
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
स्याङ्जा, ३ असार । आँधीखोला संरक्षण अभियन्तामाथि रड प्रहार गरी आक्रमण गर्ने स्याङजा वालिङ नगरपालिका वडा नं. १० का वडाध्यक्ष एवम् क्रसर व्यवसायी सुनिल खनाल गुन्डासहित फरार भएका छन् ।
आँधीखोला नदी संरक्षण अभियान घोषणा गरेर मोटरसाइकलमा फर्किदैं गर्दा आज मंगलबार साँझ ६ बजेतिर अभियन्ता दिनकर नेपाल र मेघ आलेलाई वडाध्यक्ष खनाल र एकजना गुन्डा मिलेर वालिङ–९, सुर्कौदीमा रडले टाउकोमा प्रहार गर्दै नजिकैंको नालीमा ढलाई दिएका थिए ।
आँधी खोला संरक्षण अभियानका दुई अभियन्तालाई क्रसर व्यवसायी खनाल र अर्का एकजना गुन्डा मिली बाटो छेकी ज्यान मार्ने उद्देश्यले रडले टाउकोमा हानेको प्रत्यक्षदर्शीहरुले जानकारी दिए । वडाध्यक्ष खनालले नदी दोहनका विरुद्धमा संघर्षका कार्यक्रमहरुको घोषणा गरेपछि सार्वजनिक स्थानमा नैं बारम्बार ज्यान मार्ने धम्की दिदैं आईरहेका थिए ।
आँधीखोलामा स्थानीय प्रशासन र जनप्रतिनिधिकैं मिलोमतोमा गैरकानुनी ढंगले नदी दोहन हुँदैं आईरहे पछि स्थानीय र अभियन्ताहरुले यस्तो कार्यको खुलेरैं विरोध गर्दै आईरहेका थिए । नदी दोहनका विरुद्धमा चर्को आवाज उठ्न थालेपछि अत्तालिएका वडाध्यक्षले अभियन्ताहरुलाई गुन्डासहित मिलेर आक्रमण गरेका थिए ।

आँधीखोलामा स्थानीय प्रशासन र जनप्रतिनिधिकैं मिलोमतोमा गैरकानुनी ढंगले नदी दोहन हुँदैं आईरहेको छ ।
‘आँधीखोला दोहनविरूद्ध बोल्दै गर्दा वडाध्यक्षले हामीलाई धम्की दिएर निस्केका थिए, पछि बाटो छेकेर हामीलाई रड हाने,’ घाइते अभियन्ता नेपालले भने, ‘मैले रड हातले छेक्दा हातमा गम्भिर चोट लागेको छ, हेल्मेट समेत फुटेको छ ।’
आँधीखोला नदीमा गैरकानुनी रूपमा डोजर प्रयोग गरी उत्खनन् गरेको भन्दै उनीहरूले मंगलबार विरोध कार्यक्रम राखेका थिए । कार्यक्रममा नदी संरक्षण अभियन्ता आलेले अहिलेको कानुन अनुसार नदीमा डोजर प्रयोग गर्न नहुने र ढुंगा, गिटी, बालुवा जस्ता नदीजन्य पदार्थ निकाल्नुअघि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गर्नुपर्ने धारणा व्यक्त गरे ।

टोलेगुन्डा समेत रहेका क्रसर व्यवसायी वडाध्यक्ष सुनिल खनालले यहीं गाडी प्रयोग गरी कुटपिट पछि फरार भएका थिए ।
टोलेगुन्डा जनप्रतिनिधि भएपछिको उपज
विरोध कार्यक्रमबाट फर्कने क्रममा मोटरसाइकल रोकेर एक्कासी फलामको रडले आफूलाई हानिएको नेपालले बताएका छन् । ‘आँधीखोला दोहन गरिएको हुँदा नदी संरक्षणको माग राखेर विरोध कार्यक्रम घोषणा गरेर फर्किएका थियौं’, उनले भने, ‘त्यसक्रममा वडाध्यक्षले रडले प्रहार गरे, प्रतिकार गर्दा हातमा चोट लाग्यो ।’

वडाध्यक्ष सुनिल खनालसहित गुन्डा मिलेर घाइते बनाएका दुई अभियन्ताहरु दिनकर नेपाल र मेघ आले ।
अभियन्ता आले र नेपालविरूद्ध रड प्रहार गरेको आरोप लागेका वडाध्यक्ष खनालसँग यस विषयमा बुझ्न फोन र म्यासेज गर्दा पनि उनी सम्पर्कमा आएनन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले घटनाका विषयमा बुझ्न इन्स्पेक्टरको कमाण्डमा नौंजना प्रहरी घटनास्थलतर्फ खटाइएको जानकारी दिएका छन् ।
अभियन्ता दिनकर र आले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता समेत हुन् भने क्रसर व्यवसायी खनाल सत्तारुढ नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

आँधीखोला यसरी दोहन भईरहेको छ ।

आँधीखोला दोहन ।

१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण