येक घरमा वनस्पति र कन्दमूलका थरीथरी अचार पाइन्छन् । ती अनेकौँ अचारमध्ये फापर परिवारअन्तर्गत पर्ने ‘रियम’ प्रजातिको कन्दमूलको अचार यहाँ रुचाइनेमध्येको प्रमुख हो । यो अचार स्वादिष्ठ हुनाका साथै औषधीय गुणले समेत युक्त हुने भएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले असाध्यै रुचाउने गरेका स्थानीयवासी जीतबहादुर पुनले बताउनुभयो ।
उहाँका अनुसार यो अचार प्राकृतिकरुपमा नै अमिलो हुन्छ । यो अचार बनाउने विधि पनि अनौठो रहेको पुनले जानकारी दिनुभयो । उहाँका अनुसार वनस्पतिको बोक्रालाई त्यसैको पातमा पोको पारेर तोरीको तेलमा केही महीना डुबाएर राखेपछि अचार तयार हुन्छ । गाउँलेले जेठ–असारमा त्यसका पात र बोक्रा सङ्कलन गरेर अचार बनाउने गर्दछन् । उहाँका अनुसार यो वनस्पतिको पात एक–डेढ मिटरसम्म अग्लो हुन्छ । यसको फूल सानो र गुलाबजस्तो रातो हुन्छ ।
यसलाई विशेष प्रकारको अग्र्यानिक अचार भनेर प्रचारप्रसार गर्न सक्ने हो भने मानिसको स्वास्थ्यसँगै पर्यटन प्रवद्र्धनको पनि प्रशस्तै सम्भावना रहेको स्थानीयवासीको भनाइ छ । बूढापाकाका अनुसार यहाँ बनाइने अचार आयुर्वेदिक महत्वको पाखनभेद नामक वनस्पतिको आनुवांशिक प्रजाति हो । यो अचार औषधीय गुणले समेत युक्त हुने भएकाले ग्याष्टिक, गोला, गानो, छाती दुख्नेलगायतका बिरामीका लागि अत्यन्तै उपयोगी हुने बताइएको छ ।
यसको स्वाद गोलभेडाको भन्दा तिख्खर अमिलो हुने भएकाले यसलाई जङ्गली गोलभेडा पनि भनिने गरेको स्थानीयवासी तिलबहादुर पुनले बताउनुभयो । परम्परागत रुपमा बनाइँदै आएको यहाँको वनस्पतिय अचारलाई प्रवद्र्धन गरी बजारीकरण गर्न स्थानीय तहले पहल थाल्नुपर्ने उहाँको भनाइ छ ।
त्यसैगरी यहाँ जङ्गली वनस्पति चुत्रोबाट मदिरा (घरेलु रक्सी) उत्पादन गर्ने गरिन्छ । जङ्गली फलबाट बनाइने यो मदिरा विशुद्ध प्राकृतिक हुने भएकाले यसले स्वास्थ्यलाई नकारात्मक असर नगर्ने यहाँका बासिन्दाको भनाइ छ । सिस्नोको परिकारका लागि पनि यो गाउँ प्रसिद्ध छ । जङ्गल र भिर पाखामा पाइने सिस्नोलाई टिपेर यहाँका बासिन्दाले स्वादिष्ट परिकार बनाउने गरेका छन् । –ध्रुवसागर शर्मा/रासस
१‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
४तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी