
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
पोखरा, २९ असार । नेकपा (बहुमत)का महासचिव धमेन्द्र बास्तोला ‘कञ्चन’ले अखिल (क्रान्तिकारी)ले पोखरामा गरेको कारवाही सांकेतिक मात्र भएको चेतावनी दिएका छन् ।
पोखरा–१७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयको सम्पत्ति (पातले छाँगो) विद्यालय कैं नियन्त्रणमा ल्याउनु पर्ने भन्दैं महासचिव कञ्चनले सरकारी विद्यालयको स्रोतलाई माफियासँग मिलेर निजीकरण गर्ने प्रक्रियाको चौतर्फी विरोध भईरहेको बेला अखिल क्रान्तिकारीले सांकेतिक कारवाही मात्र गरेको बताए ।
‘नेपालमा विद्यमान दलाल पूँजीवादी सत्ताका संरचनाले सम्पूर्ण सार्वजनिक सम्पत्ति वित्तिय माफियालाई बुझाउने कार्य गर्दै आईरहेको छ,’ महासचिव कञ्चनले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘सरकारको देशघाती र जनविरोधी क्रियाकलाप विरुद्ध, जनअधिकारका पक्षमा तथा भ्रष्टाचारका विरुद्ध आफ्नो पार्टी निरन्तर संघर्षरत छ ।’
नेकपा बहुमतले पातले छाँगो (डेभिस फल्स) ठेक्का प्रकरणका मतियारहरु आफ्नो निशानामा रहेको भन्दैं कारवाही गरिछाड्ने चेतावनी पनि दिएको छ ।
अखिल (क्रान्तिकारी)का विद्यार्थी नेताहरुले शुक्रबार छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष तथा नेकपा एमालेका नेता बद्रीनाथ पहारीलाई विद्यालयको स्वामित्वमा रहेको पातले छाँगो (डेभिस फल्स) निजी कम्पनीलाई दिने निर्णयमा हस्ताक्षर गरेको भन्दैं कारवाही स्वरुप कालोमोसो दलेको थियो ।
सार्वजनिक सम्पदा बषौंका लागि निजी कम्पनीलाई ठेक्का दिने खेलमा संलग्न भएको भन्दैं अखिल (क्रान्तिकारी) विद्यार्थीको निशानामा पोखराका मेयर धनराज आचार्य, तत्कालिन वडाध्यक्ष तीर्थराज अधिकारी, प्रधानाध्यापक डिल्लीराम शर्मा र सेती क्यान्यन प्रालिका अध्यक्ष कर्केन कुमार गुरुङ लगायतलाई जनकारवाहीको तयारी गरेको थियो । यसअघि शुक्रबार नैं नेकपा (बहुमत)का विद्यार्थी नेताहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीलाई कारवाही गरिसकेका छन् ।
प्रहरीले कालोमोसो दल्ने कार्यमा संलग्न र योजनाकार भन्दैं नेकपा (बहुमत)का पोलिट्ब्युरो सदस्य सुजन विक, अखिल (क्रान्तिकारी)का गण्डकी प्रदेश संयोजक राजन साउद र केन्द्रीय सदस्य बासुदेव बुढालाई गिरफ्तार गरेको छ । पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई महासचिव कञ्चनले तत्कालै रिहाई गर्न माग गरेका छन् ।
पोखराका मेयर धनराज आचार्य, तत्कालिन वडाध्यक्ष तीर्थराज अधिकारी, प्रधानाध्यापक डिल्लीराम शर्मा र सेती क्यान्यन प्रालिका अध्यक्ष कर्केन कुमार गुरुङ लगायतलाई जनकारवाही गर्ने तयारी
विज्ञप्तिमा भनिएको छ,‘पोखरास्थित छोरेपाटन माविद्धारा भोगचलन गर्दै आएको पातले छाँगाको जग्गालाई सोही माविका व्यवस्थापन समितिका अध्यक्षले विद्यालयको सम्पत्ति थप वृद्धि गरी सरकारी शिक्षालाई प्रभावकारी बनाउनुको बदला सरकारी विद्यालयको स्रोतलाई माफियासँग मिलेर निजीकरण गर्ने प्रक्रियाको चौतर्फी विरोध भईरहेको बेला अखिल क्रान्तिकारीले सांकेतिक कारवाही गरेको थियो ।’
पोखराकै प्रमुख पर्यटकीय गन्तव्य रहेको पातले छाँगो २०३५ सालदेखि छोरेपाटन उच्च माविले भोगचलन तथा व्यवस्थापन गर्दै आएको थियो । पछिल्लो पटक महानगरले पाताले छाँगोमा सिसाको पुलसमेत निर्माण गरेर सम्पूर्ण व्यवस्थापन निजी कम्पनीलाई ४० वर्षका लागि दिने तयारी गरेको थियो ।
नेकपा बहुमतले पातले छाँगो (डेभिस फल्स) ठेक्का प्रकरणका मतियारहरु आफ्नो निशानामा रहेको भन्दैं कारवाही गरिछाड्ने चेतावनी पनि दिएको छ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने