
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
पर्वत । जिल्लामा मुस्लिम बालबालिकाहरुले अध्ययन गर्ने मदरसा नहुँदा मस्जिदमै कक्षा सञ्चालन गरिएको छ । यसका लागि जग्गा नहुँदा ती समुदायले अल्लाहको प्रार्थना गर्ने र नमाज पढ्ने ठाउँमै मदरसा सञ्चालन गरिएको हो ।
ती समुदायका बालबालिकालाई धार्मिक शिक्षा दिन तथा उनीहरूलाई उर्दू भाषा अध्यापन गराउने ठाउँ मदरसा हो । मदरसा नभएकै कारण कुश्मामा बसोबास गर्दै आएका मुस्लिम समुदायका बालबालिकालाई मस्जिदमा राखेर पठनपाठन गर्दै आइएको छ । बालबालिकालाई पढाउनुपर्ने बाध्यता भएकाले मस्जिदमा राखेर भए पनि अध्यापन गराइएको हो ।
“मस्जिदमा प्रार्थना गर्न आउने हो । यहाँभित्र छिर्न निश्चित पोसाक ताकिएको हुन्छ । तर यहाँ मदरसा नहुँदा मस्जिदमा नै कक्षा चलाउनु परेको छ । हामीलाई सहयोग गर्न आउने तथा अनुगमन गर्न आउने मान्छे हाम्रो पोसाकमा आउने कुरा पनि हुँदैन,” मौलाना (शिक्षक) मोहम्मद अकबर अलीले भने, “हामी थोरै सङ्ख्यामा भएका कारण पनि होला कसैले वास्ता नगरेको, सरकारले हामीलाई हेरिदिए हुने हो ।”
विसं २०६८ मा कक्षा १ देखि पठनपाठन सुरु गर्न अनुमति पाएको भए पनि कक्षा चढाउने गरी समेत पठनपाठन हुन सकेको छैन । मस्जिदमा ५८ विद्यार्थी नियमित रूपमा अध्ययनका लागि आउने गरेका छन् । बिहान र बेलुका दुई समयमा उर्दू भाषाको अध्यापन गराइन्छ तर कक्षा चढ्ने भन्ने चाहिँ हुँदैन ।
मुस्लिम सेवा समितिका सचिव अस्गर अली मियाँले आफूहरू कुश्मामा अल्पसङ्ख्यक भएका कारण नै कसैको ध्यान मुस्लिमको समस्यामा नगएको बताउनुहुन्छ । मुस्लिम समुदायको मदरसा मात्र नभई अन्य थुप्रै समस्या रहेको उनले बताए । “नगरपालिकाले वर्षको एकपटक एक लाख रुपैयाँ दिने गरेको छ । त्यसले त शिक्षकलाई ६ महिनाको तलब पनि पुग्दैन, हामीले चन्दा उठाएर मौलानालाई दिने गरेका छौँ,” उनले भने, “हामीलाई मस्जिदबाहिर छुट्टै ठाउँमा मदरसा र त्यहाँ स्थायी रूपले पढाउने एकजना शिक्षक चाहिएको छ ।”
कुश्मा नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपक सुवेदीले नगरपालिकाले मदरसामा सहयोग गर्ने चाहना राखेको भए पनि मदरसा सञ्चालनका लागि सरकारले तोकेका मापदण्डहरू पूरा नभएका कारण सबै काम गर्न नसकिएको जानकारी दिए। विद्यालय सञ्चालनका लागि नगरपालिकाका तर्फबाट वार्षिक रु एक लाख नियमित अनुदान दिँदै आएको र गत आर्थिक वर्ष थप रु दुई लाख ४१ हजार दिइएको उनको भनाइ छ ।
“विसं २०६८मा अनुमति पाएको विद्यालय अहिले पनि उस्तै किन ? किनकि राज्यले तोकेका मापदण्ड र नीति पूरा गरेपछि मात्र अन्य विद्यालयले पाउने जस्तै गरी अनुदान पाउन सकिन्छ”,उनि भन्छन , “विद्यालयको नाम के हो भन्ने थाहा छैन, विद्यालयको नाम भएको होर्डिङ बोर्ड छैन, लेटर प्याड र छाप पनि छैन । बिहान र बेलुका आफ्नो तरिकाले यहाँ पढाइ भएको छ । तर १० देखि ४ बजेसम्म पढाइ हुनुपर्छ ।”
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिङ गुरुङले मदरसालाई अहिलेकै अवस्थामा राख्ने वा विद्यालय जसरी अगाडि बढाउने भन्ने कुरा मुस्लिम समुदायको निर्णयमा भर पर्ने बताउँछन् । अगाडि बढ्ने हो भने राज्यले मदरसाका लागि तयार पारेको पाठ्यक्रमअनुसार कक्षा सञ्चालन गर्दै अरू मापदण्ड पनि पूरा हुने र मस्जिदबाट मदरसा हटाउने हो भने कुश्मावासी सबैको सहयोग आवश्यक हुने बताउनुभयो ।
कुश्माको मदरसामा अध्ययन गर्दै आइरहेका विद्यार्थीहरु बिहान–बेलुकाको समयमा उर्दू भाषा सिक्ने र दिउँसोको समयमा कोही सामुदायिक त कोही निजी विद्यालयमा अध्ययन गर्दै आइरहेका छन् । पर्वतमा दुई ठाउँमा मात्र मदरसा छन् । कुश्माबाहेक जलजला गाउँपालिकाका वारि बेनीमा रहेको छ । वारि बेनीको मदरसा व्यवस्थापनका लागि म्याग्दी सदरमुकाम बेनी बजारमा बस्दै आएका मुस्लिम समुदायसमेत लागिपरेका कारण त्यहाँ भने समस्या देखिएको छैन ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर