
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
पोखरा, १३ भदौ । उच्च अदालत बार एशोसिएशन पोखरा र जिल्ला अदालत बार एशोसिएशन कास्कीको संयुक्त बैठकले जिल्ला अदालतको भवन निर्माणार्थ जग्गाको खोजी गरी प्राप्त गर्न समिति गठन गरेको छ ।
हालै पोखरामा सम्पन्न बैठकले वरिष्ठ अधिवक्ता कृष्ण थापाको संयोजकत्वमा गठित समितिका सदस्यमा वरिष्ठ अधिवक्ता हरि सुवेदी, नेपाल बार एशोसिएशनका उपाध्यक्ष सुरेन्द्र थापा मगर, सदस्य कल्पना भण्डारी, उच्च अदालत बार एशोसिएशनका अध्यक्ष नारायण पौडेल, जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष मुक्ति सापकोटा, डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए)का अध्यक्ष विष्णुप्रसाद मरासिनी, प्रोग्रेसिभ लयर्स एशोसिएशन (पिएलए) कास्कीका अध्यक्ष सुकदेव गौतम, वेदहरि भण्डारी, कमल अर्याल रहनुभएको छ ।
बैठकमा जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले जिल्ला अदालतको नयाँ भवन निर्माणका लागि रु दुई करोड बजेट स्वीकृत भएको जानकारी दिनुभयो । करिब ६० वर्ष अगाडि बनेको हालको भवन जीर्ण अवस्थामा रहेको र सेवाग्राहीको चाप बढ्दै गएका कारण इजलास बढाउनुपर्ने तर ठाउँको अपुग भएकाले कार्यसम्पादनमा कठिनाइ भएको उहाँले बताउनुभयो ।
बैठकका सहभागीले अब बन्ने अदालतको भवन करिब ५० वर्षपछिको आवश्यकतालाई मध्यनजर गरी संरचनाको प्रस्ताव गरिनुपर्नेमा जोड दिनुभयो । हाल अदालत रहेको पोखरा महानगरपालिका–६ बैदामको जग्गा करिब १५ रोपनी क्षेत्रफल भए पनि चारैतिर बाटो र कुलोको मापदण्ड कटाउँदा संरचना बनाउने जग्गा अपुग हुने हुँदा अवश्यक जग्गाको खोजी गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको थियो ।
पोखरामा रहेका सरकारी जग्गाको खोजी गरी अवश्यक जग्गा प्राप्त गर्न समिति क्रियाशील बन्ने उच्च अदालत बार एशोसिएशनका अध्यक्ष पौडेलले बताउनुभयो । कास्की जिल्ला अदालतमा हाल सात इजलासबाट सेवा प्रवाह भइरहेको छ । रासस
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर