
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
स्याङ्जा, ३ असार । आँधीखोला संरक्षण अभियन्तामाथि रड प्रहार गरी आक्रमण गर्ने स्याङजा वालिङ नगरपालिका वडा नं. १० का वडाध्यक्ष एवम् क्रसर व्यवसायी सुनिल खनाल गुन्डासहित फरार भएका छन् ।
आँधीखोला नदी संरक्षण अभियान घोषणा गरेर मोटरसाइकलमा फर्किदैं गर्दा आज मंगलबार साँझ ६ बजेतिर अभियन्ता दिनकर नेपाल र मेघ आलेलाई वडाध्यक्ष खनाल र एकजना गुन्डा मिलेर वालिङ–९, सुर्कौदीमा रडले टाउकोमा प्रहार गर्दै नजिकैंको नालीमा ढलाई दिएका थिए ।
आँधी खोला संरक्षण अभियानका दुई अभियन्तालाई क्रसर व्यवसायी खनाल र अर्का एकजना गुन्डा मिली बाटो छेकी ज्यान मार्ने उद्देश्यले रडले टाउकोमा हानेको प्रत्यक्षदर्शीहरुले जानकारी दिए । वडाध्यक्ष खनालले नदी दोहनका विरुद्धमा संघर्षका कार्यक्रमहरुको घोषणा गरेपछि सार्वजनिक स्थानमा नैं बारम्बार ज्यान मार्ने धम्की दिदैं आईरहेका थिए ।
आँधीखोलामा स्थानीय प्रशासन र जनप्रतिनिधिकैं मिलोमतोमा गैरकानुनी ढंगले नदी दोहन हुँदैं आईरहे पछि स्थानीय र अभियन्ताहरुले यस्तो कार्यको खुलेरैं विरोध गर्दै आईरहेका थिए । नदी दोहनका विरुद्धमा चर्को आवाज उठ्न थालेपछि अत्तालिएका वडाध्यक्षले अभियन्ताहरुलाई गुन्डासहित मिलेर आक्रमण गरेका थिए ।

आँधीखोलामा स्थानीय प्रशासन र जनप्रतिनिधिकैं मिलोमतोमा गैरकानुनी ढंगले नदी दोहन हुँदैं आईरहेको छ ।
‘आँधीखोला दोहनविरूद्ध बोल्दै गर्दा वडाध्यक्षले हामीलाई धम्की दिएर निस्केका थिए, पछि बाटो छेकेर हामीलाई रड हाने,’ घाइते अभियन्ता नेपालले भने, ‘मैले रड हातले छेक्दा हातमा गम्भिर चोट लागेको छ, हेल्मेट समेत फुटेको छ ।’
आँधीखोला नदीमा गैरकानुनी रूपमा डोजर प्रयोग गरी उत्खनन् गरेको भन्दै उनीहरूले मंगलबार विरोध कार्यक्रम राखेका थिए । कार्यक्रममा नदी संरक्षण अभियन्ता आलेले अहिलेको कानुन अनुसार नदीमा डोजर प्रयोग गर्न नहुने र ढुंगा, गिटी, बालुवा जस्ता नदीजन्य पदार्थ निकाल्नुअघि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गर्नुपर्ने धारणा व्यक्त गरे ।

टोलेगुन्डा समेत रहेका क्रसर व्यवसायी वडाध्यक्ष सुनिल खनालले यहीं गाडी प्रयोग गरी कुटपिट पछि फरार भएका थिए ।
टोलेगुन्डा जनप्रतिनिधि भएपछिको उपज
विरोध कार्यक्रमबाट फर्कने क्रममा मोटरसाइकल रोकेर एक्कासी फलामको रडले आफूलाई हानिएको नेपालले बताएका छन् । ‘आँधीखोला दोहन गरिएको हुँदा नदी संरक्षणको माग राखेर विरोध कार्यक्रम घोषणा गरेर फर्किएका थियौं’, उनले भने, ‘त्यसक्रममा वडाध्यक्षले रडले प्रहार गरे, प्रतिकार गर्दा हातमा चोट लाग्यो ।’

वडाध्यक्ष सुनिल खनालसहित गुन्डा मिलेर घाइते बनाएका दुई अभियन्ताहरु दिनकर नेपाल र मेघ आले ।
अभियन्ता आले र नेपालविरूद्ध रड प्रहार गरेको आरोप लागेका वडाध्यक्ष खनालसँग यस विषयमा बुझ्न फोन र म्यासेज गर्दा पनि उनी सम्पर्कमा आएनन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले घटनाका विषयमा बुझ्न इन्स्पेक्टरको कमाण्डमा नौंजना प्रहरी घटनास्थलतर्फ खटाइएको जानकारी दिएका छन् ।
अभियन्ता दिनकर र आले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता समेत हुन् भने क्रसर व्यवसायी खनाल सत्तारुढ नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

आँधीखोला यसरी दोहन भईरहेको छ ।

आँधीखोला दोहन ।

१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन