
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
८फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
काठमाडौँ, ६ भदौ । संस्कृत भाषा मात्र नभई जीवन पद्धति पनि भएकाले यसको ज्ञान सबैमा हुनुपर्नेमा जोड दिइएको छ । चौथो विश्व संस्कृत दिवसको मूल समारोह समितिले आज वाल्मीकि विद्यापीठ, प्रदर्शनी मार्ग, काठमाडौँमा गरेको कार्यक्रमका वक्ताले सबैका लागि संस्कृत भाषा अनिवार्य गरिएमा संस्कार सुधारमा सहयोग पुग्ने बताएका थिए । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो ।
यस पटकको विश्व संस्कृत दिवस नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभाग र त्रिचन्द्र क्याम्पसस्थित दर्शनशास्त्र तथा मनोविज्ञान विभाग, जयतु संस्कृतम्, सनातन धर्म महासङ्घ र जरो किलो प्रतिष्ठानको सहकार्यमा मनाइएको हो । कोरोना भाइरस महाव्याधिका कारणले सरकारले जारी गरेको निर्देशनानुसार सानो सङ्ख्यामा मात्र प्रत्यक्ष उपस्थित भएर मूलतः जुम प्रविधिको माध्यमबाट कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका पूर्वकुलपति प्रा डा राजाराम शुक्लले नेपाल र भारतको अति गहिरो सांस्कृतिक र सामाजिक सम्बन्ध भएको बताउनुभयो । प्रविधिमार्फत सम्बोधन गर्दै उहाँले नेपालमा संस्कृत भाषाको जागरण आउनु निश्चित रूपमा एउटा आशा लाग्दो वैश्विक छलाङ भएको बताउनुभयो ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले संस्कृत भाषा मात्रै नभएर जीवन पद्धति पनि भएको बताउनुभयो । सारा विश्व समाजलाई संस्कृत भाषाले ऊर्जा प्रदान गरेको भन्दै संस्कृत भाषाले सम्पूर्ण विश्वलाई कल्याण गर्ने ‘सर्वेभवन्तुः सुखिनः’ र ‘वसुधैवकुटुम्बकम्’ को अवधारणा प्रदान गरेको बताउनुभयो । पाश्चात्य प्रभाव बढिरहेको सन्दर्भमा संस्कृत भाषाको प्रवद्र्धनका लागि सम्पूर्ण अध्येता तथा अभियानकर्मीको बोली र व्यवहारमा एकरूपता हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा भीम खतिवडाले नेपालमा विश्व संस्कृत दिवस मनाउन थालिएपछि छिमेकी देशमा पनि विश्व संस्कृत दिवस मनाउन थालिएको बताउनुभयो । जरो किलो प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष डा निर्मलमणि अधिकारीले संस्कृत भाषाका क्षेत्रमा योगदान गर्नुहुने नेपाल र विदेशमा रहनुभएका व्यक्तित्वलाई जीवित वा मरणोपरान्त सम्मान गर्ने तथा संस्कृत भाषामा योगदान गर्नुहुने युवा अध्येतालाई शोधवृत्तिको व्यवस्थापन गर्ने बताउनुभयो ।
आगामी संस्कृत दिवससम्म संस्कृत भाषामा लघुवृत्तचित्रको निर्माण गर्ने प्रतिष्ठानको लक्ष्य छ । संस्कृत भाषाको चिकित्सकीय महत्वलाई प्रयोग गर्न विश्वका विभिन्न भाषाभाषीलाई ॐ को उच्चारणको प्रशिक्षण दिने, संयुक्त राष्ट्रसङ्घमार्फत विश्व संस्कृत दिवस मनाउन नेपाल सरकारमार्फत प्रस्ताव गर्न सहयोग गर्ने जनाइएको छ ।
नैतिकता, सदाचार तथा पूर्वीय पद्धतिको स्थितिगत्यात्मक प्रवद्र्धनका लागि अनलाइन गुरुकुल सञ्चालन गर्ने प्रस्ताव पनि प्रतिष्ठाने अघि सारेको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभाग अध्यक्ष प्रा डा नारायणप्रसाद गौतम, जयतु संस्कृतम्का महासचिव डा नवराज कट्टेल, सनातन धर्म महासङ्घका उपाध्यक्ष डा माधवप्रसाद पाण्डेय, जैन मुनि डा मणिभद्र महाराज, डा नीलकण्ठ पौडेल, डा अजय रिसाल, डा मुकुन्द लामिछाने, डा रघुनाथ नेपाल, विश्व संस्कृत दिवस कार्यपरिषद संयोजक डा गोविन्दशरण उपाध्याय, आकाशनीलम् र विमलचन्द्र दाहालले पनि संस्कृत भाषाको विविध आयामबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा संस्कृत भाषाका अध्येता तथा संस्कृत भाषालाई प्रवद्र्धन गर्न चाहनुहुने विभिन्न व्यक्तिले भौतिक तथा समाजिक सञ्जालमार्फत उपस्थिति जनाएका थिए । कार्यक्रममा डा गोविन्दशरण उपाध्याय र डा अजय रिसालले संस्कृत भाषाको महत्वमा प्रकाश पार्ने कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
नेपालका विभिन्न भूभागका साथै भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, कतारलगायत देशमा चौथो विश्व संस्कृत दिवस मनाइएको विश्वसंस्कृत दिवस कार्यपरिषद् संयोजक उपाध्यायले बताउनुभयो । त्यसैगरी अमेरिकाबाट सहृदयता इन्टरनेशनल र विश्व भूटानी हिन्दू सङ्गठन तथा बेलायतबाट नेपाली हिन्दू फोरम युकेको सहकार्यमा पनि चौथो विश्व संस्कृत दिवस मनाइँदै गरेको उहाँले जानकारी दिनुभयो । रासस