News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

महिला तथा बालबालिकालाई औषधि, खाद्यन्न तथा लत्ताकपडा सहयोग

बाढीको चपेटामा मनाङका विद्यालय ः दुवैतिर खोलाको कटानमा विद्यालय नासों गाउँपालिका–५ थोंचेस्थित आवासिय प्रकाश ज्योति माध्यमिक विद्यालय । तस्वीर: नविन लामिछाने/रासस

मनाङ, ५ असोज । समाजसेवी सन्ना गुरुङले यहाँका महिला तथा बालबालिकालाई औषधि, खाद्यन्न तथा लत्ताकपडा सहयोग गर्नुभएको छ । गत १ असार मा आएको बाढीपहिराले मनाङसँगको सडक सञ्जाल विच्छेद छ । उहाँले विभिन्न सङ्घसंस्था र व्यक्तिको समन्वय र सहकार्यबाट प्राप्त भएको ती सामग्री प्रदान गर्नुभएको हो । ती सामग्रीमा लुगा सेट, झोल औषधि, साबुन र तेल, डायपर्स र वेट टिस्यु, स्वेटर, टाउजर, मास्क, लगायतका छन् ।

नेपाली सेनाको हेलिकप्टरमार्फत राहत ल्याइ वितरण गरिएको उहाँले बताउनुभयो । ङिस्याङ गाउँपालिका–९ का सम्तेनडोल्मा गुरुङ भन्नुभयो “विपद्को बेला पैसा भए पनि बालबालिकाका लागि चाहिने आवश्यक सामान किन्न पाइएको थिएन । ती सामग्रीले सहज बनाएको छ ।”

डनन्यूज ट्रेन्डिङ