
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
दमौली । आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित होटल व्यवसायीले छुट प्याकेज घोषणा गरेका छन् । कोभिड–१९ ले थला परेको बन्दीपुरको पर्यटन व्यवसाय उकास्नका लागि यहाँका व्यवसायीले होटलमा छुट प्याकेज घोषणा गरेका हुन् ।
चाडपर्वलाई लक्षित गरी सबै होटल तथा रेष्टुरेण्टले १० देखि १५ प्रतिशतसम्म छुट प्याकेज दिइरहेको क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले जानकारी दिनुभयो । “कोरोनाको कहरले थला परेको बन्दीपुरको पर्यटन व्यवसायलाई गतिशिल बनाउनका लागि पनि आन्तरिक पर्यटक आकर्षित गर्नुको विकल्प छैन”, उहाँले भन्नुभयो, “त्यसका लागि सबै होटल व्यवसायीले छुट प्याकेज सार्वजनिक गरेका छन् ।”
यतिबेला छिटपुट रुपमा आन्तरिक पर्यटक बन्दीपुर भ्रमणका लागि आइरहेको र छुट प्याकेजले पर्यटक आकर्षित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । अध्यक्ष प्रधानका अनुसार सङ्घमा आबद्ध ७७ होटलमा आउने पाहुनाले उक्त छुट पाउनेछन् । “सुरक्षाको मापदण्ड अपनाएर होटल रेष्टुरेण्ट खुलेका छन् । पर्यटकलाई सुरक्षित रुपमा स्वागत तथा विदाईको अभियान चलाएका छौं”, उहाँले भन्नुभयो, “छुटको प्याकेजले आन्तरिक पर्यटक आकर्षित हुनेमा हामी विश्वस्त छौ ।”
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले पर्यटकको चहलपहल नहुँदा बन्दीपुर ठप्पप्राय भएको अवस्थामा छुट प्याकेजले केही राहत दिने बताउनुभयो । “होटल व्यवसायीले कर्मचारी कटौती गरेका छन्, व्यवसाय धारासायी हुने अवस्थामा पुगेको छ,” उहाँले भन्नुभयो ।
होटल दरबार हिमालयका सञ्चालक वैश गुरुङले बन्दीपुर सुरक्षित छ भन्ने सन्देशसहित पर्यटकलाई स्वागत गर्न यहाँका व्यवसायी तयार रहेको बताउनुभयो । “स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर होटल सञ्चालनमा ल्याएका छौं, यसका साथै छुट प्याकेज समेत समावेश गरिएको छ”, उहाँले भन्नुभयो । विदेशी पर्यटकले लामो समय बन्दाबन्दी भएपछि पहिल्यै बुकिङ रद्द गरिसकेको र आफूहरुलाई आन्तरिक पर्यटककै आश रहेको गुरुङको भनाइ छ ।
बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डईन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दिपुर प्यालेस, मगर भिलेजलगायत होटल सञ्चालनमा छन् ।
बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरीलगायत हिमश्रृङ्खला सजिलै अवलोकन गर्न सकिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरु यहाँ आउने पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । रासस
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !