News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

च्याङ्ग्रा लुट्ने गिरोहको खोजी गर्दै प्रहरी

पोखरा । केही युवाको समूहले पोखराको याम्दीबाट धाकधम्की दिदैं आज रातको समयमा च्याङग्रा लुटेर लगेका छन् । च्याङ्ग्रा व्यापारी तथा पिडित डोल्पाका राजिनाम बुढाले दिएको जानकारी अनुसार केही युवाहरुले ज्यान मार्ने धम्की दिदैं दुईवटा च्याङ्ग्रा जबरजस्ती खोसेर लगेका हुन् ।

४/५ जनाको समूहमा आएका ती युवाहरुले ज्यान मार्ने र नजिकैको सेतीमा फालिदिने धम्की दिदैं जाई लागे पछि आफुले केही गर्न नसकेको बुढाले बताए । यस विषयमा नजिकैको वडा प्रहरी कार्यालय बगरमा खबर पुगे लगत्तै ती च्याङ्ग्रा लुट्ने गिरोहको खोजी भईरहेको प्रहरीले जानकारी दिएको छ । सूचना प्राप्त हुनासाथ तत्कालै सिभिल प्रहरी र हेम्जा चौकीबाट खटिएको सुरक्षाकर्मीको टोलीले व्यापक खोजतलास गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

डनन्यूज ट्रेन्डिङ