
१रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
४रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
५रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१०पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
११घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
१२जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
४गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
५भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
६गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
७साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
८पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
९२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई दिइँदै आएको सहुलियत दुई वर्ष थप
१२पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
काठमाडौँ, १२ भदौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बाँकी बक्यौता बुझाउन एयरलाइन्सलाई ताकेता गरेको छ ।
क्यानले आज जरुरी सूचना निकालेर सञ्चालनमा नरहेका नौ एयरलाइन्सलाई बक्यौता रकम बुझाउन आग्रह गरेको हो । क्यानअन्तर्गत रहेका विभिन्न नागरिक उड्डयन कार्यालय वायुसेवा कम्पनीले बुझाउनुपर्ने रकम पटकपटक सूचना गर्दा पनि नबुझाएको भन्दै पुनः यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्रमा उक्त रकम बुझाई आफ्नो हरहिसाब फरफारक गर्न अनुरोध गरेको छ ।
तोकिएको मितिभित्र रकम नबुझाएमा सम्बन्धित कम्पनी र सञ्चालकलाई कालोसूचीमा राख्ने तथा प्रचलित ऐनअनुसार सञ्चालक, एकाघरका परिवारका एवं जमानी बस्नेको जायजेथाबाट सरकारी बाँकी बक्यौता असुल उपर गरिने सूचनामा उल्लेख गरिएको छ । प्राधिकरणका अनुसार बक्यौता रकम तिर्न बाँकी रहेकामा नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काइलाइन एयरवेज र एयर काष्ठमण्डप रहेका छन् ।
साथै सञ्चालनमा रहेका वायुसेवा कम्पनी एवं सञ्चालनमा रहेका र नरहेका पार्टीलेसमेत सार्वजनिक सूचना प्रकाशित गर्नु नपर्ने गरी नियमानुसार बुझाउनुपर्ने रकम निर्धारित अवधिभित्र बुझाउनसमेत क्यानले आग्रह गरेको छ । प्राधिकरणको विवरणमा नेकोन एयरका सञ्चालकमा दीपमणि राजभण्डारी, दीपक राज कोइराला, अनुप शमशेर जबरा, मुकुन्दभक्त श्रेष्ठ, रवीन्द्र श्रेष्ठ, मृगेन्द्र जोशी रहनुभएको छ । सो एयरलाइन्सले प्राधिकरणलाई चार करोड ७२ लाख २५ हजार ३४३ रुपैयाँ तिर्न बाँकी रहेको छ ।
त्यस्तै मणिन्द्रलाल रञ्जितकार सञ्चालक रहेको शिवानी एयरका ले रु ५५ लाख ५१ हजार ५३ तिर्न बाँकी रहेको छ भने अल्पाइन एयरका सञ्चालक प्रदीपमान सिंह, सुरेन्द्रबहादुर मल्ल र महेश्वरभक्त श्रेष्ठले रु ७२ हजार ७२८ बक्यौता तिर्न बाँकी रहेको छ । गोरखा एयरका सञ्चालन प्रज्वल श्रेष्ठ र डा उज्वल श्रेष्ठले रु २० लाख ३५ हजार २९ तिर्नु रहेको छ भने कर्णाली एयरले रु १७ लाख ४६ हजार ३०० बक्यौता तिर्न बाँकी रहेको छ । सो एयरका सञ्चालकमा नारायणसिंह पुन र सविना राई पुन रहेका छन् । यसैगरी प्रज्ञान शमशेर जबरा, सिद्धिदा राणा र शिवेन्द्रबहादुर बस्नेत सञ्चालक रहेको माउन्टेन एयरले रु १२ लाख ७३ हजार ६९४ बक्यौता तिर्नुपर्ने देखिएको छ भने कस्मिक एयरका रवीन्द्रप्रसाद प्रधानले रु तीन करोड ४७ लाख ५८ हजार ७० तिर्नुपर्ने देखिएको छ ।
स्काइलाइन एयरवेजले पनि रु १५ लाख ५० हजार ४०० बक्यौता दिनुपर्ने देखिएको छ । सो एयरवेजको सञ्चालकमा आङ छिरिङ शेर्पा, पेम्बा छिरिङ शेर्पा, मिङमा दोर्जे शेर्पा, तेञ्जिङ नोर्बु शेर्पा र यादव खरेल रहेका छन् । यस्तै काष्ठमण्डप एयरको सञ्चालकमा प्रज्वल श्रेष्ठ, उज्वल श्रेष्ठ, हमाद अली जावोर (कतार) रहेका छन् भने उनीहरुले रु सात लाख ३८ हजार ४४७ बक्यौता तिर्न बाँकी रहेको छ ।
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
४गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
५भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित