News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

पोखरामा सिक्री लुटपाट गर्ने दुईजना काठमाडौंबाट पक्राउ

बसमा यात्रा गरिरहेकी महिलाको २ तोलाको सुनको सिक्री लुटेर फरार भएका थिए युवाहरु

पोखरा, २६ असार । सार्वजनिक बसमा यात्रा गरिरहेकी एक महिलाको घाँटीबाट सुनको सिक्री लुटपाट गरी फरार भएका दुई जना युवालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

प्रहरीले काभ्रेपलाञ्चोक स्थायी घर भई हाल गोकर्णेश्वर–४ काठमाडौं बस्ने दुई युवाहरु २८ वर्षीय अञ्जन तामाङ र ३२ वर्षीय सुरेश तामाङलाई पक्राउ गरेको हो ।

२०८१ चैत २९ गते साँझ करिब ५ः१५ बजे अम्मरसिंहचोकबाट लेखनाथतर्फ गइरहेको यात्रुबाहक बस पोखरा–१०, शिवचोक नजिक पुग्दा ती महिलाले लगाएको २ तोलाको सुनको सिक्री लुटेर दुई युवक फरार भएका थिए । घटनापछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारको संयुक्त टोलीले अनुसन्धान थालेको थियो।

उनीहरूविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दिप जिसीले जानकारी दिए ।