
१‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
२पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
३डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
४ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
५पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
६डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
७पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
८विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
९सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
९फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
काठमाडौँ, ५ असोज । हङकङसँग बराबरीमा रोकिएपछि नेपालको एफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । उज्बेकिस्तानमा जारी छनोटको दोस्रो खेलमा आज हङकङसँग गोलरहित बराबरीमा खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
एसियन कपको सम्भावना कायम राख्न नेपाललाई हङकङ विरुद्धको खेल जित्नै पर्ने दबाब थियो तर नेपालले हङकङसँग गोलरहित बराबरीमा खेलेपछि नेपालको एसियन कप खेल्ने सपना अधुरै रहन पुग्यो । उज्बेकिस्तानस्थित (जेएआर एसओके) माजमुएसी स्टेडियममा भएको खेलमा दुवै टोलीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुङ्गियो ।
यस खेलसँगै समूह एफमा रहेको नेपालले छनोटमा २ खेलमा १ अङ्क जोड्यो । पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो । फिलिपिन्सको ३ अङ्क छ भने हङकङको १ अङ्क छ ।
अब फिलिपिन्स र हङकङबीच हुने समूहको अन्तिम खेलपछि समूह विजेताको टुङ्गो लाग्नेछ । यस समूहको विजेता टोली अर्को वर्ष भारतमा हुने एसियन कपमा छनोट हुनेछ ।