
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
डोटी, ६ भदौ । पछिल्लो समय जिल्लाको जोरायल गाउँपालिका–२ बुडर रुपसकाँडाका किसानले व्यावसायिकरूपमा पालेका बोयर बोका तथा बाख्रा आम्दानीको प्रमुख स्रोत बन्न थालका छन् । उनीहरुले यसबाट वार्षिक लाखौँ रकम आम्दानी गर्न थालेका छन् ।
चाँडो फस्टाउने तथा मासु पनि अन्य बोकाभन्दा बढी हुने भएकाले अहिले जिल्लामा बोयर बाख्रापालनमा किसान आर्कषित हुन थालेका हुन् । रुपसकाँडासहित जिल्ला सदरमुकाम सिलगढीलगायत यहाँका अन्य स्थानीय तहका ग्रामीण क्षेत्रमा बाख्रापालन गर्नेको सङ्ख्या बढ्दै गएको शिखर नगरपालिका–१ का केशबबहादुर भुलले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय जातका बाख्राभन्दा बोयर बाख्रा चाँडो फस्टाउने र आम्दानी पनि राम्रै हुने भएकाले प्रायः सबैको रोजाइमा परेको हो ।”
रुपसकाँडामा बोयर बाख्रापालन गर्नका लागि स्रोत केन्द्र स्थापना गरिएपछि त्यहाँ पालिएका बोयर बोका, बाख्रा बिक्री–वितरणले किसानको आम्दानी हुन थालेको हो । ग्लोबल एग्रिकल्चर एण्ड फुड सेक्युरिटी कार्यक्रमले बहुदाताहरुको सहयोगमा सरकार कृषि तथा खाद्य सुरक्षा आयोजना जिल्ला पशु सेवा कार्यलय सिलगढी डोटीमार्फत करिब १० वर्ष पहिले रुपसकाँडामा केन्द्र स्थापना गरेको थियो । बोयर बाख्रा बिक्री वितरणले किसानको मनग्य आम्दानी हुन थालेको बोयर बाख्रापालक किसान कर्ण सिजालीले जानकारी दिनुभयो ।
यहाँका बाख्रापालक किसानको उत्पादन र उत्पादकत्व बढाई आयआर्जनमा वृद्धि गर्दै पशुजन्य खाद्य पौष्टिक पदार्थको पहुँच र उपलब्धतामा सुधार ल्याउने उद्देश्यले स्थापना गरिएको उक्त बोयर बाख्रा केन्द्रमा अहिले बोयर बोका तथा बाख्रा किन्नेको निकै घुइँचो लाग्ने गरेको स्थानीयवासी भरत कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “बोयर स्रोत केन्द्रमा थुप्रै बायर बाख्रा तथा बोका पालिएका छन्, विभिन्न क्षेत्रबाट किन्न आउने ग्राहकको भीड लाग्छ, किसानको पनि आम्दानी हुन थालेको छ ।”
उक्त स्रोत केन्द्रमा विश्व कृषि तथा खाद्य सङ्गठन (एफएओ)मार्फत अष्ट्रेलियाबाट आयातित १३ शुद्ध नश्लका बोयर जातका प्रजनन बोका वितरण गरेका थियो । अहिले दैनिक बोयर बोका तथा बाख्रा बिक्री हुन थालेपछि यहाँका किसान पनि निकै खुशी भएको बुडरका स्थानीयवासी चक्रबहादुर सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न सङघसंस्थाका व्यक्तिसहित अन्य गाउँका नागरिकहरू बोका, बाख्रा किन्न आउने गरेका छन्, अहिले त सबैले गाउँभरिमा बोयर बाख्रा मात्रै पाल्ने गरेका छन् ।”
स्थानीय जातका खसी बोकाको तुलनामा बोयर जातका खसी बोकाको राम्रो उत्पादन र उत्पादकत्व भएकाले यहाँका पहाडी जिल्लामा बोयर जातको प्रजनन बोकाको माग अत्यधिक रहेको मत्स्य विकास तथा पशुपक्षी विकास प्रदेश कार्यालय दिपायल राजपुरका प्राविधिक गणेश धामीले बताउनुभयो ।
किसानका अनुसार बोयर जातका बोकाको बजार मूल्य जिउँदो रु ८०० केजी छ । आम्दानी पनि हुने तथा चाँडो फस्टाउने भएकाले पनि पछिल्लो समय यहाँका किसान प्रजनन बोयर बोकापालनमा आकर्षित हुन थालेको जोरायल–२ बुडरका स्थानीयवासी विजय गाहामगरले बताउनुभयो ।
रुपसकाँडाका बोयर बोकाले नै केही समयपछि मासुका लागि डोटी सक्षम हुने यहाँका बोयर बाख्रापालक किसानको दाबी छ । तत्कालीन जिल्ला पशु सेवा कार्यालय सिलगढीबाट कूल २३२ क्रस बोयर प्रजनन जाँतका बोका यहाँका अन्य पहाडी जिल्ला अछाम, दार्चुला, बैतडीका विभिन्न समूहमा बिक्री वितरण गरिएको थियो । वितरण गरिएका ठाउँ मध्य डोटी जिल्लाको अन्य ठाउँभन्दा रुपसकाँडामा भने यो व्यवसाय निकै फस्टाएको र अन्य ठाउँमा पनि क्रमिकरूपमा फस्टाउँदै जान थालेको जानकारी आएको मत्स्य विकास तथा पशुपक्षी विकास प्रदेश कार्यालय दिपायल राजपुरले जनाएको छ । -विमलबहादुर विष्ट/रासस
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर