
१राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
२फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
३सुकुको हत्यामा जन्मकैद भएका सञ्जय जेनजी आन्दोलनमा जेलबाट भागेर नवलपुरमा लिए जिउनरामको ज्यान
४अध्यादेशले खोस्यो ठगहरूको राजनीतिक ‘सुरक्षा कवच’
५सहकारी क्षेत्रमा आमूल परिवर्तन
६रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा २० जनाको मृत्यु
७‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
८‘दयाशंकर पालिखे पत्रकारिता’ सम्मानबाट सूर्यचन्द्र र कृष्णमणि सम्मानित हुँदैं
९नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
१०स्याङ्जामा लागूऔषधसहित फारुक अली र निशान थापा पक्राउ
११जबरजस्ती करणी मुद्दामा फरार रहेका हेम कुमार १२ वर्षपछि पक्राउ
१२हिमाली लेकहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
७सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
१२अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
पोखरा, २९ असार । नेकपा (बहुमत)का महासचिव धमेन्द्र बास्तोला ‘कञ्चन’ले अखिल (क्रान्तिकारी)ले पोखरामा गरेको कारवाही सांकेतिक मात्र भएको चेतावनी दिएका छन् ।
पोखरा–१७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयको सम्पत्ति (पातले छाँगो) विद्यालय कैं नियन्त्रणमा ल्याउनु पर्ने भन्दैं महासचिव कञ्चनले सरकारी विद्यालयको स्रोतलाई माफियासँग मिलेर निजीकरण गर्ने प्रक्रियाको चौतर्फी विरोध भईरहेको बेला अखिल क्रान्तिकारीले सांकेतिक कारवाही मात्र गरेको बताए ।
‘नेपालमा विद्यमान दलाल पूँजीवादी सत्ताका संरचनाले सम्पूर्ण सार्वजनिक सम्पत्ति वित्तिय माफियालाई बुझाउने कार्य गर्दै आईरहेको छ,’ महासचिव कञ्चनले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘सरकारको देशघाती र जनविरोधी क्रियाकलाप विरुद्ध, जनअधिकारका पक्षमा तथा भ्रष्टाचारका विरुद्ध आफ्नो पार्टी निरन्तर संघर्षरत छ ।’
नेकपा बहुमतले पातले छाँगो (डेभिस फल्स) ठेक्का प्रकरणका मतियारहरु आफ्नो निशानामा रहेको भन्दैं कारवाही गरिछाड्ने चेतावनी पनि दिएको छ ।
अखिल (क्रान्तिकारी)का विद्यार्थी नेताहरुले शुक्रबार छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष तथा नेकपा एमालेका नेता बद्रीनाथ पहारीलाई विद्यालयको स्वामित्वमा रहेको पातले छाँगो (डेभिस फल्स) निजी कम्पनीलाई दिने निर्णयमा हस्ताक्षर गरेको भन्दैं कारवाही स्वरुप कालोमोसो दलेको थियो ।
सार्वजनिक सम्पदा बषौंका लागि निजी कम्पनीलाई ठेक्का दिने खेलमा संलग्न भएको भन्दैं अखिल (क्रान्तिकारी) विद्यार्थीको निशानामा पोखराका मेयर धनराज आचार्य, तत्कालिन वडाध्यक्ष तीर्थराज अधिकारी, प्रधानाध्यापक डिल्लीराम शर्मा र सेती क्यान्यन प्रालिका अध्यक्ष कर्केन कुमार गुरुङ लगायतलाई जनकारवाहीको तयारी गरेको थियो । यसअघि शुक्रबार नैं नेकपा (बहुमत)का विद्यार्थी नेताहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीलाई कारवाही गरिसकेका छन् ।
प्रहरीले कालोमोसो दल्ने कार्यमा संलग्न र योजनाकार भन्दैं नेकपा (बहुमत)का पोलिट्ब्युरो सदस्य सुजन विक, अखिल (क्रान्तिकारी)का गण्डकी प्रदेश संयोजक राजन साउद र केन्द्रीय सदस्य बासुदेव बुढालाई गिरफ्तार गरेको छ । पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई महासचिव कञ्चनले तत्कालै रिहाई गर्न माग गरेका छन् ।
पोखराका मेयर धनराज आचार्य, तत्कालिन वडाध्यक्ष तीर्थराज अधिकारी, प्रधानाध्यापक डिल्लीराम शर्मा र सेती क्यान्यन प्रालिका अध्यक्ष कर्केन कुमार गुरुङ लगायतलाई जनकारवाही गर्ने तयारी
विज्ञप्तिमा भनिएको छ,‘पोखरास्थित छोरेपाटन माविद्धारा भोगचलन गर्दै आएको पातले छाँगाको जग्गालाई सोही माविका व्यवस्थापन समितिका अध्यक्षले विद्यालयको सम्पत्ति थप वृद्धि गरी सरकारी शिक्षालाई प्रभावकारी बनाउनुको बदला सरकारी विद्यालयको स्रोतलाई माफियासँग मिलेर निजीकरण गर्ने प्रक्रियाको चौतर्फी विरोध भईरहेको बेला अखिल क्रान्तिकारीले सांकेतिक कारवाही गरेको थियो ।’
पोखराकै प्रमुख पर्यटकीय गन्तव्य रहेको पातले छाँगो २०३५ सालदेखि छोरेपाटन उच्च माविले भोगचलन तथा व्यवस्थापन गर्दै आएको थियो । पछिल्लो पटक महानगरले पाताले छाँगोमा सिसाको पुलसमेत निर्माण गरेर सम्पूर्ण व्यवस्थापन निजी कम्पनीलाई ४० वर्षका लागि दिने तयारी गरेको थियो ।
नेकपा बहुमतले पातले छाँगो (डेभिस फल्स) ठेक्का प्रकरणका मतियारहरु आफ्नो निशानामा रहेको भन्दैं कारवाही गरिछाड्ने चेतावनी पनि दिएको छ ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म