• News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तर्राष्ट्रिय समाचार

    विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ८१ हजार कोरोना संक्रमित थपिए, मृतक कति?

    काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ८१ हजार ९०३ जना कोराना संक्रमित थपिएका छन् ।

    ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा ७३ हजार ६९४, बेलायतमा ३६ हजार १००, भारतमा २४ हजार ९२५ र रुसमा १९ हजार ७४४ जना संक्रमित थपिएका हुन् । ब्राजिलमा भने ७ हजार ८८४ जना मात्रै संक्रमित फेला परेका छन् ।

    यही अवधिमा ५ हजार ४५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिका भन्दा धेरै रुसका छन् । अमेरिकामा ६११ जनाको मृत्यु हुँदा रुसमा ७७८ जनाको ज्यान गइसकेको छ ।

    यसैगरीभारतमा थप २४ हजार ९२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३५ लाख २ हजार ७४४ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख १५ हजार २६९ जना संक्रिय संक्रमित छन् ।

    यस्तै त्यहाँ एकैदिन २५१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार ४१६ पुगेको छ ।