
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
काठमाडौँ, ३ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले ओमनलाई सात विकेटले पराजित गर्दै ऐतिहासिक जित दर्ता गराएको छ । ओमनको अल अमिरात क्रिकेट मैदानमा जितको लागि १२२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १८ दशमलव २ ओभरमा तीन विकेट गुमाएको थियो । एकदिवसीय क्रिकेटमा नेपालले ओमनलाई पहिलो पटक पराजित गरेको हो ।
नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ४६ बलमा ४ चौका र २ छक्कासहित ५२ रनको योगदान दिएका हुन् । युवा ओपनर आसिफ शेख ४४ बलमा ७ चौका सहित ४० रनमा अविजित रहे । नेपाललाई सहज जित दिलाउन आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि ९५ रनको कीर्तिमानी साझेदारी गरे । ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि १६ रनको साझेदारी गरेका थिए । कुसल ६ रनमा बाहिरिँदा रोहितकुमार पौडेल पनि ६ रनमा नै आउट भए । त्यस्तै शरद् भेषावकर विजयी रन बटुल्दै एक रनमा अविजित रहे ।
ओमनका नेस्टर धाम्बाले २ तथा कालिमउल्लाहले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमनले ३७ ओभर दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १२१ रनमा समेटिएको थियो । ओमनका लागि कप्तान जिशान मक्सुदले सर्वाधिक ४१ रन बनाए । उनले ६६ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४१ रनको योगदान दिएका हुन् । यस्तै जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुशी १२ रनमा आउट भए । सन्दीप गौडले ८ तथा आयन खानले ७ रन जोडदा सुफ्यान मेहमुद र मोहमद नदीमले ४÷४ रन जोडे । कालिमउल्लाह ११ रनमा अविजित रहदाँ बिलाल खानले ९ रन बनाए ।
ओमनलाई सस्तैमा समेट्नेक्रममा तीव्र गतिका बलर करण केसी र स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । करण र सन्दीपले ४÷४ विकेट लिए भने शरद भेषवाकरले २ विकेट लिए । सन्दीपले ८.१ ओभरमा २ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिएका हुन । त्यस्तै करणले ८ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ४ विकेट लिन सफल भए ।
शरद्ले ६ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिएका हुन् । यस जितसँगै नेपालले सिरिजको सुखद् अन्त्य गरेको छ । सिरिजमा नेपालले खेलेको ४ खेलमा २ जित र २ हार व्यहोरे । सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपाल ओमनसँग ५ विकेटले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।
ओमानलाई हराएपछि नेपाल लिग–२ को चौथो स्थानमा उक्लिएको छ । नेपालले ८ खेलमा ८ अङ्क जोडेको छ । ओमन १३ खेलमा २० अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । नामिबिया ७ खेलमा ८ अङ्कसहित पाँचौँ स्थानमा छ । युएई ७ खेलमा ७ अङ्क जोड्दै छैटौँ स्थानमा छ । पपुवा न्युगिनी ८ खेलमा नै हारका साथ अङ्क विहीन हुँदै अन्तिम स्थानमा छ ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण