
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
८फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बजेट असार १ गते ल्याउनै पर्ने बाध्यकारी व्यवस्था भएका कारणले नीति तथा कार्यक्रम आजै प्रस्तुत गरिएको हो ।
मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज सार्वजनिक गरेकी हुन् । बजेटको प्राथमिकता र सिद्धान्त भने यसअघि नै निवर्तमान अर्थमन्त्री किरण गुरुङले संसदमा प्रस्तुत गरिसकेका थिए ।
प्रदेश सरकारले आज ल्याएको नीति तथा कार्यक्रममा स्वास्थ्य, पर्यटन, कृषि र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएका छ । प्रदेशका सबै नागरिकलाई कोरोना विरूद्वको खोप लगाउने, कोरोना संक्रमितको उपचार प्रभावकारी बनाउने, कोभिडका कारण सिर्जित समस्या समाधानमा पहल गर्ने र कोभिडका कारण बाबुआमा गुमाएका बालबालिका र आफन्त गुमाएका परिवारलाई नगद राहतको व्यवस्था गर्ने लगायतका विषयहरु समेटिएको छ ।
प्रदेश प्रमुख पौडेलले प्रदेश सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गर्दै कोभिड नियन्त्रण, विभिन्न पूर्वाधार निर्माण, प्रदेशका विभिन्न जिल्लास्थित रहेका अस्पतालहरूको विशिष्टिकरण, विश्वविद्यालय निर्माण लगायतका कार्यक्रम रहेको सार्वजनिक गरिन् ।
यस अघि, नवगठित सरकारको पहिलोपटक बसेको बैठक भने विवादित हुन पुग्यो । पूर्वमुख्यमन्त्रीको सेवा र सुविधालाई लिएर सरकार आलोचित भए पछि सरकारका प्रवक्ता कुमार खड्काले पूर्वमुख्यमन्त्रीको सेवा र सुविधा थपेर खर्च बढाउन लागिएको नभई कानुन बनाएर व्यवस्थित गर्न लागिएको प्रतिक्रिया दिएका छन् ।