
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
पोखरा, ३० जेठ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज प्रेम प्रशान्त बोहराले न्यायाधीशलाई जहाँ कालोमोसो छ्यापिएको थियो, त्यहाँ गोली पनि पड्किन सक्ने चेतावनी दिएका छन् ।
कांग्रेस पूर्वसांसद आफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीप्रसाद थारुमाथि कालोमोसो दलेको प्रसङ्गमा बोल्दैं विद्यार्थी नेता बोहराले इजलासमा पुगेर भ्रष्टाचारीहरुलाई सांकेतिक रुपमा कारवाही गरिएको बताए ।
न्यायाधीशलाई कालोमोसो दलेको आरोपमा प्रहरीले नेकपा (बहुमत)का तीनजना नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका नेता तथा कार्यकर्ताहरुको रिहाईको माग गर्दै पोखरामा शुक्रबार राति मशाल जुलुश प्रदर्शन गरिएको हो। पोखराको जाल्पारोड, सिर्जनाचोक, सभागृहचोक हुँदैं मशाल जुलुश पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव प्रेम प्रशान्त बोहरा
कोणसभामा बोल्दैं प्रदेश इञ्चार्ज बोहराले भ्रष्टाचारी, दलाल, मिटरव्याजी, घुसखोर लगायत राष्ट्रघातीहरुलाई कडाभन्दा कडा कारवाही गर्ने चेतावनी दिए । उनले पोखरा महानगरपालिकाको वेथिति, फेवातालको मापदण्ड कार्यान्वयनमा भएको चलखेल र पातले छाँगो (डेभिज फल्स)को ठेक्कापट्टा लगायतका विषयमा चलखेल गर्नेहरुलाई नेकपा (बहुमत)ले नजिकबाट नियालिरहेको बताए ।
जिउँदै मानिसलाई इट्टाभट्टामा जलाएर हत्या गर्ने पूर्वमन्त्री आलमलाई सफाई दिने न्यायधीश थारुलाई कालोमोसो दलेको आरोपमा प्रहरीले केन्द्रीय सदस्यहरु अविनाश, पदम र सिरहा जिल्ला सचिवालय सदस्य गर्भू महतोलाई पक्राउ गरेको छ ।
शुक्रबार आयोजना गरिएको मशाल जुलुशमा नेकपा (बहुमत)का केन्द्रीय सदस्य सबिन ओली, विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज प्रेम प्रशान्त बोहरा, क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रीय सचिव लोकेन्द्र राई, अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश संयोजन राजन साउद र क्रान्तिकारी युवा संगठनका केन्द्रीय सदस्य सूर्य परियार लगायत जिल्लाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर