
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
९फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
सुशीला रेग्मी
रामपुर (पाल्पा), ३० भदौ । अहो ! तरकारी खेती गर्दागर्दै कति छिटो २६ वर्ष भइसकेछ, मलाई त हिजोआज जस्तै लाग्छ त ? एकराज गौतमलाई तरकारी खेतीमै आफ्नो समय बितेको पत्तो छैन ।
व्यावसायिक रुपमा तरकारी खेती गरेको समय गन्ती गर्दा जीवनको साढे दुई दशकको समय नाघिसक्यो । यसबाट सफलता पाउँदै गर्दा झन् व्यवसायतर्फ मोह बढिरहेको छ । रामपुर नगरपालिका–५ राङभाङका गौतमलाई अझै पनि यो व्यवसायबाट टाढा रहन मन छैन । उहाँको परिवारको दरिलो आम्दानी नै तरकारी खेती बनेको छ ।
उहाँ भन्नुहुन्छ, “तरकारी खेतीबाट राम्रै सफलता पाएँ, छोराछोरीको पढाइ खर्च, घरायसी खर्च राम्रोसँग चलेको छ, निरन्तर लागि परे फाइदा पनि राम्रै छ ।” रोजगारको सिलसिलामा दुई दशक भारतमा बिताउनुभएका गौतमले गाउँ फर्के लगत्तै तरकारी खेती सुरु गर्नुभएको हो । तरकारी खेतीबाट उहाँले दाम मात्र नभई समाजमा राम्रो पहिचान बनाउनुभएको छ ।
यसै व्यवसायबाट गौतमले घरायसी खर्च, चार छोराछोरीको पढाइ खर्च राम्रैसँग धान्नुभएको छ । उहाँ मौसमी तथा बेमौसमी जातका तरकारी लगाएर वार्षिक रु छ लाख बराबरको कमाई गर्नुहुन्छ । “जति कमाई गरेको छु, त्यसमा सन्तुष्ट छु, पाँच÷सात रोपनी जति जग्गामा तरकारी हुन्छ, अन्य जग्गामा अन्नबाली लगाएको छु, यसमै आनन्दको जीवन जिउन पाएको छु,” गौतमले हँसिलो मुद्रामा भन्नुभयो ।
गौतमले बाह्रैमास विभिन्न जातका तरकारी उत्पादन गर्नुहुन्छ । घरबाटै धमाधम बिक्री हुने हुँदा व्यवसायमा झन्झट छैन । अहिले उहाँले टनेलभित्र लगाउनुभएको गोलभेँडाको उत्पादन सुरु हँुदैछ भने काउली र बन्दा लगाउने तयारी गर्नुभएको छ । तरकारी उत्पादन हुनु अगावै माग गर्ने हुँदा व्यापारीलाई पु¥याउन नसकिएको उहाँका श्रीमती टिकीसरा गौतम बताउनुहुन्छ । “तरकारीको फल लाग्न सुरु भएपछि टिप्नुभन्दा पाँच÷सात दिनअघि नै व्यापारीले माग गर्छन्, उत्पादन गरे मात्रै भयो, तरकारी बेच्ने पिरलो छैन,” उहाँले भन्नुभयो ।
सुरुका वर्ष डोकोमा बोकेर बजारमा पु¥याउने गौतम दम्पती अहिले घरमै गाडी लिएर तरकारी खरिद गर्न व्यापारी आउँदा दङ्ग हुनुहुन्छ । श्रीमान् श्रीमतीको दिनचर्या नै तरकारी लगाउने र गोडमेल गर्दैमा बित्छ ।
यस्तै रामपुर नगरपालिका–४ देविस्थानका दिलबहादुर थापाले वैदेशिक रोजगारीको एक दशकको अनुभवपश्चात् गाउँ फर्केर तरकारी व्यवसाय सुरु गर्नुभएको छ । उहाँले तीन वर्षअघि ‘हाम्रो आधुनिक कृषि फार्म’ दर्ता गरी करिब दश रोपनी जग्गामा तरकारी व्यवसाय थालनी गर्नुभएको हो । तरकारी खेतीसँगै सयपत्री फूल खेतीमा पनि उहाँले जोड दिनुभएको छ । थापाको फार्ममा हाल बोडी, सिमीलगायत तरकारीको उत्पादन भइरहेको छ भने दशैँ तिहार पर्वलाई लक्षित गरी काउली, बन्दा र सयपत्री फूल लगाउनुभएको छ ।
“दश वर्षसम्म बहराइन बसियो, विदेशको धेरै अनुभव भयो, त्यहाँको पीडा र व्यथा जसले भोग्यो उसलाई मात्रै थाहा हुन्छ, अहिले गाउँ फर्केर तरकारी लगाउन थालेपछि परिवारको साथमा खुसीसाथ जीवन बिताएको छु,” थापाले भन्नुभयो । प्रयोगमा नआएको जग्गा भाडामा लिएर थापाले तरकारी व्यवसाय सुरु गर्नुभएको हो । अहिले त्यही पत्थरिलो जमिनमा हरियाली तरकारी फलेर लाखौँको आम्दानी होला भन्ने कसैलाई पत्यार लागेको थिएन । त्यही पत्थरिलो जमिनबाट उहाँले हाल वार्षिक रु पाँच लाख आम्दानी हुने गरेको छ ।
समय अनुसारका तरकारी लगाउन प्रविधि नजान्दा समस्या परेको उहाँको अनुभव छ । स्थानीय सरकारले अनुदानका कार्यक्रम मात्र नभई किसानलाई दीर्घकालीन समयसम्म टिक्ने प्रविधि दिएमा तरकारीबाट धेरै कमाउन सकिने थापाको अनुभव छ । अब दश रोपनी जग्गा थप गरी २० रोपनीमा तरकारी लगाएर वार्षिक रु दश लाख कमाउने योजना रहेको अर्का सञ्चालक लालबहादुर थापा बताउनुहुन्छ । रामपुर नगरपालिकामा पछिल्लो समय व्यावसायिक तरकारी खेतीमा किसान आकर्षित भएका छन् भने धेरै किसान व्यवसायउन्मुख बनेको कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउनुहुन्छ ।
पाण्डेयका अनुसार रामपुर नगरपालिकाले व्यवसाय दर्ता गरेका वा समूहमा आबद्ध किसानलाई उन्नत तथा वर्णाशङ्कर तरकारीको बीउ, तरकारी टनेल, विषादी छर्ने स्प्रेयर, मल्चिङ्ग, थोपा सिँचाइ सेट, प्लाष्टिक पोखरी सिटलगायत कृषिजन्य सामग्री अनुदानमा उपलब्ध गराउँदै आएको छ । “केही किसानले दीर्घकालीन रुपमा व्यवसाय गर्ने गरी सोही अनुसारको संरचना तयार पारी तरकारी खेतीमा लाग्नुभएको छ, व्यवसायउन्मुख हुँदै गरेका किसानले पनि क्रमश : जग्गा विस्तार गरी व्यवसायमा लाग्न थालेको पाइएको छ, कार्यालयमा तरकारी खेती गर्न इच्छुक किसान बेलाबेलामा परामर्श लिन आउने गर्नुहुन्छ,” पाण्डेयले भन्नुभयो ।
मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने ठूला व्यावसायिक किसानलाई अनुदानसमेत दिन थालिएको छ । कृषि शाखाबाट किसानलाई वातावरणमैत्री, जैविक विषादी उपलब्ध र प्राविधिक ज्ञानका लागि स्थलगत घुम्ती तालिम किसानका खेतबारीमै सञ्चालन गरिँदै आइएको छ । खेतबारी खनजोतका लागि हाते ट्र्याक्टर जस्ता साना कृषि औजार तथा उपकरण अनुदानमा उपलब्ध गराइएको छ । कृषि शाखाको सहयोगमा विभिन्न कृषि सामग्री तथा बीउ बिजन, तालिम, प्राविधिक ज्ञान सीप पाएपछि यहाँका किसान मौसमी तथा बेमौसमी तरकारी खेतीमा लागेका छन् ।