
१पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, विचौलिया पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
४समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
५संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
६‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
७लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
८बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
९आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
१०अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
११राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
१२राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
७पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
८‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
९अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
१०सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
१२पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
नवीन लामिछाने
मनाङ, १५ भदौ । बाढीपहिराले मनाङ भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ । यसका कारण बालबालिका शिक्षाको अधिकारबाट पनि वञ्चित भएका छन् । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङका २८ विद्यालयमध्ये चार विद्यालयमा क्षति पुगेको छ ।
जिल्लाका चार माविमा मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँस्थित अन्नपूर्ण मावि मात्रै बाढीबाट जोगिएको शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख नारायणप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार तीन माध्यमिक र एक आधारभूत विद्यालयमा धेरै क्षति पुगेको छ । यी विद्यालयहरुमा पठनपाठन गराउन सक्ने अवस्था नरहेको उहाँ बताउनुहुन्छ ।
जिल्लाका नमूना विद्यालयका रुपमा रहेको लोकप्रिय मावि र प्रकाश ज्योति माविको आधा भाग बाढीले बगाएको छ भने पठनपाठन गर्न सकिने अवस्था नरहेको रेग्मीले बताउनुभयो । नासों गाउँपालिका–१ ताल गाउँस्थित भानु माविमा हालसम्म पनि मस्र्याङ्दी नदी बगिरहेको छ । ताल गाउँको बस्तीसँगै विद्यालय पनि पूर्ण रुपमा जोखिममा छ ।
चारवटा मात्रै मावि रहेको मनाङका विद्यालयमा खोला पसेपछि विद्यार्थीको भविष्य अनिश्चित बनेको शिक्षाप्रमुख रेग्मीले बताउनुभयो । “कोरोनासँगै बाढीपहिराको जोखिममा रहेका बालबालिकाको पढाइ सुनिश्चित गर्न सम्बन्धित निकायसँग बारम्बार समन्वय गरिरहका छौँ, बस्ती नै जोखिम रहेको र स्थानान्तरण गर्नुपर्ने भएकाले विद्यालयको भौतिक संरचना कहाँ बनाउने यो विषयमा छलफलकै प्रक्रियामा रहेको छ,” रेग्मीले भन्नुभयो ।
विद्यालयमा अझै पनि नदी बगिरहेको छ, अब बस्ती जता स्थानान्तरण हुन्छ त्यतै बालबालिकाको पठनपाठन गर्ने स्थान पनि निश्चित हुने अपेक्षा गरिएको भानु माविका प्रधानाध्यापक श्यामकृष्ण पन्तले जानकारी दिनुभयो । “विद्यालयको भवन हुँदा पठनपाठन रोकियो, कोरोना भाइरसको सङ्क्रमणको जोखिम कम भएर पढाइ हुने बेला विद्यालय भवन नै बाढीले बगायो, अहिले विद्यालयको भवनमा खोला बगिरहेको छ, बालबालिकाको भविष्य र पठनपाठन के होला भन्न सक्ने अवस्था नै छैन,” पन्तले भन्नुभयो ।
त्यस्तै नासों गाउँपालिका–६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाशज्योति माविलाई एकतर्फ मस्याङ्दी नदी र अर्कोतर्फ दूध खोलाले क्षति पु¥याएको छ । १२ कक्षासम्म पढाइ हुने यस विद्यालयमा पठनपाठनका लागि मस्र्याङ्दी नदीमाथिको झोलुङ्गे पुलमार्फत जानुपर्ने भए पनि बाढीले पुल बगाएपछि विद्यालयसम्म पुग्नसमेत सकस भएको विद्यालयका प्रधानाध्यापक पदमराज पन्थीले बताउनुभयो ।
“छात्रावासमा बालबालिका राख्न सक्ने अवस्था नै छैन, पहिराको जोखिममा कति बेला परिन्छ विद्यालय ढुक्क हुनसक्ने समय छैन, यस्तो अवस्थामा बालबालिकाको भविष्य निर्धारणका लागि सम्बन्धित निकायले समयमै सचेत हुनुपर्छ,” प्रधानाध्यापक पन्थीले भन्नुभयो, “शिक्षक र विद्यार्थी बस्ने स्थान नै सुरक्षित छैन, कहाँ राखेर पठनपाठन गराउने भन्ने हामी पनि चिन्तित छौँ, विद्यार्थी र शिक्षक नै विद्यालयसम्म पुग्न सक्ने बाटो छैन, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घसँग समन्वय गरी समाधान गर्ने प्रयत्नमा छौँ ।”
सदरमुकामस्थित चामे गाउँपालिका–४ स्थित नमूना विद्यालय लोकप्रिय माविको मस्र्याङ्दी नदीमा आएको बाढीले पूर्ण रुपमा क्षति पुगेको छ । छात्रावास सहितको विद्यालयको एक चौथाइ भाग मात्रै बाँकी रहेको छ । कम भाग मात्रै बाँकी रहेको विद्यालयमा राखेर विद्यार्थीको पठनपाठन अगाडि बढाउन सक्ने अवस्था छैन ।
“बाढीको कटानले विद्यालय भवनको एक चौथाइ बाँकी छ, शैक्षिकसत्रको अन्तिम अन्तिमतिर आइसकेका छौँ, कोरोना कहरले शिक्षा क्षेत्रमा धेरै नोक्सान पु¥याएकामा अहिले बाढीपहिराले पनि जोखिम थपिदियो, विद्यार्थीहरुलाई कोरोनाको खोप दिएर पठनपाठन थाल्न सरकारबाट नै आदेश भएमा कहाँ राखेर कक्षा सञ्चालन गर्ने भन्ने चिन्ताको विषय बनेको छ,” लोकप्रिय माविका प्रधानाध्यापक कृष्णदास कोइरालाले भन्नुभयो ।
कोरोनाले थलिएको मनाङको शैक्षिक क्षेत्रमा बाढीले झन् थिलथिलो बनाएको उहाँले बताउनुभयो । बाढीपहिराका साथै कोरोना कहर न्यूनीकरण हुँदै जाँदा बालबालिकाको भविष्य निर्माणका लागि पठनपाठन सञ्चालन गर्नुपर्ने हुन्छ तर विद्यालयका भवन नै बाढीपहिराले बगाएपछि मनाङका धेरै विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनेछन् ।
वैकल्पिक अध्ययन केन्द्रको खोजी
मनाङको शैक्षिकसत्र सकिने बेलामा सरकारले पठनपाठन गराउन आदेश दिने सम्भावना बढेको छ । यस्तो अवस्थामा मनाङका बालबालिकाले भने पठनपाठनका लागि नै वैकल्पिक शिक्षालयको खोजी गर्न बाध्य भएका छन् ।
यहाँका विद्यालयको भौतिक संरचना बाढीपहिराले बगाएपछि विद्यार्थीहरुले छिमेकी जिल्लाका साथै राजधानी काठमाडौँ र प्रदेश राजधानी पोखरा छनौट गर्नुपर्ने भएको छ । मध्यम वर्गका विद्यार्थीहरुलाई जिल्लाबाहिर पठनपाठनका लागि केही सहज हुने भए पनि विपन्न वर्गका विद्यार्थीलाई सकस भएको स्थानीय अभिभावकहरु बताउँछन् ।
“बालबालिकालाई बाहिरी जिल्लामा राखेर पढाउन धेरै समस्या झेल्नुपर्छ । विद्यालय खोज्नुपर्ने अवस्था हुन्छ । महङ्गा विद्यालयमा भर्ना लिने सम्भावना पनि कम छ । छात्रावासमा राखेर पढाउन सकिँदैन । भाडामा राखेर पढाउँदा बालबालिकालाई खाना, खाजा खुवाउने भन्ने चिन्ता बढेको छ । खोई कसरी बालबालिकाको भविष्य बनाउने भन्ने चिन्ताले सताउँछ । बाढीपहिराले धेरै समस्या थपिएको छ मनाङवासीलाई,” अभिभावक जालमाया गुरुङ भन्नुहुन्छ ।
भेँडाच्याङ्ग्रा पाल्दै घरमै बनेको खाना खुवाएर छोराछोरीको पठनपाठन अगाडि बढाउन सजिलो भएको थियो । अब कता पढाउने ? कहाँ राख्ने भन्ने मनमा खेलिरहने गरेको उहाँले बनाउनुभयो । वैकल्पिक अध्ययन केन्द्रका लागि सरकरसँगै सम्बन्धित निकायले समयमा नै योजना निर्धारण गर्न सके मनाङवासीलाई सहज हुने थियो ।
स्थानीय सरकारको लगानी खोलामा
मनाङका स्थानीय तहले शैक्षिक क्षेत्रको विकासका लागि चार वर्षदेखि गरेको लगानी खोलामा बगेको छ । देशमा सङ्घीयता आएपछि मनाङको स्थानीय सरकारले शैक्षिक गुणस्तर सुधार र वृद्धिका लागि गरेको लगानी एकै दिनको बाढीले सकिएको छ ।
मनाङको शैक्षिक गुणस्तर खस्किँदै गएको अवस्थामा सङ्घीयता आएपछि स्थानीय सरकारले प्राथमिकताका साथ शैक्षिक सुधारका लागि योजनाबद्ध रुपमा विकासका योजना ल्याएका थिए । केही प्रगति पनि भएको थियो । पछिल्लो प्रकोपले गर्दा भौतिक संरचनामा क्षति पु¥याएको र स्थानीय तहको लगानी खेर गएकोे छ ।
विद्यार्थी सङ्ख्या कम हुँदा विद्यालयहरुलाई एकापसमा गाभेर शैक्षिकस्तर वृद्धि गरिएको थियो । स्थानीय तहले शैक्षिक क्षेत्रमा ठूलो लगानी गरेकामा अहिले बाढीपहिराले सबै नाश गरेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो ।
“प्राथमिकतामा राखेर विद्यालयहरुलाई गाभेर गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले गरिएको लगानी पानीमा बग्यो । अब विद्यालय निर्माण गर्नका लागि मात्रै पनि चार वर्षदेखि गरिएको लगानीभन्दा बढी लाग्छ । स्थानीय तहलाई शैक्षिक क्षेत्रको भौतिक संरचना निर्माणमा लगानी जुटाउनै मुस्किल भयो,” अध्यक्ष घलेले भन्नुभयो ।
स्थानीय सरकारले वर्षैपिच्छे विद्यालयको आवासीय विद्यालय निर्माण गरी मनाङका विद्यार्थीलाई सहज शिक्षा प्राप्त गर्ने वातावरण निर्धारण गरेको थियो तर गत असार १ गते आएको बाढीपहिराले अहिले केही पूर्ण क्षति भएर पठनपाठन गराउन सकिने अवस्थामा छैनन् भने केही विद्यालयमा भौतिक संरचनाको अभाव छ ।
त्यस्तै जिल्लाकै सबैभन्दा बढी क्षति भएको नासों गाउँपालिकाभित्रका तीनवटा विद्यालय पूर्ण क्षति भएका छन् । ती विद्यालय मर्मत र पुनःनिर्माणका लागि बजेट व्यवस्थापन गर्न सक्ने अवस्था गाउँपालिकाको मात्र छैन । शैक्षिक गुणस्तरीयता कायम भएका विद्यालय मस्र्याङ्दीमा आएको बाढीले क्षति पुर्याएपछि विद्यालय सञ्चालन गर्नै मुस्किल भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभयो । उहाँका अनुसार टाढा–टाढाबाट आउने विद्यार्थीलाई सहज बनाउने उद्देश्यले आवासीय विद्यालय बनाइएको थियो ।
६ सय ८१ विद्यार्थी, शिक्षक एक सय ५२
विकट हिमाली जिल्ला मनाङमा जनसङ्ख्याकै आधारमा विद्यार्थी रहेका छन् । जिल्लाका २८ विद्यालयमा अध्ययनरत ६ सय ८१ विद्यार्थी छन् । मनाङमा छात्रको तुलनामा छात्राको सङ्ख्या बढी रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख नारायणप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार २८ विद्यालयमध्ये चार माध्यमिक तह सञ्चालित छन् भने २४ आधारभूत विद्यालय रहेका छन् । मनाङका दुईवटा विद्यालयमा छात्रवाससहित आवासीय व्यवस्था गरिएको छ । जिल्लामा शिक्षकको सङ्ख्या भने एक सय ५२ रहेको छ ।
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ