News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदको सिफारिस

'संसद पुनर्स्थापनापछि गत फागुन २३ गतेदेखि हिउँदे अधिवेशन सुरु भएको थियो'

gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejg . ;+3Lo ;+;bsf] a}7s kmfu'g @! ut] cfXjfg ul/Psf] 5 . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति समक्ष हिउँदे अधिवेशन अन्त्यको सिफारिश गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ । हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुनेछ । बजेट अधिवेशनका लागि पनि सरकारको सिफारिसमा राष्ट्रपतिले मिति तोक्ने व्यवस्था गरिएको छ ।

जेठ १५ गते बजेट ल्याउने र त्यसअघि नै सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएकोले सरकारले हिउँदे अधिवेशन अन्त्यको निर्णय गरेको हो । संसद पुनर्स्थापना भएपछि गत फागुन २३ गतेदेखि हिउँदे अधिवेशन सुरु भएको थियो ।