
१भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
३काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
४कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
५स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
६नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
७रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
८सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
९रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
१०सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
११मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
पोखरा, १६ भदौं । पोखरा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको अगुवाइमा पोखरामा रहेका ३ वटा तेल तथा दल्हन डिपोमा अनुगमन भएका छन् । पोखरा–५ मा रहेको नारायणी मोडर्न पल्सेज इण्डष्ट्रिजको पोखरा शाखा, प्रस्याङकै शिवशक्ति घ्यू उद्योग प्रालि शाखा पोखरा र के. एल. दुगड गु्रप शाखा पोखरामा अनुगमन गरेको थियो ।
अनुगमन समितिले कुन्दन र निलकमल ब्राण्डको तेलको डिस्ट्रिब्युटर्स नारायणी आयल रिफाइनरी प्रालि पोखरा शाखाले मूल्यसूची नराखी कारोबार गरेको भेटिए पछि उपभोक्ता हित संरक्षण ऐन बमोजिम ५० हजार रुपैया जरिवाना गरेको छ ।
यस्तै शिवशक्ति घ्यू उद्योग प्रालिले पनि शाखा अनुमती नलिई कारोबार गरेकोले ऐनको दफा ३८ (ट) को कसुरमा दफा ३९ (घ) बमोजिम ५० हजार जरिवाना तिराएको छ । यस्तै के.एल. दुगड गु्रप पोखरा शाखालाई स्थानीय सरकारबाट व्यवसाय सञ्चालन अनुमति लिएको तर मापदण्ड पूरा नगरेको भन्दै एक हप्ता भित्र निर्देशनालयमा हाजिर हुन पत्र थमाएको छ ।
अनुगमन टोलीले तेलको खुद्रा मूल्यमा बढी नाफा राखेर अधिकतम मूल्य प्रिन्ट गरेको फेला पारेको छ । प्रति १ लिटर पाउँचको तेलमा ३० देखि ४० रुपैयासम्म नाफा राखेर मूल्य प्रिन्ट गरेको फेला परेको अनुगमनका सदस्य तथा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश पोखराका सूचना अधिकारी भरतमणि बरालले बताए ।
अनुगमन गरिएका सबै डिपोहरुले शाखा कार्यालय उल्लेख गरे पनि कानून बमोजिम शाखा सञ्चालन गर्ने अनुमति कसैले पनि लिएको पाईएन । नियमन जुन निकायले उद्योग, व्यापार दर्ता गरेको हुन्छ त्यही निकायबाट शाखा सञ्चालन अनुमति लिएर मात्र व्यापार गर्न पाइन्छ । बारा, पर्सा, विराटनगरमा उद्योग दर्ता गरेका अधिकांश उद्योगहरुले शाखा स्वीकृति लिएका छैनन् । अब शाखा अनुमति लिएर मात्र व्यवसाय सञ्चालन गर्ने सरकारी अनुगमन अधिकारी समक्ष व्यापारीहरुले प्रतिवद्धता जनाएका छन् ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक नारायण आचार्यको नेतृत्वमा भएको संयुक्त बजार अनुगमनमा खाद्य निरीक्षक शिवजी बराल, उपभोक्ता मध्ये गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइराला, गुणस्तर तथा नापतौल कार्यालय पोखराका रघुनाथ पौडेल, प्रहरी नायव निरीक्षक राजेन्द्र पौडेल, निर्देशनालयका सूचना अधिकारी भरतमणी बराल, प्रदिप कुमार रेग्मी र महराज ढकाल संलग्न रहेका थिए ।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन