
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
९फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
काठमाडौँ, ३० भदौ । नेपाली कांग्रेस (बिपी) को पहिलो विशेष महाधिवेशन काठमाडौँमा सुरु भएको छ । विसं २०७२ भदौ २४ मा स्थापना भएको सो पार्टीकोे पहिलो विशेष महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको हो ।
महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख दमननाथ ढुङ्गानाले नेपालको प्रजातान्त्रिक आन्दोलनका नेता एवं समाजवादका प्रवर्तक जननायक विश्वेश्वरप्रसाद कोइरालाका विचारलाई जनस्तरमा पु¥याए समृद्ध समाज निर्माण गर्न सकिने बताउनुभयो ।
“बिपी कोइरालाले अगाडि सार्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादमार्फत् समृद्ध नेपालको परिकल्पनालाई साकार बनाउन नेपाली कांग्रेस बिपी लाग्ने मैले विश्वास लिएको छु,”– उहाँले भन्नुभयो । (नेकपा एमाले)का नेता एवं सांसद कृष्णभक्त पोखरेलले बिपी कोइराला ठूलो विचारक भएको बताउनुभयो ।
“बिपी कोइरालाको प्रथम जननिर्वाचित दुई तिहाइको सरकारदेखि अहिलेसम्म दुई तिहाइका सरकार विभिन्न कारणले ढल्दा देशले विकासको फड्को मार्न सकेन, यो मुलुकका लागि दुर्भाग्य हो,”–उहाँले भन्नुभयो । लोकतान्त्रिक समाजवादी पार्टीका सहमहामन्त्री डा सुरेन्द्र झाले विभिन्न राजनीतिक दलले आफ्नो महाधिवेशन समयमा गराउन नसकेको वर्तमान अवस्थामा नेपाली कांग्रेस बिपीले आफ्नो विशेष महाधिवेशन समयमा गराएर उदाहरणीय काम गरेको बताउनुभयो ।
“बिपी कोइरालाले अगाडि सार्नुभएको राष्ट्रिय मेलमिलापको नीति अहिलेसम्म पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक रहेको छ,”–उहाँले भन्नुभयो, “नेपाली कांग्रेस बिपीले पुरातनवादी सोचलाई त्यागेर नयाँ सोच र विचारका साथ अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।”
नेपाली कांग्रेस बिपीका सभापति हरिबोल भट्टराईले गौरवपूर्ण इतिहास बोेकेको मुलुकको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसले बिपी कोइरालाले देखाउनुभएको बाटो बिराएकाले आफूहरु वैकल्पिक शक्ति निर्माणमा लाग्नुपरेको बताउनुभयो ।
“राष्ट्रियताको रक्षा, प्रजातान्त्रिक हकअधिकार र आर्थिक विकासका लागि नेपाली कांग्रेस बिपीले आगामी दिन आफ्नो कार्यदिशा तय गर्नेछ,”– उहाँले भन्नुभयो ।
नेपाली कांग्रेस बिपीका उपसभापति झलकनाथ वाग्ले, महामन्त्रीद्वय सुशीलमान शेरचन र पुष्प पराजुली, कार्यालय सचिव सुशील वाग्लेलगायतले समावेशी सिद्धान्तको मर्मलाई पूर्णरुपमा आत्मासाथ गर्दै नेपाली कांग्रेस बिपी अगाडि बढ्ने बताउनुभएको थियो ।
तीन दिन चल्ने यस महाधिवेशनले सभापति एक, वरिष्ठ उपसभापति एक, महामन्त्री एक, सहमहामन्त्री एक र २१ केन्द्रीय सदस्य निर्वाचित गर्नेछ । यस महाधिवेशनमा देशभरका ५० जिल्लाका झण्डै ५०० महाधिवेशन प्रतिनिधि सहभागी हुने कार्यक्रम रहेको छ ।