News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार स्वास्थ्य

स्वास्थ्य संस्था र विद्यालयमा स्वास्थ्य सामाग्री बितरण

पोखरा । वहिनी एडुकेयर फाउण्डेशनको सहयोग र एम्नेस्टी ईन्टरनेशनल नेपाल अन्नपूर्ण समूह–५४ पोखराको व्यवस्थापनमा कास्की जिल्लाका ४ वटा स्वास्थ्य संस्था र एउटा विद्यालयमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । पोखरा १३ र २३ वडा स्वास्थ्य कार्यालय, अन्नपूर्ण गांउपालिका, भेडावारी स्वास्थ्य कार्यालय र शारदा मा.वि टुसे माछापुच्छ्रेमा करिव २ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

एमनेष्टी ईन्टरनेशनल नेपाल अन्नपूर्ण समूह–५४ का संयोजक भानु पराजुली, वहिनी एडुकेयर फाउण्डेशनका निर्देशक सुरेन्द्र परियार, समाजसेवी छविरमण पौडेल, एम्नेस्टीका उपसंयोजक मन्जु गौतम र कोषाध्यक्ष विष्णु हरि पन्थीले स्वास्थ्य सामाग्री हस्तांतरण गरेका थिए ।

स्वास्थ्य कार्यालयमा अत्यावश्यक मानिएको माक्स, स्यानिटाईजर, पन्जा र थर्मल गन प्रदान गरिएको वहिनी एडुकेयर फाउण्डेशनका निर्देशक सुरेन्द्र परियारले जानकारी दिए । पोखरा–१३ मा दिएको स्वास्थ्य सामाग्री अमेरिका निवासी पोखराका कमल कडायतले बुबा कृष्ण बहादुर कडायतको स्मृतिमा प्रदान गरेका थिए ।

वहिनी एडुकेयर फाउण्डेशन लामो समयदेखि पोखरामा महिला, वालवालिका र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको एक गैरसरकारी संस्था हो । स्वास्थ्य सामाग्रीका लागि डा. जयन्ती ज्वारचन, सौरव हिराचन र रिचा गुरुङले पनि सहयोग गरेका थिए ।

डनन्यूज ट्रेन्डिङ