News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश प्रमुख समाचार विज्ञान-प्रविधी स्वास्थ्य

४० माइक्रोनभन्दा पातलो प्लाष्टिक पूर्ण रुपमा प्रतिबन्ध

'पुरानो उद्योगहरुलाई स्तरोन्नती गर्नका लागि पूँजीगत अनुदान उपलब्ध गराइने घोषणा'

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेल

काठमाडौँ । सरकारले ४० माइक्रोभन्दा पातलो प्लाष्टिकलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, बिक्री वितरण र आयतमा पूर्ण रुपमा प्रतिबन्ध लगाईएको आर्थिक वर्षको बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले बताए ।

४० मइक्रोनकोभन्दा पातलो प्लाष्टिक उत्पादन गर्ने पुरानो उद्योगहरुबाट पुराना पाट पुर्जा हटाएर नयाँ जडान गरेर स्तरोन्नती गर्नका लागि सरकारले पूँजीगत अनुदान उपलब्ध गराइने घोषणा पनि गरेको छ । ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध लगाएको सरकारले सपिक कम्पलेक्स,डिपार्टमेन्ट स्टोरहरुमा प्लाष्टिकको झोलाको सट्टा सत्ली, जुट र कागजको झोलाको प्रयोग गर्न निर्देशन जारी गरेको छ ।