News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश डन न्यूज खोज प्रमुख समाचार

मेयरलाई चीन जानै हतार, उपमेयर त्रुटिपूर्ण बजेट पढ्दैं र कर्मचारी शब्दैं पिच्छे सच्याउँदैं

सार्वजनिक गरिएको बजेटमा चालु र पुँजीगत खर्च कति हो ? भन्नेसम्म उल्लेख छैन !

नगरसभामा एउटा दृश्य यस्तो थियो -उपमेयर मञ्जुदेवी गुरुङ माइकमा बजेट पढिरहेकी थिइन्, पछाडि बसेका कर्मचारीहरू अंक सच्याउँदै र कागजमा मिलाउँदैं व्यस्त थिए ।

पोखरा, ८ असार । आइतबार दिउँसो पोखरा महानगरपालिकाको ननगरसभामा एउटा दृश्य यस्तो थियो-उपमेयर मञ्जुदेवी गुरुङ माइकमा बजेट पढिरहेकी थिइन्, पछाडि बसेका कर्मचारीहरू अंक सच्याउँदै र कागजमा मिलाउँदैं व्यस्त थिए । यो कुनै सामान्य प्रेस सम्मेलन वा कोणसभा थिएन । यो त थियो पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट घोषणा ।

सार्वजनिक गरिएको बजेटमा चालु र पुँजीगत खर्च कति हो भन्नेसम्म उल्लेख छैन ।

पोखराका मेयर धनराज आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेसँगै आइतबार नै उपमेयर मञ्जेदेवी गुरुङले बजेट सार्वजनिक गरेकी थिईन् । कर्मचारी भाषण चल्दाचल्दै अंक सच्याइरहेका थिए । सोमबारदेखि चीन भ्रमणमा जाने हतारमा रहेका मेयरले यसपटक गाईजात्रे पारामा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरे । यतिसम्म कि सार्वजनिक गरिएको बजेटमा चालु र पुँजीगत खर्च कति हो भन्नेसम्म उल्लेख छैन ।

मेयर आचार्य र निमित्त प्रमुख प्रशासकीय अधिकृत हेम आचार्य दुवैजना सोमबारदेखि चीन भ्रमणमा

तर यसपटक बजेटको आकारभन्दा ठूलो प्रश्न चिन्ह उब्जिएको छ । के महानगरपालिका यो बजेट ल्याउन तयार थियो त ? पक्कै पनि थिएन । प्रस्तुती र तयारी हेर्दा न गम्भिरता देखिन्छ, न त जिम्मेवारीपना नैं । हतार–हतारमा ल्याइएको बजेट र गरिएको प्रस्तुतीले सिङ्गो महानगरपालिका भित्रको वेथिति, कमजोरी र जनप्रतिनिधिहरुको असक्षमतालाई उदाङ्गो बनाईदिएको छ ।

मेयर आचार्यको यसअघि पनि अत्याधिक विदेश भ्रमण भइरहेको भन्दै आलोचना हुने गरेको छ ।

बजेटको दस्तावेज कन्फ्युजन पैदा गर्ने खालको थियो । चालु र पुँजीगत खर्च पनि छुट्याइएको थिएन । यी सबैं कुराले पोखरा महानगरको बजेट पारदर्शिता र तयारीप्रति गम्भीर प्रश्न उठाएको छ । मेयर आचार्यको यसअघि पनि अत्याधिक विदेश भ्रमण भइरहेको भन्दै आलोचना हुने गरेको छ । अहिले पनि महत्त्वपूर्ण कार्यक्रमलाई भन्दै महानगर सम्पूर्ण हिसाबले वर्षभरि चल्नेमात्रै नभएर दीर्घकालीन महत्व राख्ने चल्ने नीति तथा कार्यक्रम र बजेटसमेत कम प्राथमिकतामा परेको गुनसो महानगरकै जनप्रतिनिधिले गरेका छन् ।

दीर्घकालीन महत्व राख्ने चल्ने नीति तथा कार्यक्रम र बजेटसमेत कम प्राथमिकतामा

स्थानीय तहका लागि असार १० भित्र बजेट ल्याइसक्नुपर्ने कानुनी बाध्यता छ। तर पोखरा महानगरपालिकामा यो कानुनी बाध्यता ‘कार्ययोजना’ले होइन, ‘उडान तालिका’ले चलाएको देखिन्छ ।’ मेयर आचार्य र निमित्त प्रमुख प्रशासकीय अधिकृत हेम आचार्य दुवैजना सोमबारदेखि चीन भ्रमणमा जाँदैंछन् । त्यसैले गर्दा महानगरपालिकाको वर्षदिन भरिको नीति तथा कार्यक्रम र बजेट एकैचोटी गाईजात्रे पारामा अस्तव्यस्त रुपमा टेबुल गरिएको हो।

नीति तथा कार्यक्रम र बजेटबीच पनि समन्वय नहुनुले महानगरको आगामी कार्यदिशामै अन्योलमा

गत वर्षको बजेटको ५५ प्रतिशत मात्र खर्च भएको तथ्यले पनि महानगरको कार्यक्षमता र योजना कार्यान्वयन क्षमतामाथि प्रश्न उठाएको छ । यतिसम्म कि नीति तथा कार्यक्रम र बजेटबीच पनि समन्वय नहुनुले महानगरको आगामी कार्यदिशामै अन्योल देखिएको छ ।

हतारको घोषणा, भए गम्भीर त्रुटिहरू :
पोखराका मेयर धनराज आचार्य सोमबारदेखि चीन भ्रमणमा निस्किन लागेका थिए । समय अभावका कारण आइतबारै नीति तथा कार्यक्रमसहित बजेट पनि टेबल गरियो । भौतिक रूपमा सबै थोक तयार थियो–तर विवरणहरू आधा अधुरो ।

भौतिक रूपमा सबै थोक तयार थियो–तर विवरणहरू आधा अधुरो

उपमेयर गुरुङले बजेट भाषण गरिरहेकी बेलामा नै कर्मचारीहरू बीचैमा अंक सच्याउँदै थिए । अझ अचम्म–सार्वजनिक दस्तावेजमै चालु खर्च र पुँजीगत खर्च छुट्याइएको थिएन । यो एउटा बजेटको मूल संरचनामा पर्ने गम्भिर खालको त्रुटि थियो ।

महत्वपूर्ण प्राथमिकतामा राखिएको कृषि क्षेत्र बजेटबाटै गायब भयो भने नीति तथा कार्यक्रममा उल्लेख नभएका विषयहरू बजेटमा समावेश भएका छन् । चालु र पुँजीगत खर्च छुट्याउन नसकिएको बजेट दस्तावेजले योजनाको स्पष्ट खाका बुझाउन सकेको छैन ।

महानगरपालिकाको बजेट हेर्दा न नीति स्पष्ट छ, न त प्राथमिकता नैं पारदर्शी ।

बजेटको आकारः अंक ठूलो, दृष्टिकोण अस्पष्ट
कुल बजेटः रु ८ अर्ब ३५ करोड १२ लाख ।

स्रोतहरू यसप्रकार छन् :
आन्तरिक आय : ५ अर्ब २२ करोड ३१ लाख (६६.५%)
संघीय सशर्त अनुदान : ३ अर्ब १३ करोड १२ लाख (३७.५%)

तर बजेट पढिँदै गर्दा यी अङ्कहरूमै पनि सम्झाएर सच्याउनु पर्ने अवस्था आएको थियो । पोखरा महानगरपालिकाको बजेट भाषण आज सडकमा आयोजना गरिएको गाईजात्रा जस्तो देखिएको थियो ।

कहाँ खर्च गर्ने?
महानगरले बजेटलाई विभिन्न शीर्षकमा यसरी बाँडेको छः

अनुमानित खर्च
पूर्वाधार विकास : रु २ अर्ब ३३ करोड (४४.६४%)
वडा कार्यालयहरू : रु १ अर्ब (१५.१६%)
नगर कार्यपालिका : रु ९५ करोड (१८.१८%)
सामाजिक विकास : रु ३८ करोड (७.२८%)
शहरी विकास, पर्यटन, वन–पर्यावरण : रु ३८ करोड (७.२८%)
आर्थिक विकास : रु १८ करोड (३.४५%)

पूर्वाधारमै केन्द्रित बजेट देखिन्छ, तर परियोजनाहरूको नाम वा प्राथमिकता अझै अस्पष्ट छ ।

मेयर धनराज आचार्यलाई विदेश भ्रमणमा कुद्नुको हतारोले गर्दा आज इतिहासमा नैं नभएको सबैभन्दा गाईजात्रा पारा यसपटक बजेट भाषणमा देखियो ।

इतिहासमा नैं सबैभन्दा टिठ लाग्दो पोखराको बजेट घोषणा
योजना राम्रो बनाउनेभन्दा पनि बजेट छिटो घोषणा गरेर मेयर धनराज आचार्यलाई विदेश भ्रमणमा कुद्नुको हतारोले गर्दा आज इतिहासमा नैं नभएको सबैभन्दा गाईजात्रा पारा यसपटक बजेट भाषणमा देखियो । सबैभन्दा टिठ लाग्दो गरी नगरपालिकाले यसपटक बजेट “टेबल” त गर्यो तर सन्देश राम्रो दिन सकेन । महानगरपालिकाको बजेट हेर्दा न नीति स्पष्ट छ, न त प्राथमिकता नैं पारदर्शी ।