
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
९फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
पोखरा, १ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीको कास्की जिल्ला अध्यक्षमा नारायण गुरुङ निर्वाचित भएका छन् । पार्टीको जिल्ला अधिवेशनले गुरुङलाई अध्यक्ष निर्वाचित गर्दै २८ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
राप्रपा कास्कीको जिल्ला सदस्यहरुमा ईन्द्रकुमारी शाही, मनिष केसी, प्रताप सुबेदी, बसन्तराज अधिकारी, शोभा गुरुङ, प्रकाश सापकोटा, जागेर हुसेन मियाँ, सन्दीप धमला, लक्ष्मीकान्त पौडेल, विष्णुप्रसाद अधिकारी, डण्डीराज आचार्य, सुर्य पुन, श्रवणराज पन्त, गंगा थापा क्षेत्री, ईश्वरी चापाँगाई, ओम बहादुर कार्की, विष्णु कार्की, प्रेम मल्ल, युद्धबहादुर कोईराला, पुर्णेश्वर सुनार, नेत्रपाणी देवकोटा, मोतिमान शाक्य, कृष्णकुमारी सुबेदी, लक्ष्मी अधिकारी, गणेश बहादुर ढकाल, सिता जिसी र जगत सुबेदी रहेका छन् ।
निर्वाचित भएपश्चात अध्यक्ष गुरुङले कास्कीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको जग बलियो बनाउनमा आफ्नो ध्यान केन्द्रित हुने प्रतिक्रिया दिए । ‘विशेष परिस्थितीमा म पार्टीको नेतृत्वमा आएको छु । पार्टीको पुरानो साखजोगाउन र युवाहरुलाई पार्टीमा आकर्षित गर्नमा मेरो विशेष ध्यान हुनेछ ।’ अध्यक्ष गुरुङले भने–‘नजिकिएको चुनाव केन्द्रित रहेर जनस्तरमा पार्टीको जग बलियो बनाउन मैले मेरो टिमलाई खटाउनेछु ।’
राप्रपा कास्कीका अध्यक्ष निर्वाचित भएका गुरुङ निर्माण व्यवसायी समिति पोखराका समेत अध्यक्ष हुन् । हाल अध्यक्ष मात्रै चयन गरि कार्यसमिति विस्तार गरिएपनि चाँडै नै अध्यक्षले सदस्यहरु मध्येबाटै पदाधिकारी चयन गरि जिम्मेवारी दिने कार्ययोजना रहेको राप्रपा कास्कीले जनाएको छ ।