
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
पोखरा, १८ असार । गरिमा विकास बैंक पोखरा (लेकसाईड शाखा)का दुई कर्मचारीले एक महिला ऋणी र उनका साना छोराछोरीमाथि अमानवीय व्यवहार, सामाजिक अपमान र मानसिक यातना दिएको आरोप लागेको छ।
चार वर्षअघि महिला उद्यमशीलता कार्यक्रम अन्तर्गत बिना धितो पाँच लाख रुपैयाँ ऋण लिएकी सपना (नाम परिवर्तन) नियमित रूपमा किस्ता तिर्दै आएकी थिइन्। तर गम्भीर बिरामी भएर महिनौं काठमाडौं उपचारमा बस्नुपरेपछि उनले दुई किस्तामा एक किस्ता मात्र बाँकी हुने गरी रकम तिरिन्। बाँकी रहेको साढे १० हजार रुपैयाँको लागि उनले जुन व्यवहार भोग्नुपर्यो, त्यो सामाजिक मर्यादामाथिको प्रश्न बनिरहेको छ।
असार १३ गते, उनी उपचारपछि घर फर्किएलगत्तै गरिमा विकास बैंक बैदाम शाखाका कर्मचारी सुशिल थापा र स्वस्तिका पहारी पसलमा पुगे। ती महिला बिरामी र थलिएकी थिइन्, त्यहीबेला ‘जसरी भए पनि पैसा तिर्नू’ भन्दै उनीहरूमध्ये एकजनाले पसलबाट पैसा नतिरे हामी यहीं रक्सीका बोत्तल बेचेर भएनि असुल्छौं भन्दैं चोक–चोकमा बेच्न हिडे ।
ऋण असुलीका नाममा महिला उद्यमीको पसलमा राखिएका रक्सीका बोत्तल बोकेर चोक–चोकमा बेच्न हिँडे गरिमा बैंकका कर्मचारी !

गरिमा विकास बैंकका कर्मचारीले बेच्न लगेर बिक्री नभएपछि फिर्ता ल्याईदिएका रक्सीका बोत्तलहरु ।
‘मैले भनें, म बिरामी छु, र यहाँ बेचेरै तिर्छु। तर उनले आफैं बोत्तल लिएर चोक/चोकमा गए,” सपनाले भनिन्, “रक्सी बिकेन, फेरि बोतल ल्याएर राखे । तर यसबीचमा सबै छिमेकीले देखे, के सोच्लान् भन्ने ठुलो मानसिक पीडा भयो ।”
त्यति मात्र होइन, सानो छोरालाई हर्कादैं काउण्टर समेत खोलेर हेर्न लगाइयो । ‘तिम्रो बुबाले पैसा लुकाएका छन् कि’ भन्दै । ‘बच्चा अहिले डराउँछ । मान्छे आए भने लुक्न खोज्छ । पसल चलाउन झनैं असहज हुँदैं गयो,’ उनले दुखेसो पोखिन् ।
तर बोतल उठाएर चोकमा गएर बेच्न खोज्ने काम सहजीकरण हो कि अपमानजनक व्यवहार ? यो प्रश्न गम्भिर रुपमा अहिले उठिरहेको छ ।
यस घटनाबारे प्रतिक्रिया दिँदै गरिमा विकास बैंक गण्डकी प्रदेश प्रमुख मेघबहादुर केसी भन्छन्–‘त्यो जबरजस्ती होइन, ऋणीसँग समझदारीमै गरिएको काम हो । रक्सीको बोत्तल उठाउनु पनि पैसा व्यवस्थापनमा सहजीकरणको उद्देश्य थियो ।’
तर बोतल उठाएर चोकमा गएर बेच्न खोज्ने काम सहजीकरण हो कि अपमानजनक व्यवहार ? यो प्रश्न गम्भिर रुपमा अहिले उठिरहेको छ ।
‘ऋण लिएको हो, चोरी गरेको त त होइन नि !’
पीडित सपनाले भन्छिन्-“मैले महिला उद्यमशीलता कार्यक्रमअन्तर्गत ऋण लिएकी हुँ । चोरी गरेको त होइन नि । अब एक लाखमात्र बाँकी छ । त्यो पनि किस्ता किस्तामा तिर्दै आईरहेकी छु र तिर्छु पनि । तर अहिले जुन व्यवहार बैंकका कर्मचारीले गर्नुभयो, त्यो कुनै पनि हालतमा सह्य थिएन ।”
के गरिमा बैंकको ‘गरिमा’ यस्तै हो?
यो घटना केवल एक महिलाको मात्र अपमान होइन, पुरैं बैंक प्रणालीले गरिब, महिला र साना उद्यमीप्रति लिने दृष्टिकोण कस्तो छ भन्ने उदाहरण पनि हो ।
गण्डकी प्रदेश प्रमुख मेघबहादुर केसी विवादित पृष्ठभूमि भएका पात्र हुन् । स्रोतका अनुसार उनलाई लक्ष्मी सनराइज बैंकले यस्तै व्यवहारकै कारण हटाएको थियो । केसीको व्यवहारले बैंकका ग्राहक र ऋणीमात्र होइन कर्मचारीहरु पनि पीडित छन् ।

गरिमा विकास बैंक गण्डकी प्रदेश प्रमुख मेघबहादुर केसी
‘उनको कार्यकक्षमा जानु अघि फोन गरेर वा संकेत दिएरमात्र जानु राम्रो हुन्छ । प्रायः जसो कहिले टिकटक लाइभ, कहिले भिडियो च्याटमा मस्त देखिन्छन्,’ बैंकमा प्रायः गईरहने एक ग्राहकले भने–‘भिडियोकलमा उनले बोलेका शब्द, त्यहाँ देखिने हाऊभाऊ/हर्कत अशोभनीय र अनुशासनहिन छन् । जसले गर्दा बैंकको अनुशासन र व्यवहारमाथि नैं गम्भीर प्रश्न चिन्ह उठ्न थालिसकेको छ ।’
‘कर्मचारीलाई दिएको दवाव, ग्राहकलाई परेको पीडा’
बैंकका कर्मचारीहरू बिहान ८:३० देखि साँझ ७:३० बजेसम्म ‘जे गरेर भएपनि कर्जा उठाउ’ भन्ने चर्को दवावमा छन् । यसले गर्दा उनीहरू पनि मानसिक तनावमा परेर आक्रोश ग्राहकमाथि पोखिरहेका हुन्छन् ।
त्यसो त बैंकहरुमा काम गर्ने कर्मचारीहरुको न त कार्यालय जाने निश्चित समय हुन्छ, न त फर्किने । उनीहरुले काम गरे अनुसारको ओभरटाइमको हिसाबकिताब पनि बैंकले राख्दैनन् । चरम श्रम शोषण गर्ने यस्ता बैंकहरुलाई सम्बन्धित निकायहरुले अनुगमन र छड्के गर्नुपर्ने देखिन्छ । ‘आधुनिक जेल’को रुपमा यतिबेला बैंकलाई हेर्ने गरिन्छ । त्यहाँ भित्र दिईने तनाव र दवावले कर्मचारीहरुको मानसिक स्वास्थ्य अवस्था पनि जटिल देखिन थालेको छ ।
यो घटना केवल एक महिलाको मात्र अपमान होइन, पुरैं बैंक प्रणालीले गरिब, महिला र साना उद्यमीप्रति लिने दृष्टिकोण कस्तो छ भन्ने उदाहरण पनि हो ।
गरिमा विकास बैंकका सूचना अधिकारी अनिल रेग्मीले डन न्यूजसँगको कुराकानीमा विहान साढे नौंबजेदेखि साढे ५ बजेसम्म बैंकको कार्यालय समय भएको जानकारी दिए । उनले भने–‘खास हाम्रो समय विहान साढे नौं बजेदेखि साढे ५ बजेसम्म हो, तर बैंकको कामको प्रकृतिले गर्दा कहिले छिटो र कहिले ढिलो भने हुन्छ । तर हामी जतिसक्दो छिटो काम सकेर जानुस् भन्छौं ।’
“कि तपाईं ऋण उठाउनुहोस्, नत्र जागिर छोड्नुस्” भन्ने दबाब तल्लो तहका कर्मचारीले झेलिरहेका छन्, जसको असर महिला ऋणीहरूमाथि परिसकेको छ । गरिमा विकास बैंकका बोर्ड सञ्चालकहरूले यो विषयलाई हल्का रूपमा लिने कि संस्थाको गरिमा जोगाउनेतिर गम्भीर हुने? प्रश्न चिन्ह खडा भएको छ ।
(पीडित महिलाको पहिचान गोपनियताका कारण लुकाइएको भएपनि बैंकसँग सूचना माग गर्दा सबै विषय स्पष्टसँग खुलाएर सोधपुछ गरिएको छ । सम्पादक ।)
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने