• News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तर्राष्ट्रिय समाचार

    एकैदिन २७ हजार ३३३ जनामा कोरोना संक्रमण

    काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा २७ हजार ३३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३५ लाख ३० हजार ७७ पुगेको छ ।

    यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ८ हजार ६९ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ३८५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार ८०१ पुगेको छ ।