
१एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
४रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
५लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
६पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
काठमाडौँ । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले बाजुराका दर्जनौँ स्थानमा अन्नबालीदेखि भौतिक संरचनामा क्षति पु¥याएको छ । रातभर परेको मुसलधारे वर्षाका कारण बूढीनन्दा र बूढीगङ्गा नगरपालिका तथा जगन्नाथ र खप्तड छेडेदह गाउँपालिका क्षेत्रमा बढी क्षति पुगेको छ ।
बाढीका कारण खप्तड छेडेदह गाउँपालिका–६ र ७ मा विद्युत्, नहर र अन्नबालीमा क्षति पुगेको छ । आटीचौरको सुर्का बजारमा दुईवटा पसलसमेत बाढीले बगाएर क्षति पु¥याएको छ । बाढीले सुर्खा बजारमा धनबहादुर खड्का र खगेन्द्र खड्काको पसलमा पूर्ण क्षति पुगेको छ ।
यस्तै चाम्डेबगर लघुजलविद्युत् आयोजनाको विद्यत्को नहर बगाएर क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध बनेको छ । सेवा अवरुद्ध बनेपछि सिङ्गो गाउँ नै अँध्यरोमा बस्न बाध्य भएका छन् । यस्तै सोही गाउँपालिका–६ मैतोलामा बस्ने हेमन्तनाथ, मनेनाथ, चन्द्रनाथलगायत स्थानीयवासीका खेतबारी र अन्नबाली सबै बगाएर क्षति पु¥याएको छ ।
वर्षाका कारण सोही वडाका भरत गुयाल, अङ्गेनाथसहितका घरसमेत उच्च जोखिममा रहेको स्थानीयवासीसमेत रहेका व्यापारी मनवीरनाथले जानकारी दिनुभयो । अधिकांश बस्तीमा बाढी पसेको र घरका आँगनसमेत पहिरो लागेर चिराचिरा परेका छन् ।
यस्तै वर्षाले जगन्नाथ गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो जाँदा हिँड्ने बाटाहरुसमेत भत्किएका छन् । जगन्नाथ गाउँपालिका–१ स्थित भवानी आधारभूत विद्यालयसम्म जाने गोरेटोबाटो भत्किएपछि बालबालिकालाई विद्यालय जान समस्या भएको त्यहाँका स्थानीयवासीले बताएका छन् ।
दिनमा चर्किलो घाम लाग्ने र रातिमा ठूलो पानी पर्ने गरेका कारण बाजुराका सयौँ बस्ती बाढीपहिराको उच्च जोखिममा छन् । साउन भदौमा वर्षाका कारण खासै समस्या नभएपनि विगत केही दिनदेखिको निरन्तर वर्षाले धानबाली भित्र्याउन समेत समस्या भएको किसान डबल रोकायाको भनाइ छ ।
नजिकै दसैँ आइरहेको छ, विगत चार महिनादेखि साँफे मार्तडी सडक र विभिन्न स्थानीय सडकमा यातायतातका साधनहरु सञ्चालन हुन सकेको छैन् । यातायातको साधन सञ्चालन नहुँदा दैनिक उपभोग्य वस्तुको ढुवानी हुन नसकेर ती सामानको मूल्य आकासिएको स्थानीयवासीको भनाइ छ । सोमबारदेखि सडक खुलाउन पहल भए पनि लगातार पानी परेका कारण समस्या भएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव