
१इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
२पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
३माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
४मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
७रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१०पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
११गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकारले स्वतन्त्रताको हनन् हुनेगरी कुनै पनि ऐन तथा नियम नबनाउने बताएका छन् । नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेशको धुलिखेलमा आज शुरु भएको ‘पहिलो राष्ट्रिय सम्मेलन’ माउनले लोकतन्त्रको लडाइँ गरेर आएको गठबन्धन सरकारमा रहेका पार्टी र त्यसका नेतृत्वले स्वन्त्रताको पक्षमा काम गर्ने बताए।
विगतमा कमीकमजोरी र गल्तीहरू केही भएको भए त्यसलाई सच्च्याउन सरकार प्रतिबद्ध रहेको उनले बताए । पत्रकारिता स्वतन्त्रताको विषय भएको बताउँदै मन्त्री शर्माले सङ्घर्ष र आन्दोलन भइरहँदा पत्रकारिताले सबै पक्षको अनुगमन गर्ने विश्वास व्यक्त गरे। सरकारका राम्रो नराम्रो पक्षलाई आमजनतासम्म लाने तथा जनताको आवाजलाई सरकारसम्म पु¥याउने सम्वाहकको काम गरी पत्रकारिता जगत्ले ठूलो योगदान गरेको उल्लेख गर्दै उनले पत्रकारिता क्षेत्रलाई सहयोग गर्न सरकार सधैँ तयार रहेको बताए ।
अधिकार स्वतन्त्रताको विस्तृत रूप हुनुपर्ने र स्वतन्त्रताको जगेर्नाका लागि ऐन कानून पनि त्यहीअनुसार बनाउनुपर्नेमा जोड दिनुहुँदै मन्त्री शर्माले महासङ्घले दिएको सल्लाह सुझावका आधारमा काम गर्ने बताए ।
प्रतिगमनका विरुद्ध अग्रमोर्चामा उभिएर खबरदारी गर्ने र राजनीतिक पार्टीलाई ठीक बाटोमा लैजान पत्रकारिता जगत्ले खेलेको भूमिकाको कसैले पनि अबमूल्यङ्कन गर्न नसक्ने उल्लेख उनले कमीकमजोरी हुँदा सञ्चार जगत्ले गरेको आलोचना तथा सकारात्मक काम गर्दा पाएको प्रेरणालाई आधार बनाएर नै आफू अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारिताको विकास र व्यावसायिक रूपमा भएको योगदानको विषयमा एकीकृत गर्न नसकेको उल्लेख गर्दै त्यसको थालनी एशोसिएट प्रदेश समितिले गरेकामा खुशी व्यक्त गरे। उनले महासङ्घको बन्ने नीति तथा कार्यक्रममा विधागत पत्रकारिताको आधारमा नै अगाडि बढ्ने बताए।
महासङ्घले बनाएको तीन वर्षे कार्ययोजनामा पनि विभिन्न किसिमका आयामलाई समेट्नुका साथै छापा, टेलिभिजन, रेडियो र अनलाइन गरी चार विधालाई साङ्गठनिक र व्यावहारिक जीवनमा अवलम्बन गर्दै अगाडि बढ्न महासङ्घ प्रतिबद्ध रहेको बताए ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझाले कोभिडको कारणले अस्तव्यस्त भएको प्रेस जगतलाई सम्बोधन गर्न सरकारलाई आग्रह गरे । नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधामा काम गर्नेमध्ये कोरोना सङ्क्रमित भएर पनि कार्यक्षेत्रमा निरन्तर खटेर काम गरिरहेका ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
चलचित्र पत्रकारितातर्फ रिना मोक्तान, खेलकूद पत्रकारितातर्फ जीतबहादुर साउद, सामाजिकतर्फ गोविन्द मरासिनी, कार्टुनिष्ट विनोदचन्द मल्ल ठकुरी, फोटो पत्रकार चन्द्रबहादुर आले र आर्थिक पत्रकार मेनुका कार्की पुरस्कृत भएका हुन् । पत्रकारिता क्षेत्रमा रहेका ७० वर्षभन्दा माथिका ज्येष्ठ पत्रकार मोहनश्याम महर्जन, गेहेन्द्रमान अमात्य र श्याम चित्रकारलाई राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मान गरिएको छ । सम्मेलन शनिबार सम्पन्न हुनेछ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो