
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेले सङ्गठन विस्तारको अभियानलाई तीव्र पारेको छ । सो पार्टीले पार्टी विभाजनसँगै पार्टीको संरचना निर्माणका लागि पहिला जिल्ला कमिटी गठन गरी नगर/गाउँपालिका हुँदै वडा कमिटीसम्म पार्टी, जनवर्गीय सङ्गठन निर्माणको अभियानलाई तीव्रता दिएको हो ।
सोहीअनुरुप सोमबार काभ्रेपलाञ्चोकको मण्डनदेउपु नगरपालिका–१ बालुवापाटी देउपुरमा वडा कमिटी निर्माणसँगै जनवर्गीय सङ्गठन, महिला, किसान, दलित मुक्ति समाज, विद्यार्थी र युवासङ्घको कमिटी निर्माण गरिएको छ । सो क्रममा जोगबहादुर तामाङका अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गर्नुका साथै युवासङ्घ, अनेरास्ववियु, दलित मुक्ति समाज, अखिल नेपाल महिला सङ्घलगायत जनवर्गीय सङ्गठन निर्माण गरेको हो । पार्टी र जनवर्गीय सङ्गठनबिना पार्टीले लिएको नीति, विचार र सिद्धान्त जनतासम्म पुग्न नसक्ने भएकाले आफूहरू पहिलो चरणमा पार्टी सङ्गठन र जनवर्गीय सङ्गठनको संरचना निर्माण अभियानमा लागेको सो पार्टीका जिल्ला अध्यक्ष टोकबहादुर वाइबाले बताए ।
कम्युनिष्ट पार्टी विचार, सिद्धान्त, पद्धति र सबैको सहभागितामा निर्माण गरेको सामूहिक कार्ययोजना र कार्यदिशामा चल्ने भए पनि यसअघि एमाले नेतृत्वले एकलौटी ढङ्गले पार्टी चलाउने र एकल ढङ्गले निर्णय गर्दै उल्टो बाटो हिँडेका कारण आफूहरू बाध्य भएर कम्युनिष्ट पार्टी निर्माणको अभियानमा लागेको अध्यक्ष वाइबाले बताए ।
एकीकृत समाजवादी काभ्रेका उपाध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य बसुन्धरा हुमागार्इँले पार्टीको विधान, नीति, सिद्धान्त र विधिअनुसार चल्नुपर्नेमा एउटा व्यक्तिको अहङ्कार र निर्देशनमा चलाउन खोजेको कारण नयाँ पार्टी स्थापना गरी अघि बढ्न बाध्य भएको बताए ।
यसअघि भदौ २२ गते एमालेबाट विभाजित भएका समाजवादीका काभ्रेपलाञ्चोक जिल्लाबाट निर्वाचित जनप्रतिनिधिमध्ये ५६ जनाले नेकपा (एस)मा रहेको सनाखत गरेका छन् । काभ्रेपलाञ्चोकको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफूहरू सो पार्टीमा रहेको जानकारी गराउँदै जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गरेका थिए ।
सो पार्टीका जिल्ला अध्यक्ष वाइबाको अध्यक्षतामा भदौ १७ गते जिल्ला कमिटीको बैठक बसेर आफू नेतृत्वको १५१ सदस्यीय नेकपा (एस) जिल्ला समितिको घोषणा गरेर अहिले जिल्लाका नगर÷गाउँपालिका हुँदै वडास्तरमा पार्टी तथा जनवर्गीय सङ्गठन विस्तार अभियानमा रहेको बताउनुभयो ।
जसअनुसार अहिलेसम्ममा मण्डनदेउपुर नपा, भुम्लु, चौँरीदेउराली गाउँपालिकामा पालिकास्तरीय पार्टी कमिटी गठन गरिसकेको र मण्डनदेउपुर नपाका सबैजसो वडा र बेथानचोक गाउँपालिकाको वडा नं ५ मा वडा कमिटी गठन गरिसकेको अध्यक्ष वाइबाले बताए।
“हामीले आगामी असोजको १५ गतेभित्रमा सबै स्थानीय तहदेखि वडासम्ममा पार्टी कमिटी गठन गरी पार्टी सम्पर्क कार्यालय खोल्ने योजनामा छौँ”, उनले भने। आफू पूर्व मालेकालदेखि एमाले पार्टीको जिल्ला अध्यक्षसमेत सम्हालिसकेको व्यक्ति भएका कारण लामो राजनीतिक जीवनको इतिहास बनाएकाले सबै नागरिकको घरदैलोमा पुग्दै जनतालाई सुसङ्गठित गराउनका निमित्त प्रतिबद्ध रहेको दाबी गरे ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर