
१हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१२पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
“गण्डकी प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमणबाट प्रभावित कास्की जिल्ला रहेको छ । यस प्रदेशमा कुल सक्रिय संक्रमितको संख्या सातहजार २५७ हुँदा कास्की जिल्लामा मात्र तीनहजार छसय ३० पुगेको छ । त्यसैगरी यस कास्की जिल्लामा मृत्यु हुनेको संख्या १८५ नाघिसकेको छ ।”
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण एकै दिन २३ जनाको मृत्यु भएको छ । एकै दिन यति धेरै संख्यामा मृत्यु भएको यो पहिलोपटक हो । यस अघि १६ जनासम्मको ज्यान गएको थियो ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार शुक्रबार आज मृत्यु हुनेहरुमा पोखराका विभिन्न अस्पतालहरुमा १९ र धौलागिरी अस्पताल बागलुङमा ४ गरी २३ जना रहेका छन् ।
गण्डकी प्रदेशको मात्र तथ्याङ्कलाई हेर्ने हो भने पनि पछिल्लो समय स्थिति झनै भयावह बन्दै गईरहेको देखाउँदछ । यस प्रदेशमा आजमात्र छसय ८० जना कोरोना संक्रमित थपिएका छन् । अहिलेसम्म तीनसय ४१ जनाको मृत्यु भईसकेको छ भने वैशाख महिनामा मात्र एकसय ३४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाई सकेका छन् ।
गण्डकी प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमणबाट प्रभावित कास्की जिल्ला रहेको छ । यस प्रदेशमा कुल सक्रिय संक्रमितको संख्या सातहजार २५७ हुँदा कास्की जिल्लामा मात्र तीनहजार छसय ३० पुगेको छ । त्यसैगरी यस कास्की जिल्लामा मृत्यु हुनेको संख्या १८५ नाघिसकेको छ ।
आज मृत्यु हुनेहरुमा पोखरा–१५ की ५४ वर्षीय महिलाको फिस्टेल अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । उनलाई २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखरा वडा नं. ४ का ८२ वर्षीय पुरुषको कोरोना संक्रमणका क्रममा चरम मेमोरियल अस्पताल पोखरामा निधन भएको छ । ती पुरुषलाई वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखरा वडा नं. १३ का ६० वर्षीय पुरुषको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा निधन भएको छ । उनलाई आज नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी, पोखरा वडा नं. २८ का ४८ वर्षीय महिलाको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा निधन भएको छ । ती महिलालाई वैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखरा वडा नं. ३३ का ४० वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई वैशाख २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखरा वडा नं. १७ का ३१ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । ती पुरुषलाई वैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
पाल्पा जिल्ला, तानसेन नगरपालिका वडा नं. ३ की ७७ वर्षीय महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । ती महिलालाई वैशाख ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखरा वडा नं. २३ का ७६ वषीृय पुरुषको कोरोना संक्रमणका कारण गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई वैशाख २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखरा वडा नं. १७ का ६३ वर्षीय कोरोना संक्रमित पुरुषको ग्यालेक्सी अस्पताल पोखरामा उपचारका क्रममा दुःखद निधन भएको छ । ती पुरुषलाई वैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखरा वडा नं. २५ का ४२ वषीृय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई वैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कास्की रुपागाउँपालिका वडा नं. १ का ६६ वर्षीय पुरुषको संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई वैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्याङ्जा जिल्ला, पुतलीबजार नगरपालिका वडा नं. ६ का ३३ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई वैशाख ३१ गते नै कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
स्याङ्जा जिल्ला, पुतलीबजार नगरपालिका वडा नं. ३ का ७० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा निधन भएको छ । ती पुरुषलाई वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्याङजा जिल्ला, आँधिखोला वडा नं. ३ का ५१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई वैशाख २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्याङ्जा जिल्ला, गल्याङ वडा नं. ३ का २६ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई वैशाख २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्याङ्जा जिल्ला, वालिङ वडा नं. १० का ५३ वर्षीय कोरोना संक्रमित पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । ती पुरुषलाई वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्याङ्जा जिल्ला, गल्याङ वडा नं. ११ का ५७ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । ती पुरुषलाई वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
बागलुङ जिल्ला, बडिगाड गाउँपालिका वडा नं. ४ का ४० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
बागलुङ जिल्ला बागलुङ नगरपालिका (वडा नं. खुलाईएको छैन)का ३९ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई वैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
बागलुङ जिल्ला, बागलुङ नगरपालिका वडा नं. ७ का ६३ वषीृय कोरोना संक्रमित पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई वैशाख ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
तनहुँ जिल्ला, भीमाद नगरपालिका वडा नं. ६ की ४४ वर्षीय महिलाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा निधन भएको छ । ती महिलालाई वैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
तनहुँ जिल्ला, शुक्लागण्डकी नगरपालिका वडा नं. ६ का ४८ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
तनहुँ जिल्ला, म्याग्दे गाउँपालिका वडा नं. ३ का ५१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा निधन भएको छ । ती पुरुषलाई वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा.विनोद विन्दु शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर