
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
काठमाडौँ, १९ भदौ । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । यस साता विशेषगरी नेप्सेको ओरालो यात्रा कायम रहन पुग्यो । झण्डै तीन हजार ३०० विन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ९०० विन्दुमा ओर्लिएको छ ।
साताभर कूल २३० कम्पनीको कूल आठ करोड ३२ लाख ९० हजार ८६४ कित्ता शेयर रु ४७ अर्ब ६७ करोड ८७ लाख ११ हजार ८९ मूल्यमा खरिदबिक्री भए । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा सीमा लगाएपछि बजारमा त्यसले प्रभाव पारेको अनुमान गरिएको छ ।
यस साता कूल चार दिन शेयर कारोबार भयो । सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन । साताको पहिलो दिन निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त र जलविद्युत् उपसमूहको शेयर मूल्य उच्च अङ्कले ओरालो लागेपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लाग्यो ।
साताको पहिलो कारोबार दिनमा बजार उकालो लाग्ने अनुमानका बीच नेप्से ओरालो यात्रा तय गरेको थियो । त्यस दिन नेप्से ४९.१८ विन्दुले ओरालो लागेर तीन हजार ४४.८६ विन्दुमा सीमित भयो । ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ८.५७ विन्दुले घटेर ५६२.८८ मा ओर्लियो । कूल २२७ कम्पनीको दुई करोड ४८ लाख ८८ हजार ३१३ कित्ता शेयर रु १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५ मूल्यमा खरिदबिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये वित्त उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भयो । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ४२ खर्ब ५४ अर्ब ३२ करोड १९ लाख दुई हजार ८४६ बराबर कायम भयो । कारोबारका आधारमा त्यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही रु एक अर्ब ३१ करोड ८३ लाख ४४ हजार ७७८ बराबरको कारोबार भयो । त्यस दिन नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।
साताको तेस्रो दिन मङ्गलबार शेयर बजारमा उच्च अङ्कको पहिरो लाग्यो र नेप्से र कारोबार रकम दुवै घटे । जीवन बीमा तथा निर्जीवन बीमा समूहको शेयरमा उच्च अङ्कले गिरावट आएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ । लगातार करेक्सन देखिन थालेको शेयर बजारमा देखिएको गिरावट पछिल्ला दिनहरु मध्येको सबैभन्दा ठूलो हो । झन्डै तीन हजार ३०० विन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ९०० को विन्दुमा ओर्लियो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ६९.०५ विन्दुले घटेर दुई हजार ९७५.८४ मा ओर्लियो ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.३४ विन्दुले घटेर ५५०.५२ मा ओर्लियो । कूल २२७ कम्पनीको दुई करोड ३१ लाख नौ हजार ७१३ कित्ता शेयर रु १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ मूल्यमा खरिदबिक्री भए । कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरणसमेत रु ४१ खर्ब ५७ अर्ब ८४ करोड ४१ लाख ८० हजारको हाराहारीमा ओर्लियो । कारोबार भएकामध्ये अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही रु एक अर्ब एक करोड पाँच लाख ७३ हजार ३८३ बराबरको देखियो ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अङ्कले सुधार भयो । त्यस दिन नेप्से १.१८ बिन्दुले सुधार भई दुई हजार ९७७.०२ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१७ विन्दुले बढेर ५५०.६९ मा पुग्यो । कूल २२६ कम्पनीको एक करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर रु नौ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ मूल्यमा कारोबार भयो । नेप्सेमा सोमबार र मङ्गलबार मात्रै झन्डै १२० अङ्कको गिरावट भएको थियो ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लाग्यो । बैंकिङ ७.८९, होटेल तथा पर्यटन १३०.४३, जीवन बीमा ७४.५९ र लगानी ०.०१ विन्दुले उकालो लाग्यो । कारोबारका आधारमा त्यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही रु ५९ करोड ९९ लाख ३६ हजार बराबरको कारोबार भयो । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ५९ अर्ब ४९ करोड १४ लाख पाँच हजार ४६४ बराबर पुग्यो ।
बिहीबार नेप्सेमा पुनः उच्च अङ्कको गिरावट देखियो । त्यस दिन नेप्से ५०.१३ विन्दुले घटेर दुई हजार ९२६.८९ मा ओर्लियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९० विन्दुले ओरालो लागेर ५४१.७७ विन्दुमा ओर्लेको छ । नेप्से ओरोलो लागेसँगै कारोबार रकमसमेत ओरालो लाग्यो । कूल २३० कम्पनीको एक करोड ८१ लाख नौ हजार ९६७ कित्ता शेयर रु नौ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहकै शेयर ओरालो लाग्यो । त्यस दिन कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ५७ करोड ४० लाख १२ हजार २९१ बराबरको कारोबार भयो । शेयर कारोबार हुने साताको अन्तिम दिनको अवस्थामा बजार पूँजीकरण रु ४० खर्ब ८९ अर्ब ५८ करोड ९४ लाख ६५ हजार ३९ बराबर पुग्यो ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर