News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

कास्कीका चार गाउँमा राति सवारी चलाउन रोक

घान्द्रुक, उल्लेरी, लान्द्रुक र ताङतिङ क्षेत्रमा रातिको सवारी आवागमनमा प्रतिबन्ध

घान्द्रुक, उल्लेरी, लान्द्रुक र ताङतिङ क्षेत्रमा रातिको सवारी आवागमनमा प्रतिबन्ध

पोखरा, २५ असार । मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढेपछि कास्कीका चार गाउँमा १५ दिनका लागि राति सवारी चलाउन रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबारदेखि लागू हुने गरी घान्द्रुक, उल्लेरी, लान्द्रुक र ताङतिङ क्षेत्रमा रातिको सवारी आवागमनमा प्रतिबन्ध लगाएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिईन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीको सूचना अनुसार,

विरेठाँटी–घान्द्रुक र विरेठाँटी–उल्लेरी तथा लुम्ले–लान्द्रुक रुटका सवारी साँझ ५ बजेसम्म,

काहुँखोला–ताङतिङ रुटका सवारी दिउँसो ४:३० बजेसम्म प्रस्थान गर्नुपर्नेछ।

त्यसपछि ती रुटमा रातभर सवारी सञ्चालन बन्द हुनेछ।

सवारीहरू बिहान ५ बजेपछि मात्र पुनः यात्रा गर्न पाउने व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । उनका अनुसार, प्रत्येक संवेदनशील ठाउँमा प्रहरी युनिट तैनाथ गरिएको छ र जोखिमको सूचना त्यहीँबाट दिइनेछ।

यसअघि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा भएको बैठकले रातिको सवारी रोक्ने निर्णय गरेको हो। बैठकमा जिल्ला समन्वय समिति, स्थानीय तह, सुरक्षा निकाय, यातायात व्यवसायी लगायत सरोकारवाला सहभागी थिए।