
१हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१२पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकारले स्वतन्त्रताको हनन् हुनेगरी कुनै पनि ऐन तथा नियम नबनाउने बताएका छन् । नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेशको धुलिखेलमा आज शुरु भएको ‘पहिलो राष्ट्रिय सम्मेलन’ माउनले लोकतन्त्रको लडाइँ गरेर आएको गठबन्धन सरकारमा रहेका पार्टी र त्यसका नेतृत्वले स्वन्त्रताको पक्षमा काम गर्ने बताए।
विगतमा कमीकमजोरी र गल्तीहरू केही भएको भए त्यसलाई सच्च्याउन सरकार प्रतिबद्ध रहेको उनले बताए । पत्रकारिता स्वतन्त्रताको विषय भएको बताउँदै मन्त्री शर्माले सङ्घर्ष र आन्दोलन भइरहँदा पत्रकारिताले सबै पक्षको अनुगमन गर्ने विश्वास व्यक्त गरे। सरकारका राम्रो नराम्रो पक्षलाई आमजनतासम्म लाने तथा जनताको आवाजलाई सरकारसम्म पु¥याउने सम्वाहकको काम गरी पत्रकारिता जगत्ले ठूलो योगदान गरेको उल्लेख गर्दै उनले पत्रकारिता क्षेत्रलाई सहयोग गर्न सरकार सधैँ तयार रहेको बताए ।
अधिकार स्वतन्त्रताको विस्तृत रूप हुनुपर्ने र स्वतन्त्रताको जगेर्नाका लागि ऐन कानून पनि त्यहीअनुसार बनाउनुपर्नेमा जोड दिनुहुँदै मन्त्री शर्माले महासङ्घले दिएको सल्लाह सुझावका आधारमा काम गर्ने बताए ।
प्रतिगमनका विरुद्ध अग्रमोर्चामा उभिएर खबरदारी गर्ने र राजनीतिक पार्टीलाई ठीक बाटोमा लैजान पत्रकारिता जगत्ले खेलेको भूमिकाको कसैले पनि अबमूल्यङ्कन गर्न नसक्ने उल्लेख उनले कमीकमजोरी हुँदा सञ्चार जगत्ले गरेको आलोचना तथा सकारात्मक काम गर्दा पाएको प्रेरणालाई आधार बनाएर नै आफू अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारिताको विकास र व्यावसायिक रूपमा भएको योगदानको विषयमा एकीकृत गर्न नसकेको उल्लेख गर्दै त्यसको थालनी एशोसिएट प्रदेश समितिले गरेकामा खुशी व्यक्त गरे। उनले महासङ्घको बन्ने नीति तथा कार्यक्रममा विधागत पत्रकारिताको आधारमा नै अगाडि बढ्ने बताए।
महासङ्घले बनाएको तीन वर्षे कार्ययोजनामा पनि विभिन्न किसिमका आयामलाई समेट्नुका साथै छापा, टेलिभिजन, रेडियो र अनलाइन गरी चार विधालाई साङ्गठनिक र व्यावहारिक जीवनमा अवलम्बन गर्दै अगाडि बढ्न महासङ्घ प्रतिबद्ध रहेको बताए ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझाले कोभिडको कारणले अस्तव्यस्त भएको प्रेस जगतलाई सम्बोधन गर्न सरकारलाई आग्रह गरे । नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधामा काम गर्नेमध्ये कोरोना सङ्क्रमित भएर पनि कार्यक्षेत्रमा निरन्तर खटेर काम गरिरहेका ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
चलचित्र पत्रकारितातर्फ रिना मोक्तान, खेलकूद पत्रकारितातर्फ जीतबहादुर साउद, सामाजिकतर्फ गोविन्द मरासिनी, कार्टुनिष्ट विनोदचन्द मल्ल ठकुरी, फोटो पत्रकार चन्द्रबहादुर आले र आर्थिक पत्रकार मेनुका कार्की पुरस्कृत भएका हुन् । पत्रकारिता क्षेत्रमा रहेका ७० वर्षभन्दा माथिका ज्येष्ठ पत्रकार मोहनश्याम महर्जन, गेहेन्द्रमान अमात्य र श्याम चित्रकारलाई राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मान गरिएको छ । सम्मेलन शनिबार सम्पन्न हुनेछ ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर