News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘मौका मिलेन नत्र आज सभामुखको टाउको नै फुटाउँथेँ’

'अराजकता मच्चाउँदै प्रतिपक्ष एमाले, टेबल भाँच्नेदेखि माईक तानेर सभामुखलाई हान्ने प्रयास'

काठमाडौँ, २५ भदौं । प्रतिपक्ष दल नेकपा एमालेले आज प्रतिनिधि सभामा टेबल भाँच्नेदेखि लिएर माईक तानेर सभामुखलाई हान्ने प्रयास समेत गरेका थिए । प्रतिपक्ष एमालेका सांसद र मर्यादापालक बिचको घम्साघम्सीमा सरकार पक्षका सांसदहरु बस्ने टेबल नै भाँच्चिएको थियो भने एक महिला सांसदले माईकल तानेर सभामुखलाई हान्न खोज्दै थिईन् ।

सडकका रेलिङ्ग भत्काउने, तोडफोड गर्ने, सडकमा टायर बालेर अराजकता मच्चाउने काममा बदनाम एमालेका सांसदहरुले आज प्रतिनिधिसभा नै अराजकताको पराकाष्ठा देखाएका थिए । जसमा नेकपा एमालेकी सांसद रेखा झाले आज सभामुखको टाउको फुटाउने योजना भएको सञ्चारमाध्यममा खुलेआम बताएकी थिईन् ।

एमाले सांसद झाले प्रतिनिधि सभाको आजको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनेक्रममा यस्तो कुराको खुलासा गरेकी हुन् । ‘आज टाउको नै फुटाउँथेँ सभामुखलाई हान्न माइक तानेको । संसद्को मर्यादा छ नि । विरोध भइरहेको छ । हामी नारा लगाइरहेका छौँ बैठक चलाउने ?’ आक्रोशित हुँदै सांसद झाले भनिन्, ‘नियम उल्लंघन गर्नेलाई के गर्ने ? अहिले हानेको छैन मौका मिल्यो भने हान्छौँ ।’

सांसद झाले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक झिकेर सभामुख बसेको रोस्ट्रमतर्फ हान्न खोजेकी थिइन् । उनले एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुखको भूमिकामाथि प्रश्न गरिन् ।

प्रतिक्रिया