
१‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
२गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
३कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
४२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
८वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
९गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
१२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
१२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
नगरसभामा एउटा दृश्य यस्तो थियो -उपमेयर मञ्जुदेवी गुरुङ माइकमा बजेट पढिरहेकी थिइन्, पछाडि बसेका कर्मचारीहरू अंक सच्याउँदै र कागजमा मिलाउँदैं व्यस्त थिए ।
पोखरा, ८ असार । आइतबार दिउँसो पोखरा महानगरपालिकाको ननगरसभामा एउटा दृश्य यस्तो थियो-उपमेयर मञ्जुदेवी गुरुङ माइकमा बजेट पढिरहेकी थिइन्, पछाडि बसेका कर्मचारीहरू अंक सच्याउँदै र कागजमा मिलाउँदैं व्यस्त थिए । यो कुनै सामान्य प्रेस सम्मेलन वा कोणसभा थिएन । यो त थियो पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट घोषणा ।
सार्वजनिक गरिएको बजेटमा चालु र पुँजीगत खर्च कति हो भन्नेसम्म उल्लेख छैन ।
पोखराका मेयर धनराज आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेसँगै आइतबार नै उपमेयर मञ्जेदेवी गुरुङले बजेट सार्वजनिक गरेकी थिईन् । कर्मचारी भाषण चल्दाचल्दै अंक सच्याइरहेका थिए । सोमबारदेखि चीन भ्रमणमा जाने हतारमा रहेका मेयरले यसपटक गाईजात्रे पारामा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरे । यतिसम्म कि सार्वजनिक गरिएको बजेटमा चालु र पुँजीगत खर्च कति हो भन्नेसम्म उल्लेख छैन ।
मेयर आचार्य र निमित्त प्रमुख प्रशासकीय अधिकृत हेम आचार्य दुवैजना सोमबारदेखि चीन भ्रमणमा
तर यसपटक बजेटको आकारभन्दा ठूलो प्रश्न चिन्ह उब्जिएको छ । के महानगरपालिका यो बजेट ल्याउन तयार थियो त ? पक्कै पनि थिएन । प्रस्तुती र तयारी हेर्दा न गम्भिरता देखिन्छ, न त जिम्मेवारीपना नैं । हतार–हतारमा ल्याइएको बजेट र गरिएको प्रस्तुतीले सिङ्गो महानगरपालिका भित्रको वेथिति, कमजोरी र जनप्रतिनिधिहरुको असक्षमतालाई उदाङ्गो बनाईदिएको छ ।
मेयर आचार्यको यसअघि पनि अत्याधिक विदेश भ्रमण भइरहेको भन्दै आलोचना हुने गरेको छ ।
बजेटको दस्तावेज कन्फ्युजन पैदा गर्ने खालको थियो । चालु र पुँजीगत खर्च पनि छुट्याइएको थिएन । यी सबैं कुराले पोखरा महानगरको बजेट पारदर्शिता र तयारीप्रति गम्भीर प्रश्न उठाएको छ । मेयर आचार्यको यसअघि पनि अत्याधिक विदेश भ्रमण भइरहेको भन्दै आलोचना हुने गरेको छ । अहिले पनि महत्त्वपूर्ण कार्यक्रमलाई भन्दै महानगर सम्पूर्ण हिसाबले वर्षभरि चल्नेमात्रै नभएर दीर्घकालीन महत्व राख्ने चल्ने नीति तथा कार्यक्रम र बजेटसमेत कम प्राथमिकतामा परेको गुनसो महानगरकै जनप्रतिनिधिले गरेका छन् ।
दीर्घकालीन महत्व राख्ने चल्ने नीति तथा कार्यक्रम र बजेटसमेत कम प्राथमिकतामा
स्थानीय तहका लागि असार १० भित्र बजेट ल्याइसक्नुपर्ने कानुनी बाध्यता छ। तर पोखरा महानगरपालिकामा यो कानुनी बाध्यता ‘कार्ययोजना’ले होइन, ‘उडान तालिका’ले चलाएको देखिन्छ ।’ मेयर आचार्य र निमित्त प्रमुख प्रशासकीय अधिकृत हेम आचार्य दुवैजना सोमबारदेखि चीन भ्रमणमा जाँदैंछन् । त्यसैले गर्दा महानगरपालिकाको वर्षदिन भरिको नीति तथा कार्यक्रम र बजेट एकैचोटी गाईजात्रे पारामा अस्तव्यस्त रुपमा टेबुल गरिएको हो।
नीति तथा कार्यक्रम र बजेटबीच पनि समन्वय नहुनुले महानगरको आगामी कार्यदिशामै अन्योलमा
गत वर्षको बजेटको ५५ प्रतिशत मात्र खर्च भएको तथ्यले पनि महानगरको कार्यक्षमता र योजना कार्यान्वयन क्षमतामाथि प्रश्न उठाएको छ । यतिसम्म कि नीति तथा कार्यक्रम र बजेटबीच पनि समन्वय नहुनुले महानगरको आगामी कार्यदिशामै अन्योल देखिएको छ ।
हतारको घोषणा, भए गम्भीर त्रुटिहरू :
पोखराका मेयर धनराज आचार्य सोमबारदेखि चीन भ्रमणमा निस्किन लागेका थिए । समय अभावका कारण आइतबारै नीति तथा कार्यक्रमसहित बजेट पनि टेबल गरियो । भौतिक रूपमा सबै थोक तयार थियो–तर विवरणहरू आधा अधुरो ।
भौतिक रूपमा सबै थोक तयार थियो–तर विवरणहरू आधा अधुरो
उपमेयर गुरुङले बजेट भाषण गरिरहेकी बेलामा नै कर्मचारीहरू बीचैमा अंक सच्याउँदै थिए । अझ अचम्म–सार्वजनिक दस्तावेजमै चालु खर्च र पुँजीगत खर्च छुट्याइएको थिएन । यो एउटा बजेटको मूल संरचनामा पर्ने गम्भिर खालको त्रुटि थियो ।
महत्वपूर्ण प्राथमिकतामा राखिएको कृषि क्षेत्र बजेटबाटै गायब भयो भने नीति तथा कार्यक्रममा उल्लेख नभएका विषयहरू बजेटमा समावेश भएका छन् । चालु र पुँजीगत खर्च छुट्याउन नसकिएको बजेट दस्तावेजले योजनाको स्पष्ट खाका बुझाउन सकेको छैन ।
महानगरपालिकाको बजेट हेर्दा न नीति स्पष्ट छ, न त प्राथमिकता नैं पारदर्शी ।
बजेटको आकारः अंक ठूलो, दृष्टिकोण अस्पष्ट
कुल बजेटः रु ८ अर्ब ३५ करोड १२ लाख ।
स्रोतहरू यसप्रकार छन् :
आन्तरिक आय : ५ अर्ब २२ करोड ३१ लाख (६६.५%)
संघीय सशर्त अनुदान : ३ अर्ब १३ करोड १२ लाख (३७.५%)
तर बजेट पढिँदै गर्दा यी अङ्कहरूमै पनि सम्झाएर सच्याउनु पर्ने अवस्था आएको थियो । पोखरा महानगरपालिकाको बजेट भाषण आज सडकमा आयोजना गरिएको गाईजात्रा जस्तो देखिएको थियो ।
कहाँ खर्च गर्ने?
महानगरले बजेटलाई विभिन्न शीर्षकमा यसरी बाँडेको छः
अनुमानित खर्च
पूर्वाधार विकास : रु २ अर्ब ३३ करोड (४४.६४%)
वडा कार्यालयहरू : रु १ अर्ब (१५.१६%)
नगर कार्यपालिका : रु ९५ करोड (१८.१८%)
सामाजिक विकास : रु ३८ करोड (७.२८%)
शहरी विकास, पर्यटन, वन–पर्यावरण : रु ३८ करोड (७.२८%)
आर्थिक विकास : रु १८ करोड (३.४५%)
पूर्वाधारमै केन्द्रित बजेट देखिन्छ, तर परियोजनाहरूको नाम वा प्राथमिकता अझै अस्पष्ट छ ।
मेयर धनराज आचार्यलाई विदेश भ्रमणमा कुद्नुको हतारोले गर्दा आज इतिहासमा नैं नभएको सबैभन्दा गाईजात्रा पारा यसपटक बजेट भाषणमा देखियो ।
इतिहासमा नैं सबैभन्दा टिठ लाग्दो पोखराको बजेट घोषणा
योजना राम्रो बनाउनेभन्दा पनि बजेट छिटो घोषणा गरेर मेयर धनराज आचार्यलाई विदेश भ्रमणमा कुद्नुको हतारोले गर्दा आज इतिहासमा नैं नभएको सबैभन्दा गाईजात्रा पारा यसपटक बजेट भाषणमा देखियो । सबैभन्दा टिठ लाग्दो गरी नगरपालिकाले यसपटक बजेट “टेबल” त गर्यो तर सन्देश राम्रो दिन सकेन । महानगरपालिकाको बजेट हेर्दा न नीति स्पष्ट छ, न त प्राथमिकता नैं पारदर्शी ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?