
१‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
२पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
३डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
४ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
५पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
६डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
७पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
८विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
९सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
९फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
काठमाडौं । अपहरण मुद्दामा कैद सजाय भोगिरहेका प्रह्लाद महतले सजायबाट माफी पाएका छन् । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ५ सय २२ जना कैदीबन्दीलाई सजाय माफी मिनाहा पाउँदा महतले पनि पाएका हुन् ।
सरकारको निर्णयपछि महत जिल्ला कारागार, रामेछापबाट थुनामुक्त भएका जेलर रामकृष्ण घिमिरेले जानकारी दिए । अपरहरण मुद्दामा कैद सजाय भोगिरहेका अमर टण्डनका मुख्य सहयोगी महत कम्तीमा १९ वटा अपहरणका घटनामा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
०६४ साल भदौदेखि क्रमशः शिव सरावगी, सुमित सेरचन, डा. आशुतोष, पवन अग्रवाल, अनित्य गुरुङ, उमेश गर्ग, दिलिप अग्रवाल, ईश्वरदत्त पाण्डे, टीकाराम अर्याल, महेश मुरारका लगायतका व्यक्तिलाई टन्डन समूहले निशाना बनाएको प्रहरी रेकर्ड छ । ती अपहरणमा मुख्य सहयागीका रुपमा महतले काम गरेका थिए ।
समूहका नाइके टण्डन पक्राउ परेपछि महत र उदय सेट्टीले अपहरणको धन्दालाई निरन्तरता दिएका थिए । उनको समूहले कम्तीमा २ करोड ३९ लाख रुपैयाँ असूली गरेको प्रमाण प्रहरीसँग छ ।
उनीहरुले काठमाडौंमा अपहरित व्यक्तिलाई राख्न बौद्ध मैजुबहाल, मण्डिखाटार र रुपन्देहीको छपियामा घरहरु भाडामा लिएको देखिएको थियो । उनीहरुले कटुवा र ‘मेड इन चाइना’ लेखिएको पेस्तोल प्रयोग गर्ने गरेका थिए ।
प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उदय सेट्टी, प्रह्लाद महत, विष्णु जिसी, टासी गुरुङ र विकास कार्की गरी ५ जनालाई २०६६ को पुस अन्तिममा पक्राउ गरेको थियो । त्यसपछि छण्डन समूह तहननहसन भएको थियो ।
हाल समूहका सदस्यहरुलाई छुट्न थालेपछि पुनः अपहरणको धन्दा मौलाउन सक्ने सुरक्षा अधिकृतहरुले चिन्ता व्यक्त गरेका छन् । सरकारले महतसँगै पक्राउ परेका विष्णु जिसीलाई पनि असल चालचलन देखाएको भन्दै कैद मिनाहा गरिदिएको छ ।