News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश प्रमुख समाचार

सरकारी कर्मचारीको तलब दुईहजारले वृद्धि

'यसअघि अर्थमन्त्री हुँदा पनि पौडेलले कर्मचारीको तलब वृद्धि गरेका थिए'

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत् सबै सरकारी कर्मचारीको तलब दुई हजार रुपैयाँले बढाएको छ । महामारीका कारण कर्मचारीहरुको तलब धेरै वृद्धिको अवस्था नभएकोले मनोबल बढाउनका लागि यो परिमाणमा तलब बढाईएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।

निजामती कर्मचारीमा सबैभन्दा उपल्लो तह मुख्यसचिवको तलब ६७ हजार एक सय ३६ रुपैयाँ पुगेको छ भनेसबैभन्दा तल्लो तह खरिदारको तलब २८ हजार ६ सय चार रुपैयाँ हुनेछ । कर्मचारीको अहिलेको महंगी भत्ता भने यथावत राखिएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले सरकारी कर्मचारीका लागि सबै प्रदेशमा सामुहिक आवास निर्माण गर्न कर्मचारी सञ्चयकोषसँग मिलेर पहल थालिने बताएका छन् । त्यसैगरी, अर्थमन्त्री पौडेलले बजेट भाषणका क्रममा कर्मचारीको रु.१ लाखको बीमाको रकम प्रिमियम रकम सरकारले तिर्ने पनि जानकारी दिए । यसअघि अर्थमन्त्री हुँदा पनि पौडेलले आर्थिक वर्ष २०७३/७४ मा कर्मचारीको तलब वृद्धि गरेका थिए ।