
१पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई दिइँदै आएको सहुलियत दुई वर्ष थप
२अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
३श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
४भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
६पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
७पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
८पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
९आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
१०स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
११कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१२मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
१०गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
११‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
बलेवा, २० भदौ । करोडौँ खर्चिँदासमेत पहिराले क्षति पु¥याएको सडक मर्मत हुने सम्भावना नरहेको जनाउँदै बागलुङको दक्षिण जोड्ने सडकको वैकल्पिक मार्ग खोजी हुन थालेको छ । बागलुङ–कुश्मीशेरा सडकअन्तर्गत बागलुङ नगरपालिका–१० एक्लेसालमा पहिरो तर्काउने गरी नयाँ मार्ग खोजी गरिएको हो ।
काठेखोलामा रहेको पक्की पुलदेखि दक्षिणतर्फबाट पहिरो तर्काउने गरी वैकल्पिक मार्ग निर्माणका लागि बिहीबार सरोकारवालाले अध्ययन गरेका छन् । अक्षतेबाट गलुवा निकाल्ने गरी वैकल्पिक सडक बनाउनुपर्नेमा सरोकारवालाको जोड थियो । प्रतिनिधिसभा सदस्य, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, प्रशासन कार्यालय र सरोकारवाला कार्यालयका प्रतिनिधिसहितको समूहले पहिरो निरीक्षण गर्दै वैकल्पिक मार्गको बारेमा स्थलगत अध्ययन गरेका हुन् ।
यहाँ एउटै पहिराले तीनवटा सडकको चार ठाउँमा क्षति पु¥याएको छ । असार १ गतेबाट निरन्तर बगिरहेको पहिराले ठूलो गल्छी बनाएकाले सडक मर्मत गर्न कठिन रहेको पूर्वाधार कार्यालयका प्रमुख इञ्जीनियर शोभियत खड्काले बताउनुभयो । “यहाँको माटो र ढुङ्गाको प्रकृति बग्ने खालको छ, पानीको व्यवस्थापन नभएकै कारण ठूलो क्षति व्यहोर्नुप¥यो”, खड्काले भन्नुभयो, “यहाँ करोडौँ खर्चे पनि हिउँदका लागि मात्रै हुन्छ सडक, अर्को वर्षा उस्तै हो ।” पहिरो नियन्त्रणका लागि उपाय नरहेकाले पनि पहिलेकै अवस्थामा सडक सञ्चालन गर्ने अवस्था नरहेको बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।
“बेस घटाएर तत्कालका लागि खुलाउन सकिन्छ तर दिगो हुने देखिएन, माथिसम्म जमिन चर्किएको छ, अझै पहिरो गहिरो हुने सम्भावना छ”, उहाँले भन्नुभयो । अवलोकनाका लागि पुगेका प्राविधिकले पहिराको भौगर्भिक अध्ययन हुनुपर्ने सुझाव दिनुभयो । “हामीले मात्रै भनेर हुँदैन, यहाँको भूगोलको अवस्था राम्रोसँग जानकारी लिएर मात्रै विकल्पको विषयमा खोज्नुपर्छ”, इञ्जीनियर शर्माले भन्नुभयो, “दिगो हुनेगरी काम गर्न सडकको ट्रयाक परिवर्तन गर्नुपर्ने देखियो ।”
जिल्ला प्रशासन कार्यालयले भूगर्भ विभागलाई पत्राचार गरेर अध्ययनका लागि अनुरोध गर्ने जनाएको छ । “हामी पत्र लेख्छौँ, यहाँको भूगोलको अवस्थाका विषयमा अध्ययन गर्न भन्छौँ”, प्रजिअ शिवकुमार कार्कीले भन्नुभयो, “सडक बनेको लामो समय भयो, अहिले पहिरो किन गहिरिएर गयो भन्ने विषयमा अध्ययन हुन जरुरी छ ।” पहिरो खसेको क्षेत्रमा आउने भल बाढी तर्काउने विषयमा समेत अध्ययन भइरहेको उहाँले बताउनुभयो ।
पहिराले कालीगण्डकी करिडोरको बागलुङ–बलेवा खण्ड र त्यसको वैकल्पिक मार्गमा क्षति पु¥याएको छ । एक्लेसाल हुँदै भकुण्डे जाने सडक कामै नलाग्ने गरी भत्किएको छ भने बागलुङ–कुश्मीशेरा सडकमा दुई ठाउँमा गहिरो गल्छी बनाएको छ । पहिराका कारण गत असार १ गतेयता दक्षिण क्षेत्र बेलाबेलामा सडक सम्पर्कविहीन हुने गरेको छ ।
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ