News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘वाम लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै अगाडि बढ्ने’ : अध्यक्ष नेपाल 

तस्विर साभार

काठमाडौँ, १२ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नोे पार्टी वाम लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभएको छ ।

आज ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपाललले देशव्यापी रुपमा सङ्गठन विस्तार गरेर पार्टीलाई थप बलियो बनाउने बताउँदै लोकतान्त्रिक शक्तिसँगको सहकार्यलाई पनि निरन्तरता दिने बताउनुभयो । अध्यक्ष नेपालले पार्टीको लडाइ विचार र सिद्धान्तको भन्दै आफूलाई छाडेर एमालेमै बसेका दोस्रो तहका नेतालाई पनि आउनसमेत पुनः आग्रह गर्नुभयो । उहाँले तत्काल अरु कुनै पार्टीसँग एकता नहुने र आफू एक कार्यकालपछि अध्यक्ष पदमा नबस्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया