
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
“गण्डकी प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमणबाट प्रभावित कास्की जिल्ला रहेको छ । यस प्रदेशमा कुल सक्रिय संक्रमितको संख्या सातहजार २५७ हुँदा कास्की जिल्लामा मात्र तीनहजार छसय ३० पुगेको छ । त्यसैगरी यस कास्की जिल्लामा मृत्यु हुनेको संख्या १८५ नाघिसकेको छ ।”
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण एकै दिन २३ जनाको मृत्यु भएको छ । एकै दिन यति धेरै संख्यामा मृत्यु भएको यो पहिलोपटक हो । यस अघि १६ जनासम्मको ज्यान गएको थियो ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार शुक्रबार आज मृत्यु हुनेहरुमा पोखराका विभिन्न अस्पतालहरुमा १९ र धौलागिरी अस्पताल बागलुङमा ४ गरी २३ जना रहेका छन् ।
गण्डकी प्रदेशको मात्र तथ्याङ्कलाई हेर्ने हो भने पनि पछिल्लो समय स्थिति झनै भयावह बन्दै गईरहेको देखाउँदछ । यस प्रदेशमा आजमात्र छसय ८० जना कोरोना संक्रमित थपिएका छन् । अहिलेसम्म तीनसय ४१ जनाको मृत्यु भईसकेको छ भने वैशाख महिनामा मात्र एकसय ३४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाई सकेका छन् ।
गण्डकी प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमणबाट प्रभावित कास्की जिल्ला रहेको छ । यस प्रदेशमा कुल सक्रिय संक्रमितको संख्या सातहजार २५७ हुँदा कास्की जिल्लामा मात्र तीनहजार छसय ३० पुगेको छ । त्यसैगरी यस कास्की जिल्लामा मृत्यु हुनेको संख्या १८५ नाघिसकेको छ ।
आज मृत्यु हुनेहरुमा पोखरा–१५ की ५४ वर्षीय महिलाको फिस्टेल अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । उनलाई २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखरा वडा नं. ४ का ८२ वर्षीय पुरुषको कोरोना संक्रमणका क्रममा चरम मेमोरियल अस्पताल पोखरामा निधन भएको छ । ती पुरुषलाई वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखरा वडा नं. १३ का ६० वर्षीय पुरुषको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा निधन भएको छ । उनलाई आज नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी, पोखरा वडा नं. २८ का ४८ वर्षीय महिलाको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा निधन भएको छ । ती महिलालाई वैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखरा वडा नं. ३३ का ४० वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई वैशाख २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखरा वडा नं. १७ का ३१ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । ती पुरुषलाई वैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
पाल्पा जिल्ला, तानसेन नगरपालिका वडा नं. ३ की ७७ वर्षीय महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । ती महिलालाई वैशाख ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखरा वडा नं. २३ का ७६ वषीृय पुरुषको कोरोना संक्रमणका कारण गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई वैशाख २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखरा वडा नं. १७ का ६३ वर्षीय कोरोना संक्रमित पुरुषको ग्यालेक्सी अस्पताल पोखरामा उपचारका क्रममा दुःखद निधन भएको छ । ती पुरुषलाई वैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखरा वडा नं. २५ का ४२ वषीृय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई वैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कास्की रुपागाउँपालिका वडा नं. १ का ६६ वर्षीय पुरुषको संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई वैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्याङ्जा जिल्ला, पुतलीबजार नगरपालिका वडा नं. ६ का ३३ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई वैशाख ३१ गते नै कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
स्याङ्जा जिल्ला, पुतलीबजार नगरपालिका वडा नं. ३ का ७० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा निधन भएको छ । ती पुरुषलाई वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्याङजा जिल्ला, आँधिखोला वडा नं. ३ का ५१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई वैशाख २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्याङ्जा जिल्ला, गल्याङ वडा नं. ३ का २६ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई वैशाख २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्याङ्जा जिल्ला, वालिङ वडा नं. १० का ५३ वर्षीय कोरोना संक्रमित पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । ती पुरुषलाई वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्याङ्जा जिल्ला, गल्याङ वडा नं. ११ का ५७ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । ती पुरुषलाई वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
बागलुङ जिल्ला, बडिगाड गाउँपालिका वडा नं. ४ का ४० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
बागलुङ जिल्ला बागलुङ नगरपालिका (वडा नं. खुलाईएको छैन)का ३९ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई वैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
बागलुङ जिल्ला, बागलुङ नगरपालिका वडा नं. ७ का ६३ वषीृय कोरोना संक्रमित पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई वैशाख ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
तनहुँ जिल्ला, भीमाद नगरपालिका वडा नं. ६ की ४४ वर्षीय महिलाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा निधन भएको छ । ती महिलालाई वैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
तनहुँ जिल्ला, शुक्लागण्डकी नगरपालिका वडा नं. ६ का ४८ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
तनहुँ जिल्ला, म्याग्दे गाउँपालिका वडा नं. ३ का ५१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा.विनोद विन्दु शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन