
१पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई दिइँदै आएको सहुलियत दुई वर्ष थप
२अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
३श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
४भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
६पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
७पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
८पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
९आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
१०स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
११कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१२मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
६२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
७वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
१०गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
११‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
डोटी, ६ भदौ । पछिल्लो समय जिल्लाको जोरायल गाउँपालिका–२ बुडर रुपसकाँडाका किसानले व्यावसायिकरूपमा पालेका बोयर बोका तथा बाख्रा आम्दानीको प्रमुख स्रोत बन्न थालका छन् । उनीहरुले यसबाट वार्षिक लाखौँ रकम आम्दानी गर्न थालेका छन् ।
चाँडो फस्टाउने तथा मासु पनि अन्य बोकाभन्दा बढी हुने भएकाले अहिले जिल्लामा बोयर बाख्रापालनमा किसान आर्कषित हुन थालेका हुन् । रुपसकाँडासहित जिल्ला सदरमुकाम सिलगढीलगायत यहाँका अन्य स्थानीय तहका ग्रामीण क्षेत्रमा बाख्रापालन गर्नेको सङ्ख्या बढ्दै गएको शिखर नगरपालिका–१ का केशबबहादुर भुलले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय जातका बाख्राभन्दा बोयर बाख्रा चाँडो फस्टाउने र आम्दानी पनि राम्रै हुने भएकाले प्रायः सबैको रोजाइमा परेको हो ।”
रुपसकाँडामा बोयर बाख्रापालन गर्नका लागि स्रोत केन्द्र स्थापना गरिएपछि त्यहाँ पालिएका बोयर बोका, बाख्रा बिक्री–वितरणले किसानको आम्दानी हुन थालेको हो । ग्लोबल एग्रिकल्चर एण्ड फुड सेक्युरिटी कार्यक्रमले बहुदाताहरुको सहयोगमा सरकार कृषि तथा खाद्य सुरक्षा आयोजना जिल्ला पशु सेवा कार्यलय सिलगढी डोटीमार्फत करिब १० वर्ष पहिले रुपसकाँडामा केन्द्र स्थापना गरेको थियो । बोयर बाख्रा बिक्री वितरणले किसानको मनग्य आम्दानी हुन थालेको बोयर बाख्रापालक किसान कर्ण सिजालीले जानकारी दिनुभयो ।
यहाँका बाख्रापालक किसानको उत्पादन र उत्पादकत्व बढाई आयआर्जनमा वृद्धि गर्दै पशुजन्य खाद्य पौष्टिक पदार्थको पहुँच र उपलब्धतामा सुधार ल्याउने उद्देश्यले स्थापना गरिएको उक्त बोयर बाख्रा केन्द्रमा अहिले बोयर बोका तथा बाख्रा किन्नेको निकै घुइँचो लाग्ने गरेको स्थानीयवासी भरत कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “बोयर स्रोत केन्द्रमा थुप्रै बायर बाख्रा तथा बोका पालिएका छन्, विभिन्न क्षेत्रबाट किन्न आउने ग्राहकको भीड लाग्छ, किसानको पनि आम्दानी हुन थालेको छ ।”
उक्त स्रोत केन्द्रमा विश्व कृषि तथा खाद्य सङ्गठन (एफएओ)मार्फत अष्ट्रेलियाबाट आयातित १३ शुद्ध नश्लका बोयर जातका प्रजनन बोका वितरण गरेका थियो । अहिले दैनिक बोयर बोका तथा बाख्रा बिक्री हुन थालेपछि यहाँका किसान पनि निकै खुशी भएको बुडरका स्थानीयवासी चक्रबहादुर सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न सङघसंस्थाका व्यक्तिसहित अन्य गाउँका नागरिकहरू बोका, बाख्रा किन्न आउने गरेका छन्, अहिले त सबैले गाउँभरिमा बोयर बाख्रा मात्रै पाल्ने गरेका छन् ।”
स्थानीय जातका खसी बोकाको तुलनामा बोयर जातका खसी बोकाको राम्रो उत्पादन र उत्पादकत्व भएकाले यहाँका पहाडी जिल्लामा बोयर जातको प्रजनन बोकाको माग अत्यधिक रहेको मत्स्य विकास तथा पशुपक्षी विकास प्रदेश कार्यालय दिपायल राजपुरका प्राविधिक गणेश धामीले बताउनुभयो ।
किसानका अनुसार बोयर जातका बोकाको बजार मूल्य जिउँदो रु ८०० केजी छ । आम्दानी पनि हुने तथा चाँडो फस्टाउने भएकाले पनि पछिल्लो समय यहाँका किसान प्रजनन बोयर बोकापालनमा आकर्षित हुन थालेको जोरायल–२ बुडरका स्थानीयवासी विजय गाहामगरले बताउनुभयो ।
रुपसकाँडाका बोयर बोकाले नै केही समयपछि मासुका लागि डोटी सक्षम हुने यहाँका बोयर बाख्रापालक किसानको दाबी छ । तत्कालीन जिल्ला पशु सेवा कार्यालय सिलगढीबाट कूल २३२ क्रस बोयर प्रजनन जाँतका बोका यहाँका अन्य पहाडी जिल्ला अछाम, दार्चुला, बैतडीका विभिन्न समूहमा बिक्री वितरण गरिएको थियो । वितरण गरिएका ठाउँ मध्य डोटी जिल्लाको अन्य ठाउँभन्दा रुपसकाँडामा भने यो व्यवसाय निकै फस्टाएको र अन्य ठाउँमा पनि क्रमिकरूपमा फस्टाउँदै जान थालेको जानकारी आएको मत्स्य विकास तथा पशुपक्षी विकास प्रदेश कार्यालय दिपायल राजपुरले जनाएको छ । -विमलबहादुर विष्ट/रासस
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ